झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्वरोजगार बन्दै स्थानीय

नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) सुस्ता गाउँपालिका-५ पक्लिहवास्थित नरायणी नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्थानीय स्वरोजगार बन्दै गएका छन् । एक वर्षअघि यहाँ झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्थानीयले विभिन्न किसिमका पसलमार्फत रोजगारीका अवसर सिर्जना गर्न थालेका हुन् । यहाँ निर्मित झोलुङ्गे पुल हेर्न जिल्लाका साथै भारतबाट पनि पर्यटक आउन थालेपछि स्थानीयद्वारा सञ्चालित पसलमा व्यापार बढ्न … Read more

दाङका किसान खेतीमा यन्त्रको प्रयोग बढाउँदै

यहाँका किसानलाई नगदेबाली भित्र्याउन भ्याइनभ्याइ छ । किसान गहुँ, जौ, तोरी र मुसुरो थन्क्याउन व्यस्त छन् । अधिकांश किसानले यन्त्र प्रयोग गरेर बाली भित्र्याउने गरेका छन् । घोराही उपमहानगरपालिका–६ गुरुवागाउँका श्याम चौधरीले दुई बिघा खेतमा तोरी, मुसुरो, गहुँ र जौखेती गर्नुभएको छ । उहाँले खेत जोत्ने र बाली भित्र्याउन यन्त्र प्रयोग गर्दै आउनुभएको छ । … Read more

रविले प्रधानमन्त्री पद छोडेको भन्ने दाबी निराधार: मुकुल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लमिछानेले प्रधानमन्त्री पद छोडेको भन्ने दाबी निराधार भएको डा. मुकुल ढकालले बताएका छन्। उनले इतिहासको कुनै पनि समयमा रविलाई प्रधानमन्त्री बन्ने अवसर नजुटेको समेत बताएका हुन्। आइतबार सामाजिक सञ्जाल फेसबूकमा त्यो समयको राजनीतिक गतिविधिबारे खुलाएर लामो स्टाटस लेख्दै ढकालले नेपाली कांग्रेसले रास्वपा सभापति रवि लामिछानेलाई एक वर्षका लागि प्रधानमन्त्री … Read more

जुत्ता मेलालाई उपभोक्ताको साथ, आज एक दिनमै ८ हजार ८ सयले गरे अवलोकन

भरतपुर स्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा आयोजित चौंथो चितवन स्वदेशी जुत्ता चप्पल प्रवर्द्धन तथा व्यापार मेला २०८१/८२ लाई आज एकै दिनमा ८ हजार ८ सय उपभोक्ताले अवलोकन गरेका छन् । यस अघिको मेलामा आएर खरिद गरेको जुत्ता चप्पल हाल सम्म पनि प्रयोगमा आएको र मेलामा उपलव्ध जुत्ता चप्पल तथा छालाजन्य सामग्रीले आफुहरुलाई सन्तुष्ठ बनाएको … Read more

शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा

नेपाल शिक्षक महासङ्घले भोलिबाट शैक्षिक हडतालको घोषणा गरेको छ। विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग अघि सारेर काठमाडौँमा सडक आन्दोलन गर्दै आएको महासंघले शैक्षिक हडतालको घोषणा गरेको हो। शैक्षिक हडतालको क्रममा विद्यालयका नतिजा प्रकाशन लगायतका सबै काम ठप्प पारी विद्यालय बन्द गरेर आन्दोलनमा सहभागी हुन महासंघले आह्वान गरेको छ। चैत्र २० गतेबाट काठमाडौँमा शैक्षिक सडक … Read more

भारतीय प्रधानमन्त्रीसँग राम्रो कुराकानी भयोः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा सकारात्मक र राम्रो कुराकानी भएको बताउनुभएको छ ।भेटवार्ता कक्षबाट बाहिरिने क्रममा राससका विशेष प्रतिनिधिलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “म र भारतीय प्रधानमन्त्री मोदीजीबीच राम्रो र सकारात्मक संवाद भएको छ । अहिलेलाई यति ।” थाइल्याण्डको बैङ्ककस्थित होटल माडारिन ओरियन्टलमा भारतीय प्रधानमन्त्री मोदीसँग करिब ४५ मिनेट … Read more

सामाजिक सञ्जाल मार्फत प्रमुख प्रशासकीय अधिकृतले मागे माफी

बर्दियाको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले माफी मागेका छन्। आज (बिहीबार) दिउँसो सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै अधिकृत दीपककुमार आचार्यले सार्वजनिक रूपमै माफी मागेका हुन्। उनले यसअघि आफूले सामाजिक सञ्जालमा लेखेका कुराहरू गलत भएको भन्दै आफै खण्डन गर्दै माफी मागेका छन्। मंगलबार दिउँसै मदिराले मातेर कार्यालयमा आएर उपमेयरको कार्यकक्षमा प्रवेश गरी झैझगडामा उत्रिएपछि प्रमुख प्रशासकीय अधिकृत … Read more

नगर प्रहरी रोकेको प्रशासकीय अधिकृतलाई कर्मचारी र जनप्रतिनिधिले कार्यालय छिराए

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय प्रवेश गरेका छन् । नगर प्रहरीले कार्यालय प्रवेशमा रोक्न प्रयास गरेपनि अधिकृतलाई कार्यालय प्रवेश गरेका हुन् । मेयर बालेन्द्र साहले नगर प्रहरीलाई अधिकृतलाई रोक्न निर्देशन दिएका थिए । कर्मचारी र जनप्रतिनिधको भिडले अधिकृतलाई सुरक्षा दिँदै कार्यकक्षमा लगेका छन् । यस क्रममा नगरप्रहरीसँग केहीबेर धकेलाधकेल भएको थियो । … Read more

प्रतितोला १ लाख ८० हजार पुग्यो सुन

नेपाली बजारमा हिजो (बुधबार) घटेको सुनको मूल्यले आज (बिहीबार) फेरी नयाँ रेकड बनाएको छ आज सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ कायम भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज १२ सय रुपैयाँले सुन बढेको हो । अघिल्लो दिन १ लाख ७९ हजार १ सय रुपैयाँमा … Read more

ऊर्जा मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन सेवा ९११५१०मा उजुरी दिनेको सङ्ख्या उल्लेख्य देखिएको छ । काममा ढिलासुस्ती, सूचनाबिना नै बत्ती काट्ने, मिटर नपाउने, ट्रान्सफर्मर जल्ने, अनियमित मिटर रिडिङ तथा अनावश्यक झन्झट जस्ता समस्या समाधान गर्न सञ्चालनमा ल्याइएको हटलाइन सेवा प्रभावकारी बनेको मन्त्रालयले जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हटलाइनमा आएका … Read more