शनिबार पनि चम्किए ‘पूजार सार्की’ र ‘फर्की फर्की’

बुद्ध जयन्तीको सार्वजनिक विदा पारेर बिहीबारबाट प्रदर्शनमा आएका दुई फिल्म ‘पूजार सार्की’ र ‘फर्की फर्की’ले हलमा दर्शकको मेला लगाएका छन् । सानदार ओपनिङ गरेका दुवै फिल्म शनिबार पनि बक्स अफिसमा चम्किएका छन् । बिहानैदेखि देशभरका हलमा दुवै फिल्मप्रति दर्शकको क्रेज अद्भूत देखिन्छ । दुवै फिल्मले प्राप्त गरेको शोजमा मध्यान्हबाट शतप्रतिशत अकुपेन्सी छ । ‘पूजार सार्की’ले … Read more

वृद्ध बनेका पलको प्रहरीसँग मुठभेडको रहस्य के हो ?

चकलेटी अभिनेताको रुपमा चिनिएका पल शाह प्रायः फिल्ममा सुकिलोमुकिलो पात्र र हिरोइनको वरिपरि घुम्ने चरित्रमा देखिन्छन् । यसैले उनको छवि लभर ब्वाईको रुपमा बनेको छ । चरित्रमा विविधता पस्किन नसकेको आरोप खेपिरहेका उनलाई फिल्म ‘पूजार सार्की’ले भने नयाँ पहिचान दिलाउन सक्ने देखिन्छ । किनकि, यसमा उनले करिअरमै पहिलोपटक भिन्न चरित्र निर्वाह गरेका छन् । फिल्ममा … Read more

‘पूजार सार्की’लाई उच्च शोज, आक्रामक व्यापार गर्ने प्रक्षेपण

‘स्टारकास्ट’का कारण चर्चामा रहेको फिल्म ‘पूजार सार्की’ यही बिहीबार (बुद्ध जयन्ती)बाट प्रदर्शनमा आउँदैछ । एकातिर स्टार (कास्ट र निर्देशक) र अर्कोतिर ट्रेलरले बढाएको हाइपका कारण फिल्मले बक्स अफिसमा आक्रामक व्यापार गर्ने प्रक्षेपण गरिएको छ । यसैबीच, सोमबारबाट फिल्मको अग्रिम टिकट बुकिङ सुरु भएको छ । फिल्मले देशभरका मल्टीप्लेक्सहरुमा उत्साहजनक शोज प्राप्त गरेको छ । देशकै … Read more

अडिसन दिएर पनि ‘लापता लेडीज्’मा नछानिएका आमिर

फिल्म चल्न स्टार होइन, स्क्रिप्ट नै हिरो हुनुपर्छ भन्ने मान्यतालाई बलिउडमा बलियोसँग स्थापित गरेको फिल्म हो, ‘लापता लेडीज्’ । यो ५ करोडको बजेटमा बनेको फिल्म हो । गत अप्रिलमा रिलिज भएको फिल्मले भारतमा मात्र २४ करोड हाराहारी व्यापार गरेको थियो । र, अहिले ओटीटीमा धूम मच्चाइरहेको छ । नेपालमा समेत फिल्मको कन्टेन्टलाई लिएर यतिबेला ठूलो … Read more

दर्शक बढाउँदै ‘मनसरा’, शनिबारको व्यापार बलियो

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’ले शुक्रबार पूर्वमा उत्कृष्ट व्यापार गर्‍यो । धरान, विराटनगर, इटहरी, दमक र विर्तामोड क्षेत्रका हलमा दर्शकको चाप उच्च थियो । तर, पूर्वबाहेक फिल्मको व्यापार अपेक्षाकृत हुन सकेको थिएन । शनिबार भने देशभर फिल्मको व्यापार बलियो देखिएको छ । काठमाडौंमा पनि शनिबार फिल्मप्रति दर्शकको क्रेज उत्साहजनक देखियो । देशकै ठूलो … Read more

पूर्वमा आक्रामक ‘मनसरा’

‘जारी’ समूहको नयाँ फिल्म ‘मनसरा’को शुक्रबारबाट भाग्य परीक्षा सुरु भइसकेको छ । देशभर उच्च शोज पाएको फिल्मले काठमाडौंमा मध्यम व्यापार गरिरहँदा पूर्वमा भने आक्रामक सुरुवात गरेको छ । लाहुरेको सहर भनेर चिनिने धरानमा फिल्मले बिहानैदेखि हाउसफुल यात्रालाई कायम राखेको छ । धरानस्थित फ्रेण्ड्स सिनेमाजले उपलब्ध गराएको चारवटै शोजमा हाउसफुल दर्शक देखिए । यसैगरी, विराटनगरको क्यूएफएक्स … Read more

‘बोक्सीको घर’को कमाई साढे ५ करोड नजिक, अब सिक्वेल बन्ने

अभिनेत्री केकी अधिकारीको निर्माण तथा अभिनय रहेको फिल्म ‘बोक्सीको घर’ले घरेलु बजारमा अकल्पनीय व्यापार गरिरहेको छ । सानदार ओपनिङ गरेको फिल्मले हरेक दिन हलमा दर्शकको मेला लगाएको छ । बुधबार मजदुर दिवसको सार्वजनिक विदामा फिल्मको व्यापार गत शनिबारको भन्दा आक्रामक रह्यो । बुधबार मात्र फिल्मले देशभर १ करोड ६० लाख ग्रस व्यापार गरेको छ । … Read more

दीलिपकी छोरी दिव्या भन्छिन्, ‘जन्मभूमिमा कर्म गर्न फर्किएँ’

नेपाली फिल्ममा ‘स्टार किड्स’को प्रवेश बढ्दो छ । अनमोल केसीदेखि सुहाना थापासम्मले माता-पिताको ‘पदचाप’ पछ्याइसकेका छन् । अब सुपरस्टार दीलिप रायमाझीकी छोरी दिव्या पनि फिल्ममा डेब्युको तयारीमा छिन् । उनले फिल्म ‘एक्टर’बाट अभिनय करिअर सुरु गर्न लागेकी हुन् । फिल्ममा उनको जोडी ‘युवा स्टार’ प्रदीप खड्कासँग बाँधिनेछ । उनी प्रदीपको ‘फ्यान’ समेत हुन् । दिव्याको … Read more

लम्जुङको भुजुङमा ‘भाइरल गोर्खे’ को शुभ मुहुर्त, आजैबाट छायांकन सुरु

लम्जुङ:  कमेडी जनरामा निर्माण हुने चलचित्र ‘भाइरल गोर्खे’ को शुभ मुहुर्त गरिएको छ । लम्जुङको भुजुङ गाउँमा आज (मंगलबार) चलचित्रका निर्माता महेश लामिछाने, निर्देशक निगम श्रेष्ठ, कलाकारहरु सौगात मल्ल, लक्ष्मी गिरीलगायतले शुभ मुहुर्त गरेका हुन् । शुभ मुहुर्तसँँगै चलचित्रको छायांकन पनि सुरु भएको छ । शुभ मुहुर्तमा निर्माता लामिछानेले सामाजिक संजालले समाजमा पारेको सकारात्मक नकारात्मक … Read more

‘डिग्री माइला’ले ५ करोडमाथि कमाएको दाबी, दयाहाङ भन्छन्, ‘व्यापार अपेक्षित नै हो’

नयाँ वर्षको अवसर पारेर चैत ३० गतेबाट प्रदर्शनमा आएको फिल्म ‘डिग्री माइला’ले एक सातामा ५ करोडमाथि ग्रस व्यापार गरेको दाबी गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच फिल्मले ५ करोड ५ लाख कमाएको निर्माता मणिराम पोखरेलले जानकारी गराए । यो चलचित्र विकास बोर्डको तथ्यांक रहेको उनको जिकिर थियो । उनका अनुसार, फिल्मले काठमाडौं उपत्यकाभित्र … Read more