विवादै विवादबीच अनमोलको जेरी अन टप’ सुरु

काठमाडौं । निर्माण अघि नै थुप्रै विवाद झैल्दै आएको अनमोल केसीको चलचित्र ‘जेरी अन टप’को सोमबारबाट छायाँकन सुरु गरिएको छ । ललितपुरको बँगलमुखी मन्दिरमा बिहिबार बिहान मुहुर्त गर्दै यो चलचित्रको छायाँकन थालिएको छ । यो चलचित्रको ४५ दिनमा छायाँकन सक्ने लक्ष्य रहेको यसका निर्देशक सुयोग गुरुङले बताएका छन् । यो चलचित्रलाई सुरुमा हेमराज बिसीले निर्देशन … Read more

अनुमतिपत्र नलिई पर्यटक घुमाउने पथप्रदर्शक कारबाहीमा

१३ कात्तिक, काठमाडौं टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान) ले अनुमतिपत्र नलिई पर्यटक घुमाउने पथप्रदर्शकलाई कारबाही गरेको छ । टुर्गानले सोमबार पर्यटक प्रहरीसँगको सहकार्यमा काठमाडौंको वसन्तपुरमा गरेको जाँचका क्रममा अनुमतिनलिई पर्यटक घुमाउने पथप्रदर्शकलाई कारबाही गरेको हो । टुर्गानका अध्यक्ष थानेश्वर देवकोटाले पर्यटक पथप्रदर्शकको अनुमतिपत्र नलिएका तथा अनुमतिपत्र लिएर पनि नवीकरण नगरेका पथप्रदर्शकलाई कारबाही गरिएको जानकारी … Read more

ढोरपाटन र मुस्ताङका पर्यटकले बागलुङका होटल भरिभराउ

गलकोट (बागलुङ), कात्तिक ११- चाडपर्वको छेकोमा पर्यटकीयस्थलको भ्रमण गर्ने चलन बढ्दै आएको छ । त्यसैमाथि दसैँ र तिहारको बीचमा ढोरपाटन र मुस्ताङ नजाने कुरै भएन । अहिले बागलुङको ढोरपाटनसहितका पर्यटकीयस्थल र मुस्ताङ पुग्ने पर्यटकका कारण बागलुङका होटल भरिभराउ हुन थालेका छन् । कालीगण्डकी करिडोरअन्र्तगत बालढुङ्गादेखि बेनी जाने सडक निर्माणाधीन भएकाले बागलुङ–बेनी हुँदै मुक्तिनाथ जाने पर्यटकको … Read more

‘बेहुली फ्रम मेघौली’ अब ओटीटीमा

काठमाडौँ, कात्तिक ९- निश्चल बस्नेत र स्वस्तिमा खड्काको फिल्म ‘बेहुली फ्रम मेघौली’ ओभर द टप (ओटीटी) मा रिलिज भएको छ। यो फिल्म ओटीटी प्लेटफर्म एमएसएस भिडिओमा स्ट्रिमिङ भएको छ।एमएसएम भिडिओ गुगल प्ले र प्ले स्टोर एपमा उपलब्ध छ। दर्शकले डाउनलोड गरेर यसलाई प्रयोग गर्न सक्छन्। घटस्थापनाका अवसरमा असोज १७ गते रिलिज भएको यस फिल्मले दर्शकबाट … Read more

हलमा लागे ‘सानो संसार’, ‘भेनम ३’ र ‘कालिंगा’

काठमाडौं शुक्रबारदेखि हलमा दुई नयाँ विदेशी र एक नेपाली फिल्म रिलिज भएका छन् । टम हार्डी स्टारर हलिउड सुपरहिरो फिल्म ‘भेनम : द लास्ट डान्स’ र भारतको हरर ड्रामा ‘कालिंगा’ रिलिज भएका छन् ।सिद्धार्थ पुडासैनी निर्देशित ‘सानो संसार’लाई पुनः प्रदर्शन गरिएको छ । यसअघि लगातारको झरीले प्रभावित बनेको यो फिल्मलाई अनुकूल मौसम हेर्दै निर्माताले शुक्रबारदेखि … Read more

पर्यटक आकर्षित गर्दै मुस्ताङको ढुम्बा ताल

म्याग्दी, कात्तिक ९ गते । यतिखेर मुस्ताङ भ्रमणको सिजन चलेको छ । आन्तरिक र बाह्य पर्यटकहरुले मुस्ताङ भरिभराउ छ ।मुस्ताङ भ्रमणमा रहेका पर्यटकहरुलाई जोमसोमदेखि नजिक रहेको ढुम्बा तालले आकर्षित गरेको छ । वरीपरीको हिमश्रृङ्खला र तालको सुन्दरताको अवलोकनका लागि दैनिक रुपमा सयौंको सङ्ख्यामा पर्यटकहरु ढुम्बा ताल पुग्ने गरेका छन् । घरपझोङ गाउँपालिका ५ स्थित ढुम्बा ताल … Read more

‘छक्कापञ्जा ५’ ले दुई सातामै कमायो १७ करोड ६० लाख बढी

काठमाडौं, कात्तिक ८- ‘छक्कापञ्जा ५’ले प्रदर्शनको दुई सातामा आक्रामक कमाइ गरेको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले विहिबार १४ दिनको कलेक्सन सार्वजनिक गरेको छ ।जसअनुसार, दीपाश्री निरौला निर्देशित फिल्मले सो अवधिमा १७ करोड ६० लाख भन्दा बढी कमाइ गरेको छ । यो कूल कमाइमा काठमाडौं टेरिटोरी र मोफसलको कमाइको हिस्सा समान रहेको वितरक मनोज राठीले … Read more

दसैँपछि घोडेपानी र पुनहिलमा पर्यटक बढे

गलेश्वर (म्याग्दी),कात्तिक ६- चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा दसैँपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ । हिमशृङ्खला र सूर्योदयको मनोरम दृश्यावलोकनका लागि अहिले आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको घोडेपानीका होटल व्यवसायीहरुले बताएका छन् । दसैँको समयमा घोप्टेखर्कमा पहिरोले अवरुद्ध बनाएको सडक मर्मत गरेर पोखरेबगर–घोडेपानी … Read more

‘छक्का पञ्जा-५’ को व्यापार ‘ज्वाइँ साब’ भन्दा पाँच गुणा बढी

काठमाडौं – फूलपाती अर्थात्‌ असोज २४ बाट प्रदर्शनमा आएका तीन फिल्म ‘छक्का पञ्जा ५‘, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ दोस्रो सातामा प्रदर्शनरत छन् । दुई फिल्मले सुरुवाती सात दिनको कमाइ सार्वजनिक गरेका थिए । ज्वाइँ साबले भने कमाइ सार्वजनिक गरेको थिएन । दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले निर्माण गरेको ‘छक्का पञ्जा-५’ ले सुरुवाती सात … Read more

दाङमा सर्प महोत्सव हुँदै

तुलसीपुर (दाङ) दाङमा सर्प महोत्सव हुने भएको छ । मानिस र सर्पबीचको द्वन्द न्यूनीकरण तथा सर्प संरक्षणको उद्देश्यले यही कात्तिक ८ देखि १० गतेसम्म महोत्सव आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सव तुलसीपुरको पर्यटकीयस्थल राप्ती शान्ति उद्यानमा आयोजना हुने महोतसव संयोजक प्रभात भण्डारीले जानकारी दिनुभयो । महोत्सवमा दाङमा पाइने विभिन्न … Read more