बराहक्षेत्रमा गोली चलाएर गाँजा बाेकेकाे गाडी नियन्त्रणमा, प्रहरी भन्छ– चालक भागे
सुनसरीकाे बराहक्षेत्र नगरपालिका ९ स्थित राजाबासमा गोली प्रहार गरेर लागुऔषध गाँजासहितकाे गाडी प्रहरीले नियन्त्रणमा लिएकाे छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीबाट खटिएकाे प्रहरी निरीक्षक विकास राईसहितको टोलीले मंगलबार गाँजा बाेकेकाे गाडी नियन्त्रणमा लिएकाे हाे । चक्रघट्टीबाट मधुवनतर्फ आउँदै गरेको प्रदेश १-०१-००२ च. ३५७५ नम्बरको जिपलाई शंका लागि रोक्न खोज्दा भागेको थियो । भाग्ने क्रममा प्रहरीले गोली चलाएको थियो । गोली … Read more