इलाम र बझाङमा मतदान हुँदै, आजै रातिदेखि मतगणनाको तयारी

काठमाडौं। इलाम क्षेत्र नम्वर-२ र बझाङ क्षेत्रमा १ (क) प्रदेशसभा सदस्यको निर्वाचन आज हुँदैछ। निर्वाचन आयोगका अनुसार आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ। इलाम-२ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र तोकिएका छन्। सो क्षेत्रमा कुल एक लाख १५ हजार ८८९ मतदाता छन्। इलाम–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुन १९ जनाले … Read more

जाँदाजाँदै कतारका अमिरले भने– आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद!

काठमाडौं। कतारका अमिर तमिम विन हमाद अल थानीले नेपाल भ्रमण सकेर फर्किने क्रममा नेपाल र नेपाली जनतालाई आतिथ्यका लागि धन्यवाद दिएका छन्। अमिर थानीले सामाजिक सञ्जालमार्फत मित्रराष्ट्र नेपालको आफ्नो पहिलो भ्रमणका क्रममा नेपालको प्राचिन इतिहासको केहि अंश सिक्न पाएको र भ्रमणका क्रममा पाएको आतिथ्यताका लागि नेपाल, नेपालका नेताहरु र आम जनतालाई धन्यवाद दिएका हुन्। उनले … Read more

कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’

काठमाडौं। कतारका अमिर शेख तमिम विन हमाद अल थानीको दुईदिने नेपालको राजकीय भ्रमणमा खबरलाई आज काठमाडौंबाट प्रकाशित अखबारले प्राथमिकताका साथ प्रकाशन गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणमा कतारका अमिर मंगलबार काठमाडौं आएका हुन्। मंगलबार अपराह्न काठमाडौं ओर्लेपछि कतारका अमिरले साँझ राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए। उनी मंगलबार राति राष्ट्रपति पौडेलले आयोजना गरेकाे राजकीय भोजमा … Read more

प्रधानमन्त्री प्रचण्ड र कतारका अमिरबीच आज द्विपक्षीय वार्ता, विभिन्न सम्झौतामा हस्ताक्षर हुने

काठमाडौं:  नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच आज द्विपक्षीय वार्ता हुने भएको छ । दुई दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका उनले आज प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न लागेका हुन् । वार्तापछि दुवै द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् । कतारका अमिर शेख … Read more

राष्ट्रपति पौडेलद्वारा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिरलाई आग्रह

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग आग्रह गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आज उनीसँग भएको द्विपक्षीय भेटवार्ताका अवसरमा राष्ट्रपति पौडेलले सो आग्रह गरेका हुन्। कतारी अमिर राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा … Read more

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा आज साँझ यहाँ रात्रिभोजको आयोजना गरे। सो अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो। रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति … Read more

धार्मिक सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छः राष्ट्रपति

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने बताएका छन्। २६२३औँ महावीर जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणका लागि गर्नुभएको मार्गदर्शनको परिपालन गर्न आग्रह पनि गरे। “सबै नेपालीबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई … Read more

गाउँपालिकाको भवन र मन्दिर उद्घाटन गर्न राष्ट्रपति आज तनहुँ आउने

चितवन:  राष्ट्रपति रामचन्द्र पौडेल आज गृहजिल्ला तनहुँ आउँदै छन्। म्याग्दे गाउँपालिकाको प्रमुख प्रशासकीय भवन र व्यास नगरपालिका–११ तनहुँसुरस्थित खड्ग कालिका मन्दिरको उद्घाटन गर्न राष्ट्रपति पौडेल तनहुँ आउन लागेका हुन्। राष्ट्रपतिले बिहान मन्दिर र दिउँसो गाउँपालिकाको भवन उद्घाटन गर्ने कार्यक्रम रहेको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए। भवन स्थानान्तरण र उद्घाटन समारोहलाई मध्यनजर … Read more

इद पर्वले बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस : राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले इद (इद-उल-फित्र) पर्वले सम्पूर्ण नेपालीबीच आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावनाका साथै बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन्। इस्लाम धर्मावलम्बीको महान् चाड इद पर्वको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले इद पर्वले मुस्लिम समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वद्र्धन र विकास … Read more

सिस्नो पानी न्यानो लाग्न थालेको छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजको बेथिति र विकृति अन्त्य गर्न सिस्नो पानी नेपाल सधैँ सक्रिय हुँदैआएको बताएका छन्। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा उनले राजनीतिकर्मीलाई सचेत बनाउन सिस्नोपानीजस्ता संघसंस्थाको महत्वपूर्ण भूमिका रहन्छ भने। ‘सिस्नोपानीले पोल्छ, तर नेतालाई अचेल सिस्नोपानी न्यानो लाग्न थालेको छ’, उनले भने, ‘यसले हाम्रा क्रियाकलाप पारदर्शी र सचेत बनाउन … Read more