शक्ति आर्जनको प्रयासमा उपेन्द्र, मधेश केन्द्रित दललाई एक ठाउँ ल्याउन राजकिशोरलाई जिम्मा

१६ पुस, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश केन्द्रित र पहिचान पक्षधर साना राजनीतिक दलहरूसँग सहकार्यको प्रस्ताव गरेको छ । विचार मिल्ने दलसँग एकता गर्ने र तत्काल एकता सम्भव नभएका राजनीतिक दलसँग सहकार्य गर्ने जसपा नेपाल प्रयासरत छ । त्यसको पहल गर्न उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा अन्तरपार्टी समन्वय समिति बनाइएको … Read more

राप्रपा नेपालको केन्द्रीय समिती बैठक पुष १९ र २० गते बस्ने

काठमाडौं। राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक आगामी पुष १९ र २० गते काठमाडौंमा बस्ने भएको छ। बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुलुकको समसामयिक परिस्थिति र पार्टीको भाबि कार्यदिशा र कार्यक्रम बारे कार्यपत्र प्रस्तुत गर्ने कार्यसुची रहेको छ भने पार्टीका पदाधिकारीबाट संगठन, प्रशिक्षण, महाधिवेशन, आन्दोलन र आर्थिक बिषयमा प्रतिबेदन पेश हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी … Read more

हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

उर्लाबारी, पुस १६- मोरङको सुन्दरहरैँचा-५ डिपुकी ६० वर्षीया चन्द्रकला लिम्बूको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । सुन्दरहरैँचा–५ का वडाध्यक्ष गणेश चौधरीका अनुसार चन्द्रकला सोमवार घाँस दाउराका लागि जङ्गल जानु भएको थियो । साँझसम्म घर नआउनु भएकी चन्द्रकलालाई मङ्गलबार बिहान ६ बजेतिर स्थानीयले खोल्सीको किनारमा मृत अवस्थामा भेटेका थिए । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी … Read more

बैतडीको सिगास न्वाघर केन्द्रबिन्दु भएर भूकम्पको धक्का

बैतडी, पुस १६- बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार बैतडीको सिगास गाउँपालिका–७ को न्वाघर केन्द्रबिन्दु भएर आज बिहान ७ः५४ बजे ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का महसुस बैतडीसहित, बझाङ, डडेल्धुरा, डोटीमा गरिएको छ । भूकम्पबाट के कति क्षति भयो … Read more

नारायणगढ–मुग्लिन सडकमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा छ जना घाइते

चितवन: नारायणगढ–मुग्लिन सडक अन्तर्गत इच्छाकामना गाउँपालिका–६ रिद्धिखोला नजिकै रोकिराखेको ट्रकमा ठोक्किएर बसमा सवार छ जना घाइते भएका छन् । आज बिहान साढे ४ बजेको समयमा भैरवाबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ८५५१ नम्बरको बस सडक छेउमा रोकिरहेको मधेस प्रदेश ०३–००२ ख २१५९ नम्बरको ट्रकको पछाडि ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । … Read more

चितवनमा विद्युतीय कार एक्सपेङ जी सिक्सको बिक्री सुरु

चितवनमा नयाँ विद्युतीय कार एक्सपेङ जी सिक्स भित्रिएको छ। चौधरी ग्रुपको सिजी कर्पअन्तर्गतको सिजी मोटर्स र सिजी मोटर्सको आधिकारिक बिक्रेता युरो मोटर्सले चितवनमा उक्त कार सार्वजनिक गरेको हो। अत्याधुनिक प्रविधि समेटिएको यो कारलाई फूल चार्जपछि ४३५ किलोमिटरसम्म चलाउन सकिन्छ। सिजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले एक्सपेङ जी सिक्सले इभीको दुनियाँमा तहल्का मच्चाउने दाबी गरे। … Read more

ओलीको गृह जिल्ला जाँदै प्रचण्ड, भ्रष्टचारबिरूद्ध खबरदारी गर्ने

काठमाडाैं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज झापा जाँदैछन्। गौरीगञ्जमा आयोजित भ्रष्टाचार र बेथितिविरुद्धको खबरदारी सभालाई सम्बोधन गर्न उनी आज झापा जान लागेका हुन्। केपी ओली सरकार भ्रष्टचारमा डुबेको र आफ्नालाइ काखा गर्न लागेको भन्दै नेकपा माओवादी केन्द्रले देशब्यापी रूपमा खबरदारी सभाको आयोजना गरिरहेको छ। शनिबार महेन्द्रनगर पुगेका प्रचण्ड ओलीको गृह जिल्लामा जान … Read more

अखिल क्रान्तिकारीमा उमेर हद लगाउने पक्षको जित

काठमाडौं। नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को नेतृत्व चयनमा उमेर हद लाग्ने भएको छ। अखिल (क्रान्तिकारी)को प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानका अनुसार, उमेर हद लगाउने पक्षमा नौ सय र खुला राख्ने पक्षमा आठ सय ७९ मत प्राप्त भएको छ। मतदानको अन्तिम नतिजाअनुसार अब क्रान्तिकारीमा ३२ बर्ष उमेर हद लाग्ने भएको हो। उमेर हद राख्ने कि … Read more

रौतहटमा आगलागी हुँदा २५ घर जलेर नष्ट

रौतहट, पुस १५- जिल्लाको राजदेवी नगरपालिका–५ स्थित पासवान टोलमा आगलागी हुँदा २५ घर जलेर नष्ट भएका छन्। आइतबार मध्यराति आगलागी हुँदा लाखौंको सम्पत्ति जलेर नष्ट भएको हो। पासवान टोलमा रहेका बाबुलाल हजराको घरमा विद्युत् शर्ट भएर आगो सल्किँदा दीपेन्द्र पासवान, प्रदीप पासवान, रामनाथ हजरा सहितका घर जलेर पूर्ण रूपमा नष्ट भएको रौतहट प्रहरीले जनाएको छ। … Read more

अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधन

काठमाडौं। अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ। कार्टर सेन्टरले जारी गरेको विज्ञप्ति अनुसार पूर्वराष्ट्रपति कार्टरको आइतबार जर्जियास्थित आफ्नै घरमा निधन भएको हो।कार्टर सन् १९७७ देखि १९८१ सम्म अमेरिकाका ३९ औं राष्ट्रपति थिए। सय वर्ष बाँचेर कार्टर अमेरिकी इतिहासमा सबैभन्दा लामो समय बाँच्ने पूर्वराष्ट्रपति पनि बनेका थिए। उनको निधनमा अमेरिकी राष्ट्रपति जो … Read more