पाठेघरको मुखको ‘क्यान्सर’ जाँच शिविरः एक सय १० जनाको ‘स्क्रिनिङ’ गरिँदा चार जनाको ‘पोजेटिभ’

काठमाडौँ, पुस १६- समुदायका महिला र विद्यालयका कर्मचारीलाई पाठेघरको मुखको क्यान्सर जाँच ९स्क्रिनिङ० गरी यसको प्रारम्भिक पहिचान, सचेतना तथा समयमै रोकथाममा सहयोग पुर्याउने ध्येयले स्वास्थ्य शिविर आयोजना गरिएको छ । मेरीस्टोप्स इन्टरनेशनलको सहकार्यमा रोटरी क्लबसँग आबद्ध महिला समूहद्वारा तारकेश्वर नगरपालिका–१० स्थित मनमैजुमा आयोजित सो शिविरमा एक सय १० महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गरिएको थियो … Read more

बसाइँसराइलाई रोक्दै सुन्तलाखेती

म्याग्दी,पुस १६- बेनी नगरपालिका-३ मरेकका पदमबहादुर खत्री २१ वर्षअघि भारतीय गोर्खा सैनिकबाट सेवा निवृत्त भएर घर फर्कँदा सुरक्षा, शिक्षा, स्वास्थ्य, रोजगारी र सुविधाको खोजीमा गाउँ छाडेर सहर पस्ने लहर थियो । सदरमुकाम बेनीमा घर बनाइसकेका उहाँलाई तत्कालीन समयमा गाउँको खेतबारीमा धान, कोदो, मकै लगाउन छाडेर सुन्तलाका बिरुवा रोप्दा छिमेकी र आफन्तले दुःख नगर्न सुझाव दिन्थे … Read more

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ५० हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार भने घटेर तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको हो । यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ७९० रुपैयाँ कायम … Read more

व्यक्तिगत लगानीमा क्रिकेट प्रशिक्षण सञ्चालन गर्दै कीर्तिपुर एकेडेमी

पथरी (मोरङ), पुस १६- एकाबिहानै मोरङको पथरी शनिश्चरे–७ स्थित कीर्तिपुरमा जनकल्याण माविको मैदानमा पुग्ने हो भने विद्यार्थी ब्याट र बलसँग रमाइरहेका हुन्छन् । जाडोको समय एकाबिहानै झिसमिसेमा उनीहरुको अभ्यासले ठुल्ठुलो आवाज आउँछ । विद्यालयको मैदानमा भेला भएका उनीमध्ये कोही शारीरिक अभ्यासमा ब्यस्त हुन्छन् त कोही बलिङ र ब्याटिङमा । मैदानमा विद्यार्थीसँगै वरिपरि दौडिएर ‘फिल्डिङ’को अभ्यास … Read more

महाभारतकालीन कृष्णथुम्की क्षेत्रको पुनर्निर्माण

झापा, पुस १६- धार्मिक पर्यटकीयस्थल कृष्णथुम्कीमा सङ्घीय सरकारको सहयोगमा मन्दिर र गुम्बाको मर्मतसम्भार गरिएको छ । महाभारतकालीन पौराणिक कथनअनुसार भगवान् श्रीकृष्णले गाई चराएको किंवदन्ती जोडिएका सो स्थलमा गाईको खुरको छाप रहेको पवित्र शिला रहेको छभने मन्दिर वरपर श्रीकृष्ण र पाँच पाण्डवको प्रतीकका पमा पाथी आकारको छवटा मनमोहक डाँडा छन् । मेचीनगर नगरपालिका–१ स्थित कृष्णथुम्की मन्दिर … Read more

एघार लाख ४७ हजार पर्यटक भित्रिए

काठमाडौँ, पुस १६- सन् २०२४ मा ११ लाख ४० हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । आज बिहानसम्मको तथ्याङ्कअनुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका निर्देशक मरिणराज लामिछानेले दैनिक सरदर तीन हजार पर्यटक भ्रमणमा आएका बताउँदै सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा बढीले पर्यटक आगमन … Read more

राप्रपा नेपालको केन्द्रीय समिति बैठक शुक्रबारदेखि

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक आगामी शुक्रबार र शनिबार (पुस १९ र २०) काठमाडौंमा बस्ने भएको छ ।बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुलुकको समसामयिक परिस्थिति र पार्टीको भावी कार्यदिशा र कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यसूची रहेको छ । बैठकमा पार्टीका पदाधिकारीबाट सङ्गठन, प्रशिक्षण, महाधिवेशन, आन्दोलन र आर्थिक विषयमा प्रतिवेदन पेस हुने … Read more

२५ वर्ष सत्तामा रहँदा पुटिनले रुसको कति ख्याल गर्न सके ?

सन् १९९९ को नयाँ वर्षको पूर्वसन्ध्यालाई म कहिल्यै भुल्न सक्दिनँ । म बीबीसीको मस्को ब्युरोमा प्रोड्युसरको रुपमा काम गरिरहेको थिएँ । अचानक ब्रेकिङ न्यूज आयो कि रुसका राष्ट्रपति बोरिस यल्तसिनले राजीनामा दिए । उनको निर्णय आश्चर्यजनक थियो, यहाँसम्म कि मस्कोमा ब्रिटिश मिडियामा काम गर्नेहरुका लागि पनि । यो खबर आउँदा अफिसमा कोही पनि संवाददाता थिएनन् … Read more

दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडाैं। यसै महिनाको सुरुमा महाभियोग लगाइएका र त्यसपछि निलम्बनमा परेका दक्षिण कोरियाली राष्ट्रपति यून सुक यउलविरुद्ध सोलस्थित एक अदालतले पक्राउ पुर्जी जारी गरेको छ। उनले डिसेम्बर ३ मा देशमा मार्शल ल लागु गर्ने प्रयास गरेका थिए। सोही आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।उनीमाथि देशद्रोह सहितका आरोपहरूमा अनुसन्धान भइरहेको छ। त्यस क्रममा उनलाई अदालतले सोधपुछका … Read more

सल्लेरीबाट सुर्केसम्म यातायात सेवा सञ्चालन हुँदा पर्यटन व्यवसायी उत्साहित

सोलुखुम्बु। सगरमाथा क्षेत्रको पर्यटनको केन्द्र मानिने लुक्ला नजिकैको सुर्केगाउँसम्म यातायात सेवा विस्तार भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन्। खुम्बु पासाङल्हामु गाउँपालिकाको विशेष लगानीमा सुर्केसम्म सडक विस्तार भएसँगै सल्लेरीबाट सुर्केसम्म यातायात सेवासञ्चालनमा आएको छ। यसले सगरमाथा क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठूलो फड्को मार्ने अपेक्षा गरिएको छ। खुम्बु पासाङल्हामु-१ खरिखोलाबाट वडा नं २ सुर्केसम्म १६ करोडको लागतमा करिब … Read more