नेपालद्वारा बङ्गलादेशलाई एक सय ४२ रनको लक्ष्य

एसियाली क्रिकेट काउन्सिल (एसीसी) अन्तर्गत पुरुष यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले बङ्गलादेशलाई जितका लागि एक सय ४२ रनको लक्ष्य दिएको छ ।संयुक्त अरब इमिरेट्को दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ४१ रन बनायो । नेपालका लागि ओपनर आकाश … Read more

२ बजेसम्म ५० प्रतिशत भन्दा बढी मत खस्यो

काठमाडौँ । मतदानको समय ३ घण्टामात्र बाँकी रहँदा स्थानीय तह उपनिर्वाचन अन्तर्गत दिउँसो २ बजेसम्म समग्रमा ५० प्रतिशत भन्दा बढी मत खसेको छ ।  आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदान दिउँसो २ बजेसम्म समग्रमा ५० प्रतिशत बढी मतदान सम्पन्न भएको हो ।निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेलका अनुसार मतदान सुरु भएको ७ घण्टाको अवधिमा ५० … Read more

पोर्नोग्राफी मुद्दामा राज कुन्द्रालाई ईडीले सोधपुछका लागि बोलायो

मुम्बई, मंसिर १६- प्रवर्तन निर्देशनालय (ईडी) ले पोर्नोग्राफी मुद्दामा राज कुन्द्रालाई सोधपुछका लागि बोलाएको छ। राज कुन्द्रालाई सोमबार बिहान ११ बजे ईडीको कार्यालयमा पुग्न भनिएको छ । राज कुन्द्राबाहेक ईडीले यस केससँग सम्बन्धित सबैलाई सोधपुछको लागि बोलाएको हो।नोभेम्बर २९ मा, ईडीले यस मामिलामा राज कुन्द्रा–शिल्पा शेट्टीको घरमा छापा मारेको थियो। राज कुन्द्राको कार्यालयमा पनि छापा … Read more

चीन जानुअघि प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद्, बीआरआईबारे छलफल हुने

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।सोमबारदेखि सुरू हुन लागेको चीन भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार आइतबार साँझ ५ बजे बस्नेगरी बैठक डाकिएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्ने तयारी छ ।बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण र नेपालले तय गरेका एजेण्डाबारे छलफल गरेर तिनलाई … Read more

बेमौसमी काँक्राखेतीबाट तीन महिनामै डेढ लाख आम्दानी

कञ्चनपुर, मंसिर १६- बेमौसमी काँक्राखेती गरेर शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले तीन महिनामै रु डेढ लाख बढी आम्दानी गर्नुभएको छ । तीन कठ्ठा जग्गामा चौधरीले काँक्राखेती गर्नुभएको छ । हालसम्म २१ क्विन्टल काँक्रा बिक्री गरेको चौधरीले बताउनुभयो । काँक्रा प्रतिकिलो रु ७० देखि रु ८० मा बिक्री हुँदै आएको छ । काँक्रा रोप्नेदेखि टिपेर बजारसम्म … Read more

तमिलनाडु र पुडुचेरी तट पुग्यो चक्रवाती आँधी फेङ्गल

तमिलनाडु, मंसिर १६- चक्रवाती आँधी फेङ्गल तमिलनाडु र पुडुचेरीको तटमा पुगेको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार आँधी शनिबार राति १०: ३० देखि ११: ३० बजेको बिचमा यी तटहरूमा पुगेको थियो। आईएमडीका अनुसार यस अवधिमा हावाको गति ७० देखि ८० किलोमिटर प्रतिघण्टादेखि ९० किलोमिटर प्रतिघण्टासम्म हुन सक्छ। फेङ्गल आँधी बिस्तारै पश्चिम र … Read more

नेहरुको उदाहरण दिँदै चीन भ्रमणमा जाने टोलीलाई प्रधानमन्त्रीको प्रशिक्षण

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग चीन जाने सरकारी भ्रमण टोलीका सदस्यहरुलाई शिष्टाचारको प्रशिक्षण दिएका छन्। चीन जाने प्रतिनिधिमण्डलका सदस्यहरुलाई शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले भारतीय पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरुसँग घटेको एक घटनाको उदाहरण दिँदै शिष्टाचारको प्रशिक्षण दिएका हुन्। प्रधानमन्त्रीले चीन जाने टोलीका सदस्यहरुलाई कहिलेकाहीँ पाहुनाको व्यवहारका कारण निम्तो दिने घरेलु पक्ष समेत अप्ठ्यारोमा … Read more

टी-२० ब्लाइन्ड क्रिकेट विश्वकप: सेमिफाइनलमा नेपाल पाकिस्तानसँग पराजित

पहिलो पटक टी-२० ब्लाइन्ड क्रिकेट विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको नेपाल पाकिस्तानसँग पराजित भएको छ। मुल्तानमा भएको खेलमा नेपाल घरेलु टोलीसँग १० विकेटले पराजित हुँदै अन्तिम चारबाटै बाहिरियो। आज बिहान भएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९४ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य पाकिस्तानले ५.३ ओभरमै बिना विकेटको क्षतिमा … Read more

राष्ट्रपति पौडेलसमक्ष चार देशका राजदूतद्वारा शपथ ग्रहण

काठमाडौं, मङ्सिर १६ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार देशका राजदूतले शपथ ग्रहण गर्नुभएको छ । आइतबार बिहान शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलसमक्ष अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी, जर्मनीका लागि डा. शैल रुपाखेती, साउदी अरबका लागि डा. नरेशविक्रम ढकाल र अस्ट्रेलियाका लागि चित्रलेखा यादवले शपथ ग्रहण गर्नुभएको हो । शपथ ग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री डा. … Read more

दिगो गतिशीलतामा उत्कृष्ट योगदानका लागि एमएडब्लू ग्रुप फोटोन ग्लोबल अवार्ड्स २०२४ मा सम्मानित

काठमाडौं। नोभेम्बर २८, २०२४ – विद्युतीय सवारी साधन (ईभी) को क्षेत्रमा नेतृत्व र बिक्री कार्यसम्पादनका लागि एमएडब्लू ग्रुपले प्रतिष्ठित फोटोन ग्लोबल अवार्ड २०२४ मा दुईवटा महत्वपूर्ण सम्मान प्राप्त गर्दै विश्वव्यापी मञ्चमा आफ्नो मान्यता स्थापित गरेको छ। अवार्ड कार्यक्रममा एमएडब्लू ग्रुपका प्रबन्ध निर्देशक श्री विष्णु कुमार अग्रवाललाई लिडरशिप इन न्यु इनर्जी प्रोमोसन अवार्ड २०२४ प्रदान गरिएको … Read more