गेस्ट हाउसमा रातको ६ हजार लिएर बालिकालाई यौनधन्दामा लगाउने पक्राउ

काठमाडौं एक रातको ६ हजार रुपैयाँ लिएर बालिकालाई यौनपेशामा जबरजस्ती लगाएको आरोपमा काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसका सञ्चालक पक्राउ परेका छन् । निमा गेस्ट हाउसका सञ्चालक नुवाकोट तादी ६ घर भएका सुजन तामाङलाई प्रहरीले पक्राउ गरेको हो । २९ वर्षीय तामाङविरुद्ध एक वर्षअघि नै जाहेरी परेको थियो । त्यसयता उनी फरार थिए । गेस्ट … Read more

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, एकै दिन २ हजार रुपैयाँले बढ्यो

काठमाडौँ सुनको मूल्य एकै दिन २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको लागि तोकेको मूल्य अनुसार छापावाला सुनको मूल्य १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको हो । बिहीबार यस्तो मूल्य १ लाख ६२ हजार ४०० रुपैयाँ रहेको थियो । आजका लागि निर्धारित मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो । चाँदीको … Read more

राष्ट्रपतिद्वारा जनताको सुख, शान्ति र मुलुकको समृद्धिको कामना

बाजुरा राष्ट्रपति रामचन्द्र पौडेलले जनताको सुख, शान्ति र मुलुकको समृद्धिको कामना गर्नुभएको छ । यहाँको त्रिवेणी नगरपालिका–७ स्थित ऐतिहासिक नाट्यश्वरी मन्दिरको नवनिर्मित भवनको आज उद्घाटन गर्नुहुँदै उहाँले परापूर्वकालदेखि बडिमालिका क्षेत्रका यी पवित्र धार्मिकस्थलहरूमा पूजाअर्चना गरी आफ्नो र देशका लागि विभिन्न मनोइच्छित वरदान माग्ने गरेको आफूले सुन्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “आज म यस पुण्यभूमिमा … Read more

विपद्मा जनतालाई आशा दिन सक्नुपर्छः सभापति खतिवडा

काठमाडौँ प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले गत असोज दोस्रो साताको बाढीपहिरोबाट भएको क्षतिको विवरण १५ दिनभित्र सङ्कलन गरी तत्काल पुनःनिर्माण र पुनःस्थापनामा केन्द्रित हुन तीन तहकै सरकारसँग आग्रह गर्नुभएको छ । सरकारले विपद् प्रभावित १६ जिल्लाका ७२ स्थानीय तहलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको सन्दर्भमा निर्धारित समयभित्रै पुनःनिर्माण … Read more

चार दिनदेखि मन्थलीमा रोकिएका पर्यटकलाई सोलुखुम्बु लान थालियो

रामेछाप- चार दिनदेखि मन्थली-लुक्ला उडान नहुँदा रामेछापको मन्थलीमा रोकिएका पर्यटकलाई हेलिकप्टरमार्फत् सोलुखुम्बुको फाप्लु र सुर्के लान थालिएको छ। सोलुखुम्बुको खुम्बु क्षेत्रमा मौसम खराब हुँदा सोमबारदेखि मन्थली–लुक्ला उडान रोकिएपछि एक हजार भन्दा बढी पर्यटक मन्थलीमै रोकिएका थिए। सोमबारदेखि रोकिएको मन्थली–लुक्ला उडान बिहीबार पनि नखुलेपछि मन्थली रोकिएको पर्यटकलाई हेलिकप्टरमार्फत् सोलुखुम्बुको फाप्लु र सुर्के लान थालिएको रामेछाप नागरिक … Read more

नेपालले मौसमी सङ्कटको सामना गरिरहेको छः परराष्ट्रमन्त्री

काठमाडौँ परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले जलवायु परिर्वतनको प्रभावका कारण चरम मौसमी सङ्कटको सामना गर्नुपरेको बताउनुभएको छ । नेपाल रिपब्लिक मिडियाद्वारा आज यहाँ आयोजित ‘विश्वव्यापी जलवायु कार्यका लागि सगरमाथाको आह्वान’ विषयक अन्तरक्रियामा उहाँले यसबाट जनधनको क्षतिका साथै सडक, पुल, जलविद्युत् परियोजना र अन्य सार्वजनिक तथा निजी सम्पत्तिको क्षतिसमेत ब्यहोर्नु परेको उल्लेख गर्नुभयो । परराष्ट्रमन्त्री … Read more

प्रहरी सङ्गठन प्रदेशको आफ्नै हुनुपर्छ: विमलेन्द्र निधि

जनकपुर नेपाली कांग्रेसका नेता तथा सङ्घीय सांसद विमलेन्द्र निधिले हरेक प्रदेशको आफ्नै प्रहरी सङ्गठन हुनुपर्नेमा जोड दिनुभएको छ । पूर्वगृहमन्त्री समेत रहनुभएका निधिले जनकपुरधाम विमानस्थलमा आज रासससँग कुरा गर्दै भन्नुभयो, “सबैले प्रदेश प्रहरी समायोजन भन्दैछन् मैले भने सङ्गठन भन्छु । त्यो सरकारले समायोजन गरेर होस् या नयाँ भर्ना गरेर, तर प्रहरी सङ्गठन प्रदेशको आफ्नै हुनुपर्छ … Read more

नेपाल वायुसेवा निगमद्वारा छ अर्ब ३२ करोड ऋण भुक्तानी

काठमाडौँ नेपाल वायुसेवा निगमले हालसम्म विमानको छ अर्ब ३२ करोड ८५ लाख ९७ हजार पाँच सय ३३ ऋण भुक्तानी गरेको जनाएको छ । निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई ‘न्यारोबडी’ र दुई ‘वाइडबडी’ विमानका लागि कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्येको उक्त ऋण भुक्तानी गरेको विज्ञप्ति जारी गरी जनाएको हो । … Read more

रास्वपा अनुशासन आयोगका उपप्रमुख न्यौपानेले दिए राजीनामा

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन् । दशैँअघि नै न्यौपानेले दिएको राजीनामा स्वीकृत भएको रास्वपा स्रोतले जानकारी दिएको छ ।पार्टीको सक्रिय राजनीति गर्न न्यौपानेले अनुशासन आयोगबाट राजीनामा दिएको बताइएको छ । रास्वपाको विधान अनुसार ११ सदस्यीय हुने अनुशासन आयोगमा न्यौपानेले राजीनामा दिएपछि हाल चार सदस्य मात्र रहेका छन् ।अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटा अमेरिका भ्रमण … Read more

विपद् जोखिम व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक सिंहदरबारमा

काठमाडौँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक आज बस्दैछ ।गृहमन्त्री अध्यक्ष रहेको प्राधिकरणको बैठक दिउँसो ३ बजे प्राधिकरणको कार्यालय, सिंहदरबारमा बस्ने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ । आजको बैठकले बाढी पहिरोपछिको राहत वितरण र पुनः निर्माणबारे महत्वपूर्ण निर्णय गरेर सरकारलाई सिफारिस गर्ने तयारी गरिएको छ । प्राधिकरणको सिफारिस अनुसार आजै बस्ने मन्त्रिपरिषदको … Read more