रास्वपा अनुशासन आयोगका उपप्रमुख न्यौपानेले दिए राजीनामा

काठमाडौं – 

राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन् । दशैँअघि नै न्यौपानेले दिएको राजीनामा स्वीकृत भएको रास्वपा स्रोतले जानकारी दिएको छ ।पार्टीको सक्रिय राजनीति गर्न न्यौपानेले अनुशासन आयोगबाट राजीनामा दिएको बताइएको छ ।

रास्वपाको विधान अनुसार ११ सदस्यीय हुने अनुशासन आयोगमा न्यौपानेले राजीनामा दिएपछि हाल चार सदस्य मात्र रहेका छन् ।अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटा अमेरिका भ्रमण तथा तत्कालीन गृहमन्त्री रवि लामिछानेको सचिवालयमा कार्यरत हुँदा देवकोटाले कार्यवाहक प्रमुख भएर काम गरेका थिए । 

सेयर गर्नुहोस्