बुद्ध एयरको विमानमा प्राविधिक समस्या, डाईभर्ट गरि काठमाडौंमा सुरक्षित अवतरण

काठमाडौँ बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएको छ । विहिबार बिहान उडान नम्बर १०० मा रहेको बिमानको दायाँ ईन्जिनमा प्राविधिक समस्या देखिएपछि विमानलाई डाईभर्ट गरि काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गराईएको बुद्ध एयरले जानकारी दिएको छ । अहिले विमानको प्राविधिक टोलीले चेकजाँच गरिरहेको बताइएको छ । बुद्ध एयरले यस बारेमा जानकारी दिदै भनेको छ, आज बिहान … Read more

राष्ट्रिय वाणिज्य बैंकद्वारा ११७ जना अधिकृतलाई पूर्व सेवाकालिन तालिम

काठमाडौँ,  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तर्वार्ताबाट प्रदेशगत रुपमा छनोट भएका ११७ जना नवनियुक्त अधिकृतहरुलाई १४ दिने पूर्व सेवाकालिन तालिम बिहीबारबाट काठमाडौँमा सञ्चालन गरेको छ । तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनालले प्रतिस्पर्धी बजारमा बैंकले लिएको उद्देश्य कार्यन्वयनमा यो ठुलो सङ्ख्याको जनशक्तिको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो … Read more

अध्यक्ष दाहाल र थाई सिनेट अध्यक्ष सुरसज्जाबीच भेटवार्ता

काठमाडौँ। अन्तर–व्यवस्थापिका सङ्घको महासभामा सहभागी हुने सिलसिलामा जेनेभा रहेका राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र थाइल्याण्डको सिनेटका अध्यक्ष मोङकोल सुरसज्जाबीच भेटवार्ता भएको छ । त्यस अवसरमा उनीहरूबीच पारस्परिक सम्बन्ध, आपसी हित र साझा चासोका साथै भविष्यमा हनसक्ने सहकार्यबारे छलफल भएको जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्गठनहरूका लागि नेपालको स्थायी नियकोगले जनाएको छ । अध्यक्ष दाहालले … Read more

तीव्ररुपमा फैलिँदै डेंगु संक्रमण, देशभर १९ हजार संक्रमित

काठमाडौं। देशभर डेंगु संक्रमण तीव्ररुपमा फैलिरहेको छ। ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्यांक अनुसार डेंगु संक्रमितको संख्या १९ हजार पाँच ९९ पुगेको छ। डेंगु संक्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन्। डेंगु संक्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ। डेंगु संक्रमण सबैभन्दा बढी काठमाडौंमा फैलिएको छ। काठमाडौंमा डेंगु संक्रमणबाट हालसम्म तीन … Read more

आश्विन शुक्ल पूर्णिमाः कोजाग्रत पूर्णिमा व्रत गरिँदै

काठमाडौं। नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडादशैं पर्व समापन हुन्छ। शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल … Read more

सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्ः सेना

काठमाडौं। संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ। सैनिक प्रवक्ता गौरवकुमार केसीले शान्ति मिसनमा त्यहाँ रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण फौज सुरक्षित रहेको जानकारी दिए। प्रवक्ता केसीले लेबनानको विकसित परिस्थितिका आधार संयुक्त राष्ट्रसंघ र मिसन मुख्यालयबाट हुने निर्णय र निर्देशानुसार नेपाली शान्ति … Read more

बीपी राजमार्गमा आजबाट सवारी आवागमन खुल्ला

काठमाडौं। दशैं अघि आएको बाढी र पहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गमा आजबाट साविक बमोजिमकै सवारी आवागमन खुल्ला गरिएको छ। बाढी र पहिरोबाट राजमार्गको झण्डै १२ किलोमिटर सडक क्षतिग्रस्त भएपछि कतै एकतर्फी त कतै दुई तर्फी गरी सवारी संचालन गरिएको थियो। साना सवारी साधनलाई मात्रै अनुमति दिइएको यस राजमार्गमा आजदेखि भने साविकमा यातायात संचालनका लागि अनुमति पाएका … Read more

नेपालसहित ३३ देशद्वारा लेबनानमा शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा

काठमाडौं। नेपालसहित ३३ देशहरुले इजरायली सेनाबाट शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा गरेका छन्। परराष्ट्र मन्त्रालयलले विज्ञप्ति जारी गर्दै उक्त घटनाको छानविन र सुरक्षाको प्रत्याभूति दिलाउन माग गरिएको छ। ३४ देशले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘नेपाल युनिफिल शान्ति सैनिकहरूमाथि हालै भएका आक्रमणको कडा निन्दा गर्दछ। द्वन्द्वका पक्षहरूलाई उनीहरूको सुरक्षा र सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गर्दछ … Read more

गैँडासँग मोटरसाइकल ठोक्किँदा दुई घाइते

नवलपुर नवलपुर सदरमुकाम कावासोतीमा गैँडासँग ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् । बुधबार दिउँसो २ बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत कावासोती नगरपालिका –८ खरकट्टा जंगलमा बुटवलबाट काठमाडौंतर्फ जाँदैगरेको ना ३३ प ४२४२ नम्बरको मोटरसाइकल बाटो क्रस गर्दैगरेको गैँडासँग ठोक्किएर दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ। दुर्घटनामा दोलखा बैतेश्वर गाउँपालिका –४ का ३२ … Read more

दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक छ: प्रधानमन्त्री

काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले रु ५१ लाख हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई सङ्घका अध्यक्ष डा बद्री केसीसहितको प्रतिनिधिमण्डलले उक्त रकम हस्तान्तरण गरेको हो । अध्यक्ष डा केसीले हालैको बाढीपहिरो र डुुबानको खबरले आफूहरु दुःखित हुँदै कोषमा … Read more