काठमाडौँ
बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएको छ ।
विहिबार बिहान उडान नम्बर १०० मा रहेको बिमानको दायाँ ईन्जिनमा प्राविधिक समस्या देखिएपछि विमानलाई डाईभर्ट गरि काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गराईएको बुद्ध एयरले जानकारी दिएको छ । अहिले विमानको प्राविधिक टोलीले चेकजाँच गरिरहेको बताइएको छ ।
बुद्ध एयरले यस बारेमा जानकारी दिदै भनेको छ, आज बिहान उडान नं १००, जहाज 9N-AJS मा दायाँ ईन्जिनमा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई डाईभर्ट गरि काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गराईएको छ । हाम्रो प्राविधिक टोलिले जहाजको चेकजाँच गरिरहेका छन् ।