राष्ट्रिय वाणिज्य बैंकद्वारा ११७ जना अधिकृतलाई पूर्व सेवाकालिन तालिम

काठमाडौँ, 

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तर्वार्ताबाट प्रदेशगत रुपमा छनोट भएका ११७ जना नवनियुक्त अधिकृतहरुलाई १४ दिने पूर्व सेवाकालिन तालिम बिहीबारबाट काठमाडौँमा सञ्चालन गरेको छ ।

तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनालले प्रतिस्पर्धी बजारमा बैंकले लिएको उद्देश्य कार्यन्वयनमा यो ठुलो सङ्ख्याको जनशक्तिको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।

जनताको ठुलो विश्वास बैंक प्रति रहेको हुँदा व्यवसायीक ढङ्गबाट कार्य गर्ने सोच बनाउनुपर्ने उहाँले बताउनुभयो । उहाँले विभिन्न प्रक्रिया पश्चात बैंकले एकपटक ठुलो सङ्ख्यामा युवा अधिकृतहरुलाई नियुक्ति दिएर बैंकिङ्ग क्षेत्र मार्फत देश र नागरिकको सेवा गर्ने अवसर प्रदान गरेको बताउनुभयो ।

अरु सहायक स्तरका कर्मचारीहरुको भर्ना प्रक्रिया छिट्टै पूरा भएपछि बैंकले दिने सेवा र उत्पादकत्व बढ्ने बताउनुभयो ।कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खनालले नवनियुक्त सहायक प्रबन्धक, उपप्रबन्धक, प्रबन्धक र बरिष्ठ प्रबन्धक तहका जम्मा ११७ जना अधिकृतहरुलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ समेत गराउनुभएको थियो ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेश प्रसाद लोहनी, मानव संशोधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त अधिकृत कर्मचारीहरुलाई बधाइ तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, रामकुमार थापा र तालिम तथा सिकाई विकागका विभागीय प्रमुख पद्यमा लक्ष्मी जिसीलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैंकको हाल सातै प्रदेश,

सेयर गर्नुहोस्