बाढीले क्षतिग्रस्त माथिल्लो तामाकोशीबाट पुनः विद्युत् उत्पादनको पहल थाल्न पहल

काठमाडौं सञ्चालनमा रहेका जलविद्युत् गृहहरूमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट जतिसक्दो चाँडो विद्युत् उत्पादन सुरु गर्न पहल थालिएको छ । गत साता आएको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको बाँध क्षेत्रका संरचना (हेडवक्र्स) मा ठूलो क्षति पुर्‍याएको थियो । बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, … Read more

सडक दुर्घटना नियन्त्रण प्रयासः छाडा चौपायाका घाँटीमा ‘रिफ्लेक्टर’

नेपालगन्ज छाडा चौपायाका कारण सडक दुर्घटना नहोस् भन्ने उद्देश्यले नेपालगन्जका छाडा चौपायाको घाँटीमा ‘रिफ्लेक्टर’ लगाइएको छ । छाडा चौपायाका कारण राति बढी दुर्घटना हुन थालेपछि प्रहरीले छाडा चौपायालाई रिफ्लेक्टर लगाएको वडा प्रहरी कार्यालयका प्रमुख अरुण बमले बताउनुभयो नेपालगन्ज उपमहानगरपालिका–४, ५ र ६ का सडकमा अधिक छाडा चौपाया भेटिने गरेका बताउँदै उहाँले रिफ्लेक्टर लगाउन सहज नभएको … Read more

बाढीपहिरोमा मृत्यु भएकाको परिवारलाई मधेस सरकारले एक लाख दिने

गत असोज ११ र १२ गतेको वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परेर मृत्यु भएकाको परिवारलाई मधेस सरकारले एक लाख रुपैयाँ राहत दिने भएको छ। मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार विपदमा परेर मृत्यु भएकाको परिवारलाई एक लाख रुपैयाँ दिइनेछ।उनले बाढीपहिरो र डुबानपीडितलाई एकद्वार प्रणालीबाट राहत वितरण गरिने बताए। यसका लागि आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको उनले … Read more

दसैँभर विमानस्थलहरू बिहान साढे ४ बजे खुल्ने

काठमाडौँ नेपाल नागरिक उड्डयन प्राधिकरणले रात्रिकालीन उडान हुने सम्पूर्ण विमानस्थलहरू बिहान साढे ४ बजे खुल्ने जनाएको छ । हवाई यात्रुको चाप बढेपछि असोज १७ घटस्थापनादेखि ३० गते पूर्णिमासम्म बिहान ४ः३० देखि राति १२ बजेसम्म चल्ने भएका हुन् । प्राधिकरणले आवश्यकताअनुसार समय थप हुन सक्ने पनि जनाएको छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा विमानस्थल, पोखरा, … Read more

गाँसको भन्दा बासको चिन्ता, खुला आकासमुनी कुकुर र लामखुट्टेको त्रासः बाढीपीडित

काठमाडौँ हिलाम्मे भुइँमा निता सिजालीले मागेर ल्याएको जुटका बोरा बिच्छ्याउनुहुन्छ । रात परेपछि त्यही बोरामा बाबा, आमा र छोराछोरी लस्करै सुत्नुपर्छ । सुतिरहेको बेला कहिले कुकुर आएर सुत्छन्, कहिले लामखुट्टे कानमा भुनभुनाउँन थाल्छन् । कुकुर र लामखुट्टेको डरभन्दा पनि सिजालीलाई छोराछोरीको स्वास्थ्य र सुरक्षाको डरले चिन्तित बनाउँछ । आफन्तीको छाप्रोमा आश्रय पाउका सिजालीको परिवार चुक्कल … Read more

सुनसरीको तरहरामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

धरान (सुनसरी) सुनसरीको तरहरासहित आसपासका क्षेत्रमा अहिले भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज बिहानदेखि कोशी प्रदेशका केही ठाउँमा भारी वर्षा भइरहेको हो । पछिल्लो तीन घण्टामा सुनसरीको तरहरा र आसपासका क्षेत्रमा भारी वर्षा भएको मापन गरिएको छ । पछिल्लो तीन घण्टामा तरहरा क्षेत्रमा ७२ दशमलव सात मिलिमिटर … Read more

अनेरास्ववियु(क्रान्तिकारी)को महाधिवेशनमा भद्रगोल, उमेर हदको विवादले बन्दसत्र स्थगित

काठमाडौं। नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी)को महाधिवेशनमा भद्रगोल भएको छ। गत बिहीबारदेखि शुरु भएको महाधिवेशनको एक साता हुदा पनि नेतृत्व चयनको निर्वाचन प्रक्रियामा जान सकेको छैन। संगठनमा उमेर हदको विवाद चुलिएपछि महाधिवेशननै अन्योलमा परेको हो। यस अघि पार्टीको निर्देशनमा मंगलबार  उमेर हदको विवाद मतदानबाट टुंगाउने तयारी गरिएपनि विभिन्न गुटको विवादका करण निर्वाचन प्रकृया … Read more

प्रधानन्यायाधीशमा सिफारिस राउतमाथि समितिमा सुनुवाइ सुरु

संवैधानिक परिषद्‍बाट प्रधानन्यायाधीशमा सिफारिस सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतको संसदीय सुनुवाइ सुरु भएको छ। संसदीय सुनुवाइ समितिको सोमबारको बैठकले प्रधानन्यायाधीशमा सिफारिस राउतको संसदीय सुनुवाइ बुधबारलाई तोकेको थियो। संसदीय सुनुवाइ समितिमा राउतविरुद्ध ६ वटा उजुरी परेका छन्। संवैधानिक परिषद्को भदौ ३१ गतेको बैठकले प्रधानन्यायाधीशमा राउतको नाम सिफारिस गरेको थियो। बहालवाला प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको कार्यकाल यही … Read more

झ्याप्ले खोलाको पहिरोमा पुनः खोजी गरिँदै, आलोपालो गरी सवारी चलाइँदै

मलेखु (धादिङ) धादिङ र काठमाडौँको सिमाना नजिकै धुनिबँेसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरो पन्छाएर पुनः खोजी गरिएको छ । तीनवटा सवारी साधनमा ३५ जनाको शव फेला परेको पहिरोमा अरू पनि थप सवारी साधन पुरिएको हुनसक्ने आशङ्कामा सडकको कुना र सडक तलतिर थुप्रिएको पहिरो पन्छ्याएर पुनः खोजी गरिएको हो । झन्डै दुई सय मिटर माथिबाट डाँडै भासिएर … Read more

आज पनि बजारबाट ५० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

काठमाडौँ बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम धेरै थुप्रिएपछि आज (बुधबार) राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । वित्तीय प्रणालीमा तरलता नघटेको र यसअघि तानेको रकमको परिपक्वता अवधि सकिएकाले पुनः ५० अर्ब रुपैयाँ झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन खरिदका लागि बुधबार दिउँसो ३ बजेसम्म अनलाइन बोल–कबोल … Read more