संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतको संसदीय सुनुवाइ सुरु भएको छ।
संसदीय सुनुवाइ समितिको सोमबारको बैठकले प्रधानन्यायाधीशमा सिफारिस राउतको संसदीय सुनुवाइ बुधबारलाई तोकेको थियो।
संसदीय सुनुवाइ समितिमा राउतविरुद्ध ६ वटा उजुरी परेका छन्।
संवैधानिक परिषद्को भदौ ३१ गतेको बैठकले प्रधानन्यायाधीशमा राउतको नाम सिफारिस गरेको थियो।
बहालवाला प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको कार्यकाल यही शनिबार सकिँदैछ । सो अगावै नयाँ प्रधानन्यायाधीश नियुक्तिको पहल भएको हो ।