सुनको मूल्य तोलामा एक सय रुपैयाँले घट्यो

काठमाडौँ — स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार प्रतितोला एक लाख ६० हजार छ सय रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ६० हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । आइतबार प्रतितोला एक हजार … Read more

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री आज दिउँसो चार बजे आइपुग्ने कार्यक्रम छ। त्यसको एक घण्टा पछि प्रधानमन्त्री ओलीले ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजको बैठकमा प्रधानमन्त्री ओलीले बाढी पहिरोको क्षतिका बारेमा मन्त्रिहरुसँग जानकारी लिनेछन्। सरकारले बाढी पहिरोबाट मृत्यु भएका परिवार र घाइतेलाई राहत … Read more

बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा एक करोड सहयोगको घोषणा

लण्डन भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले रु एक करोड सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा बद्री केसीका अनुसार आइतबार भएको भर्चुअल बैठकमा सङ्घका पदाधिकारीहरूले पहिलो चरणमा तत्काल बाढीपीडितका लागि रु एक करोड सहयोग गर्ने निर्णय गरेका हुन् । बैठकले गैरआवासीय … Read more

बाढी–पहिरोमा मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता

काठमाडौँ । बिहीबारदेखिको अविरल वर्षाका कारण मृत्यु हुनेको संख्या १४८ जना पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार अपराह्नसम्म मृत्यु हुनेको संख्या १४८ जना पुगेको हो । मृतकमध्ये अधिकांश शनिबारको बाढी–पहिरो र डुबानका घटनामा परेका हुन् । अविरल वर्षापछि पहिरोमा परेर धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ स्थित झ्याप्ले खोलामा मात्रै ३५ जनाको मृत्यु … Read more

झ्याप्ले खोला पहिरो : जन्ममात्र होइन, मृत्यु पनि सँगै भयो दिपेश–दिपिकाको

स्याङ्जाको गल्याङ नगरपालिका घर भएकी सीता भट्टराई छोराछोरीलाई पढाउन भनेर बुटवलको गोलपार्कमा बस्दै आएकी थिइन् । सीताका जुम्ल्याहा छोराछोरी दिपेश र दिपिका बुटवलको कालिका माविमा अध्ययन गर्दथे । कक्षा पाँचदेखि कालिका मावि अध्ययन गर्न थालेका उनीहरू दुवै अध्ययनमा उत्कृष्टमात्र थिएनन्, अतिरिक्त क्रियाकलापमा पनि अब्बल थिए । कक्षा १० अर्थात् एसईईको तयारीमा जुटेका उनीहरू यही बिचमा … Read more

झ्याप्ले खोला पहिरो अपडेटः आज मात्रै २१ जनाको शव भेटियो, मृतकको सङ्ख्या ३५ पुग्यो

मलेखु (धादिङ), असोज १३- धादिङको धुनिबेंसी नगरपालिका-९ झ्याप्ले खोलामा पहिरोबाट आज मात्रै २१ जनाको शव निकालिएको छ । बिहानैदेखि खटिएको उद्धार टोलीले १७ पुरुष र चार जना महिलाको शव निकालेको हो । हालसम्म पहिरोमा ३५ जनाको शव निकालिएको छ । शनिबार रातिसम्म १४ वटा शव फेला परेकामा आज थप २१ जनाको शव फेला परेको जिल्ला … Read more

‘रवि‚ रास्वपा र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रवि लामिछाने‚ रास्वपा पार्टी र सहकारी प्रकरणमा सरकार अड्किँदा विपद् व्यवस्थापनमा चुकेको निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय समिति बैठक पश्चात् सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले सो कुराको जानकारी दिएका हुन् । ‘अहिलेको राजनीति रवि‚ रास्वपा र सहकारीमा अड्केको थियो । त्यसैले कोही तयार थिएन र … Read more

झ्याप्ले खोलाको पहिरोबाट अहिलेसम्म ३५ शव निकालियो

काठमाडौँ । पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले अहिलेसम्म पुरिएका ३५ जनाको शव निकालिएको छ । प्रहरीका अनुसार शनिबार १४ जनाको शव निकालिएकोमा आइतबार अहिलेसम्म २१ जनाको शव निकालिएको हो । अहिलेसम्म निकालिएका शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको र आफन्त बेपत्ता भएका परिवारले प्रमाणपत्र सहित सम्पर्क गरिदिन खानीखोला प्रहरीले अनुरोध गरेको छ । झ्याप्ले खोलामा गएको … Read more

बेपत्ताको खोजी तीव्र बनाई घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

काठमाडौँ नेपाली कांग्रेसले अविरल वर्षा, बाढी र पहिरोमा परी बेपत्ता भएकाको खोजी तीव्र रुपले गर्न सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेस कार्यसम्पादन समितिको आजको बैठकले सबै घाइतेको निःशुल्क उपचारको प्रबन्ध गर्न पनि माग गरेको कांग्रेसका कार्यवाहक मुख्य सचिव डा प्रदीप पराजुलीले राससलाई जानकारी दिनुभयो । अविरल वर्षा, बाढी र पहिरोमा परेर केही दिनयता एक सयभन्दा … Read more

कोशीमा १७ जनाको मृत्यु, ८ जना बेपत्ता (विवरणसहित)

विराटनगर । विगत तीन दिनदेखि परेको अविरल वर्षासँगैको बाढी, पहिरो र डुबानबाट कोशी प्रदेशमा १७ जनाको मृत्यु भएको छ । १३ जना घाइते र ८ जना अझै बेपत्ता छन् । कोशी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा पाँचथरमा ५, सोलुखुम्बुमा ५, धनकुटामा २, उदयपुरमा १, झापामा १ र इलाममा १ जनाको मृत्यु भएको छ … Read more