जोखिम मोलेर खोला तर्दै
रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–६, सहिद मार्गअन्तर्गत डिम्बुरगैराको अधेरी खोलामा आएको भलले सडकमा क्षति पुर्याएपछि जोखिम मोलेर खोला तर्दै स्थानीयवासी ।
रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–६, सहिद मार्गअन्तर्गत डिम्बुरगैराको अधेरी खोलामा आएको भलले सडकमा क्षति पुर्याएपछि जोखिम मोलेर खोला तर्दै स्थानीयवासी ।
काठमाडौँ, भदौ ५ गते। राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कर्मचारीलाई अनुचित कार्यको कसुरमा कारबाही गर्ने अधिकार आफूलाई दिन माग गरेको छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफलका क्रममा बोल्दै केन्द्रका प्रहरी नायव महानिरीक्षक निरञ्जन विष्टले यस्तो माग गर्नुभएको हो। उहाँले अन्तरिम संविधान, २०६३ … Read more
काठमाडौँ- गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारणसम्बन्धी ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकलाई चाँडै समितिबाट टुङ्ग्याइदिन आग्रह गरेका छन्। प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उक्त विधेयकमाथिको छलफलका क्रममा उनले समितिको संशोधन सरकारलाई स्वीकार्य भएको बताए। ‘समितिमा छलफलका क्रममा महत्वपूर्ण विषय पहिचान भएका छन्, अब समितिबाट जतिसक्दो छिटो पारित होस्, भ्रष्टाचारसम्बन्धी विषय निकै गम्भीर … Read more
इरानमा तीर्थयात्री चढेको बस दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ। मंगलबार राति इरानको तेहरानस्थित याज्द सहरमा बस दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको र अरू २३ जना घाइते भएको बिबिसीले जनाएको छ। बसमा पाकिस्तानी तीर्थयात्री सवार थिए।पाकिस्तानी समाचार संस्था डनका अनुसार दुर्घटनामा परी घाइते भएकामध्ये ७ जनाको अवस्था गम्भीर छ।मृत्यु हुनेमा १७ जना महिला … Read more
काठमाडौं- नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले नेपालगंज सुर्खेत रोडमा निर्माण सम्पन्न गरेको अत्याधुनिक सेवा सुविधा सहितको व्यापारिक भवनको कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहबाट वास्तु पुजा सम्पन्न भएको छ ।कम्पनीका अनुसार वास्तु पुजामा कम्पनीका संचालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च पदस्थ कर्मचारीहरु सहित बरिष्ठ अभिकर्ताहरुको सहभागिता रहेको थियो । सो समारोहमा अध्यक्षले कम्पनीको यो … Read more
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितीमा बुधबार मन्त्रालय र केन्द्रबीच हस्ताक्षर भएको मन्त्री पौडेलको सचिवालयले जानकारी दिएको छ।मन्त्रालयका तर्फबाट गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्याय र केन्द्रका अध्यक्ष पुनले सम्झौतामा हस्ताक्षर गरेका छन्।अस्पतालमा खेर गैरहेका … Read more
काठमाडौँ, काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गामा पहिरो खस्दा अहिले सो क्षेत्रमा यातायात सेवा अवरुद्ध भएको छ । पहिरो खसेका कारण सडक आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार नागढुङ्गा चोकबाट केही मिटर पर नागमन्दिर नजिकै पहिरो खसेको हो । काठमाडौँ भित्रिने र बाहिरिने सबै … Read more
काठमाडौँ , भदौ ५। स्थानीय बजारमा आज सुनको भाउ प्रतितोला १ लाख ५३ हजार रुपैयाँ (११ दशमलव ६६ ग्राम) को हालसम्मकै उच्च पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार हलमार्क सुन प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसको मूल्य अघिल्लो … Read more
काठमाडौं, भदौ ५-प्रधानमन्त्री केपी शर्मा ओलीले साना–साना पुँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने बताउनुभएको छ‘स्टार्ट अप नेशन–२०३०’ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवीन र सिर्जनशील सोचका साथ युवा र महिलाले कामका लागि विदेश नगइ स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताउनुभयो । आन्तरिक उत्पादनबाट आयात विस्थापन गर्न, गरिबी घटाउन, … Read more
दाङ, भदौ ५। दाङमा भएको छ । तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा इनार सफा गर्नेक्रममा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय रामबहादुर नेपाली रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले जानकारी दिए। बिहान करिव १० बजे दुवैजना इनारभित्र पसेका थिए । उनिहरु अचेत … Read more