गोरखाको धार्चेमा पहिरोमा बेपत्ता पाँच जनाको अवस्था अझै अज्ञात

काठमाडौं। उत्तरी गोरखाको धार्चे गाउँपालिका-५, सिङ्लास्थित रेसेमा पहिरोमा परी बेपत्ता भएका अझैसम्म पनि भेटिएका छैनन्। शनिवार राति भीषण पहिरामा बेपत्ता भएकाहरुको खोजी सुरु भएको करिब १३ घण्टासम्म पनि बेपत्ता पाँचै जना नभेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। बेपत्ताको खोजीका लागि घटनास्थलमा डोजरको प्रयोग गरिएको छ भने अहिलेसम्म कोही पनि फेला परिसकेको अवस्था छैन। पहिरोले … Read more

पोखरामा २४ जना चढेको स्कुल बस दुर्घटना, बालिकाको मृत्यु (अपडेट)

पोखरा:  पोखरामा आज बिहान भएको स्कुल बस दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ। सोमबार बिहान विद्यार्थी लिएर फर्कँदै गरेको एलपी देवकोटा मेमेरियल स्कुलको बस पोखरा १७, फुस्रेखोलानेर दुर्घटना भएको हो। दुर्घटनामा बालिकाको मृत्यु भएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए। उनको परिचय भने खुलिसकेको छैन।घाइतेहरूको अहिले पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बसमा चालक … Read more

निजीभन्दा अब्बल बन्दै सरकारी विद्यालय

गलकोट (बागलुङ), । कुनै समय ओझेलमा परेको बागलुङ नगरपालिका-८ सिगानाको सिगाना माध्यमिक विद्यालय लामिचौर तीन वर्ष यता चर्चामा छ । झट्ट हेर्दा जिल्ला सदरमुकामको निजी विद्यालयभन्दा राम्रो देखिने त्यही विद्यालयमा तीन वर्ष अघि शौचालय र खानेपानीको समेत अभाव थियो । तर पछिल्लो समय सुविधा सम्पन्न भवन, कक्षाकोठा, बाल उद्यान, बालमैत्री शौचालय, बगैँचाले सिँगारिएको प्राङ्गणले विद्यालयको वातावरण मनमोहक … Read more

नेप्सेले गर्‍यो मौद्रिक नीतिको स्वागत, ११३ अङ्कले बढ्यो

साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक ११३.४२ अंकले बढेर २६८१.५६ विन्दुमा पुगेको  छ। बजार खुलेको पहिलो १ मिनेट ३० सिकेण्डमा नै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि सर्किट लागेर २० मिनेटका लागि सेयर कारोबार बन्द भएको थियो। त्यसपछि दोस्रो कारोबार सुरू भएलगत्तै दोस्रो सर्किट ब्रेक लागेपछि ४० मिनेटका लागि कारोबार बन्द भएको हो। दोस्रो … Read more

सुनका गहना चोरेर भाग्दै गर्दा युवक पक्राउ

 काठमाडौं । चोरी गरेर भाग्दै गरेको अवस्थामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका–१७ घर भई हाल काठमाडौं महानगरपालिका–१६ ठमेल बस्ने १९ वर्षीय विकेश शाही छन् । उनलाई प्रहरी वृत्त मालिगाउँबाट खटिएको टोलीले शनिबार दिउँसो पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–५ कालोपुल डेरा गरी बस्ने सुनसरीको गढी गाउँपालिका घर भएका … Read more

सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढ्यो

काठमाण्डौ – सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ । अस्ति शुक्रवार तोलाको एक लाख ४४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको सुन आज तोलाको एक लाख ४५ हजार सात सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर एक हजार सात सय ४० रुपैयाँमा कारोबार … Read more

पहिरोका कारण हेटौँडा–काठमाडौँ जोड्ने २ सडक बन्द

मकवानपुर । हेटौँडा काठमाडौँ जोड्ने २ सडक पहिरोका कारण अवरुद्ध भएका छन् । पहिरोका कारण कान्ति लोकपथ र भैँसे भिमफेदी काठमाडौँ सडक अवरुद्ध भएका हुन् । अविरल वर्षाका कारण कान्ति लोकपथ सडक खण्डको ६ स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । गए राति १२ः४५ बजेको समयमा भिमफेदी ८ कालो पहिरो, बकैया–१२ माने घुम्ती, ठिंगन बजार, चौताराभिर, … Read more

देवी प्रतिभाको नेपाल बसाइ लम्बियो, अझै दुई दिन प्रवचन दिने

काठमाडौं I ललितपुर दर्शकबीच अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभा थप दुई दिन पशुपति कोटिहोम महायज्ञमा बसेर कथा प्रवचन गर्ने भएकी छिन् । शनिवार भारत फर्किनेगरी महायज्ञमा कथा प्रवचन गर्न आएकी देवीप्रतिभा सोमवारसम्म नेपालमै बस्ने भएकी हुन् । उनले आइतवारदेखि भारतमा हुने प्रवचन केही समयलाई पर सारेर थप दुई दिन पशुपति कोटिहोममा प्रवचन दिन लागेकी हुन् । देवी … Read more

आज उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ । आज उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । बिहीबार मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नकर्मी विसं २०२१ असार २० गते जन्मिएका थिए । विकास … Read more

कला, साहित्यका लागि नेपाल ऊर्बर भूमि: प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कला– संस्कृतिका लागि ऊर्बर भूमि भएको बताएका छन् । लेखक नेत्रप्रसाद गौतमद्वारा लिखित विभिन्न कृतिको आज आयोजित कार्यक्रममा लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले नेपाल ज्ञानको उदगम स्थल र विस्तार भएको ठाउँ भएको उल्लेख गरे । ‘मानिसका अनुभव र अनुभूतिहरू सङ्ग्रहित र परीक्षित भएपछि ज्ञान बन्छ । ज्ञानको सङ्ग्रह र … Read more