सिन्धुलीमा माइक्रो बस दुर्घटना हुँदा ११ जना घाइते

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ स्थित वीपी राजमार्गमा माइक्रो बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । वीपी राजमार्गअन्तर्गत सुनकोशी मरिण डाइभर्सन क्षेत्र नजिक सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको माइक्रो अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । माइक्रो सडकबाट करिब ३० मिटर तल खस्दा ११ यात्रु घाइते भएका थिए । नेपाल प्रहरी र सशस्त्रको … Read more

कुखुरा फार्मका सञ्चालकको हत्यामा संलग्न दम्पती पक्राउ

विराटनगर , मोरङको सुन्दरहरैँचा नगरपालिका–१ स्थित कुखुरा फार्मका सञ्चालकको हत्यामा संलग्न दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–४ घर भइ कुखुरा फार्ममा काम गर्दै आएका ३५ वर्षीय छिरिङ भनिने सुनील तामाङ र उनकी श्रीमती ३३ वर्षीया प्रनिसा पाँचकोटी रहेका छन्। प्रहरीका अनुसार डेढ महिना अघिदेखि कुखुरा फार्ममा काम गर्दै आएका दम्पतीले फार्मका सञ्चालक सुन्दरहरैँचा … Read more

प्रधानमन्त्री प्रचण्डको दाबी : कांग्रेस–एमालेलाई डरले जोड्यो

 काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेलाई डर र भयले जोडेको टिप्पणी गरेका छन् । विश्वासको मत लिने प्रस्ताव संसदमा टेबल गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वास र आदर्शले जोडेको भए आफूलाई चिन्ता नहुने बताए ।सुशासन कायम हुँदै जान थाल्यो भन्ने डरले कांग्रेस र एमालेलाई जोडेको उनले बताए । उनले अगाडि भने, ‘तपाईँहरुलाई डरले जोड्यो, … Read more

त्रिशूली नदीमा बेपत्ता भएको दुईवटा बसका यात्रुहरुको नाम सार्वजनिक

काठमाडौँ :वीरगन्जबाट काठमाडौँ आउँदै गरेको र काठमाडौँबाट रौतहट जाँदै गरेको बस त्रिशूली नदीमा दुर्घटना हुँदा करिब ५१ जनाको बेपत्ता रहेका छन्। काठमाडौँ र रौतहट टिक काउन्टरले प्रहरीलाई उपलब्ध गराएको विवरण अनुसार काठमाडौँबाट रौतहटको गौरतर्फ जान्दै गरेको प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेशको १५१६ नम्बरको एञ्जल डिलक्स बस … Read more

कास्कीमा एकै घरका छोरी/ज्वाइँसहित ७ जनाको मृत्यु

पोखरा । लगातार परेको अविरल वर्षाका कारण गए राती कास्कीमा आएको बाढीपहिरोले ११ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाका अनुसार पहिरोले पुरिँदा पोखरा महानगरपालिका वडा नं १९ पुरनचौरमा ७ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । … Read more

बाढीपहिरोबाट भएको क्षतिप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुईवटा बस त्रिशूली नदीमा खसाएर करिब पाँच दर्जन यात्रु बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुवानमा परी भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धारका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । उनले बाढीपहिरोको … Read more

प्रधानमन्त्रीलाई विश्वासको मतबारे निर्णय गर्न रास्वपा संसदीय दलको बैठक जारी

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक जारी छ ।पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिन लागेको विश्वास मतबारे छलफल हुनेछ ।यसअघि रास्वपाका चार जना मन्त्रीले राजीनामा दिने तयारी गरेका थिए।तर प्रधानमन्त्रीले विशवासको मत लिने बताएपछि उनीहरू रोकिएका थिए । असार १७ गते नेपाली कांग्रेस र एमालेका बीचमा राष्ट्रिय … Read more

त्रिशूलीमा बेपत्ता यात्रुको गोताखोरबाट खोजी सुरु

काठमाडौं : नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा नारायणी नदीमा बेपत्ता यात्रुको खोजी सुरु भएको छ ।  सशस्त्र प्रहरी बल नेपाल विपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोरसहितको टोलीले खोजी तथा उद्धार सुरु गरेको हो । सशस्त्र प्रहरीबाट ४५ जना र विपद् ब्यबस्थापन तालिम शिक्षालबाट ७ जना गोताखोरसहित २५ जना परिचालन भएको सशस्त्र प्रहरीबलका सह–प्रवक्ता शैलेन्द्र … Read more

मोरङको बेलबारीमा एउटै कुकुरले ९ जनालाई टोक्यो

विराटनगर । बिहीबार विहान मोरङको बेलबारीमा एउटा कुकुरले आतंक मचाएको छ । बिहान साढे ९ बजे बेलबारी नगरपालिका– १ र ३ नम्बरमा आतंका मच्चाउँदै ९ जनालाई टोकेको हो । घर वरपर काम गरिरहेका र बाटो हिँडिरहेकालाई कुकुरले लखेटीलखेटी टोकेको थियो । कुकुरले गाउँका केही घरपालुवा कुकुरलाई पनि टोकेको थियो । बेलबारी नगरपालिकाका प्रवक्ता टेकबहादुर राईका … Read more

फोहोरमा भेटाएको विष खाँदा चार वर्षीया बालिकाको मृत्यु

 गुल्मीमा मुसा मार्न प्रयोग गरिने विष सेवन गर्दा एक बालिकाको ज्यान गएको छ । जिल्लाको इस्मा गाउँपालिका १ ठाँटीकाचौरकी सपना सुनारकी चार वर्षीया छोरी प्रिन्सा सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मुसा मार्न प्रयोग हुने मलहम सेबन गर्दा सोही गाउँकी अर्की बालिका गम्भीर बिरामी भएकी छन् । बसन्धुरा सुनारकी पाँच वर्षीया … Read more