कर छली आशंकामा वीवाईडीसहितका ब्रान्डको कागजात हेरिँदै, एमजी पनि मुछियो

काठमाडौँ : राजश्व अनुसन्धान विभागले कर छली आशंकामा चिनियाँ विद्युतीय सवारी ब्रान्डलाई प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको छ ।राज्यले बजेटमार्फत दिएको छुटलाई दुरुपयोग गर्दै कर छली गरेको गोप्य सूचना पाएपछि विभागले चीनबाट आयातित सबैजसो विद्युतीय सवारी ब्रान्डमाथि छानबिन गरिरहेको हो ।‘चीनबाट नेपालमा आयात तथा बिक्री भइरहेका सबैजसो विद्युतीय सवारी ब्रान्डमाथि छानबिन गरिरहेका छौँ,’ अनुसन्धानमा संलग्न एक … Read more

कैलालीमा एक हजार बढी डेङ्गीका बिरामी

टीकापुर : गत वर्षका तुलनामा यस वर्ष कैलालीमा डेङ्गीका बिरामी वृद्धि भएका छन्। यस वर्ष एक हजार एक जना डेङ्गी सङ्क्रमित भएका छन् । गत वर्ष ४५५ जना डेङ्गीबाट सङ्क्रमित भएका थिए । टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले दिएको जानकारीअनुसार गत वर्ष धनगढीमा एक सय ७३, लम्कीचुहामा एक सय १३, बर्दगोरियामा ७२, टीकापुरमा … Read more

दाउन्नेका ५ ठाउँमा एकतर्फी यातायात

 दाउन्ने :पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्वको दाउन्नेमा हिलो र लेदोको कारण सवारी एकतर्फी सञ्चालन भएको छ । लगातारको वर्षाका कारण दाउन्ने डाँडाबाट खसेको हिलो र लेदोले सवारी चलाउन असहज भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी बेदबहादुर पौडेलले बताए । बुटवल-नारायणगढ सडक विस्तारका क्रममा कल्भर्ट निर्माणका लागि खनिएको डाइभर्सनका कारण पनि दाउन्नेमा लामो जाम भएको छ । … Read more

शैक्षिक गुणस्तर सुधार्न एभरेस्ट बैंकको २ लाख १० हजार सहयोग

अत्तरिया : निजी क्षेत्रको एभरेस्ट बैंकले धनगढी नगर प्रमुख शैक्षिक सुधार कोषमा आर्थिक सहयोग गरेको छ । विपन्न परिवारका बालबालिकाहरुको लागि विद्यालय पोसाक तथा पाठ्य सामग्री खरिदका लागि भनेर सो बैंकको धनगढी शाखाले मंगलबार २ लाख १० हजार रुपैयाँ नगर प्रमुख शैक्षिक सुधार कोषमा आर्थिक सहयोग गरेको हो । बैंकले धनगढी नगर प्रमुख शैक्षिक सुधार … Read more

कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु

धनगढी । कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–६ मा बा ५ ख १४१० नम्बरको बसले सुपप्र ०१–००१ प ४६५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार नन्दराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गोदावरी–८ बस्ने मोटरसाइकल चालक लेखकराज जोशी घाइते भएका छन् । उनको सेती … Read more

अविरल वर्षा हुँदा भोजपुरमा सडक भासियो

भोजपुर, असार २६- अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका– ३ मेस्पाङामा सडक भासिएको छ । भोजपुर –चखेवा सडक खण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो । कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएका टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले  बताउनुभयो । उक्त स्थानमा आज बिहान सडक भासिएको हो । “वर्षाका कारण मध्यपहाडी … Read more

निसर्ग अस्पतालमा युवती मृत्यु प्रकरणः डाक्टरलाई बर्खास्त, कारवाहीका लागि काउन्सिलमा सिफारिस गर्ने सहमति

धनगढी, धनगढीको निसर्ग अस्पतालमा युवतीको मृत्यु प्रकरणमा डाक्टर ओमप्रकाश भट्टलाई कारबाही गर्ने सहमति भएको छ। डाक्टर भट्टलाई निर्सग अस्पतालबाट बर्खास्त गर्ने, मेडिकल काउन्सिलमा कारबाही सिफारिसको लागि पत्र पठाउने र डाक्टरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने सहमति भएको हो। भट्टले गलत औषधी प्रयोग गर्दा धनगढी उपमहानगरपालिका १ की २२ वर्षीया लक्ष्मी जोशीको सोमबार राति मृत्यु भएको … Read more

मेसी बने अन्तर्राष्ट्रिय फूटबलका दोस्रो सर्वाधिक गोलकर्ता

काठमाडौं, अर्जेन्टिनाका कप्तान लियोनल मेसी अन्तर्राष्ट्रिय फूटबलका दोस्रो सर्वाधिक गोलकर्ता बनेका छन् ।अमेरिकामा जारी कोपा अमेरिकाअन्तर्गत बुधवार बिहान न्युयोर्कमा भएको खेलमा क्यानडाविरुद्ध गोल गर्दै उनले यो कीर्तिमान बनाएका हुन् । यससँगै अन्तर्राष्ट्रिय फूटबलमा मेसीको नाममा १०९ गोल भएको छ । उनले इरानका अली देईको कीर्तिमान बराबरी गरेका हुन् । मेसीले अर्जेन्टिनाका लागि १८६ खेल खेल्दै १०९ … Read more

श्रीमानले नेपालबाट केटी पठाउने, श्रीमतीले कतारमा ५ लाखमा बिक्री गर्ने

 काठमाडौं । वैदेशिक रोजगारीका लागि भन्दै श्रीमानले नेपालबाट केटी कतार पठाउने र कतारमा श्रीमतीले बेच्ने गरेको खुलेको छ ।मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ का ३२ वर्षीय ङेमा लामालाई पक्राउ गरेर अनुसन्धान गर्दा उक्त विषय खुलेको हो । ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्रका अनुसार कतार पठाउनका लागि नक्कली कागजातसमेत बनाउने गरेको खुलेको … Read more

उड्ने बेलामा विमानको पाङ्ग्रा फुस्किएपछि…

लस एन्जलस, युनाइटेड एयरलाइन्सको एउटा विमान भयानक दुघर्टनाबाट बचेको छ । लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्दै गर्दा सोमबार कम्पनीको एक विमानको एउटा पाङ्ग्रा फुस्किएको पाइयो ।हालैका महिनाहरूमा कम्पनीका विमानमा एक पछि अर्को गर्दै समस्याहरू आइरहेका छन् । अमेरिकाको सङ्घीय उड्डयन अधिकारीहरूले कम्पनीको विमानहरूमाथि सुरक्षा समीक्षा पनि गरिरहेका छन् । यसैबिच यो घटना भएको हो । सोमबार … Read more