सबै नेता उस्तै हुन् भन्ने भाष्य गलत हो : प्रधानमन्त्री दाहाल

जनतालाई भ्रमित तुल्याउने र समाजमा नकारात्मक भाष्य सिर्जना गर्न खोज्नेहरूले देश र जनताको भलो नचिताउने गरेको प्रधानमन्त्री पुष्पकमल दाहालले जिकिर गरेका छन्। नेपाल बुद्धिजीवी संगठनको छैटौं राष्ट्रिय सम्मेलनको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सिर्जनात्मक र सकारात्मक सोच सहित जनतामा आशा प्रवाह गरेर मात्र समाजलाई सही दिशातर्फ लैजान सकिने बताए। “सबै नेता उस्तै हुन्, यहाँ केही … Read more

चितवनको प्रजनन केन्द्रमा गोहीका २०३ बच्चा कोरलिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जको घडियाल गोही प्रजनन् केन्द्रमा दुई सय तीनवटा बच्चा कोरलिएका छन् । राप्ती नदीबाट सङ्कलन गरिएका दुई सय ४७ अण्डाबाट एक सय ९८ र प्रजनन केन्द्रमा रहेका अण्डाबाट पाँच गरी दुई सय तीन गोहीका बच्चा कोरलिएका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार राप्ती नदी किनारमा आठ गुँडबाट सङ्कलन गरिएका … Read more

विङ्गर दुर्घटना हुँदा ६ जना घाइते

धनगढीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ००१ ज ३९८ नम्बरको विङ्गर बनहरा पुल नजिक दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। विङ्गर दुर्घटना हुँदा ६ जना घाइते भएको प्रहरीले बताएको छ। घाइतेहरुको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको अत्तरिया प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

आगलागीबाट बुटवलको डेल्टा मार्टमा ५० करोडको क्षति भएको सञ्चालकको दावी

बुटवल : आगलागीले ध्वस्त भएको बुटवल उपमहानगरपालिका- ८ स्थित मिलनचोकमा रहेको डेल्टा मार्टमा करिब ५० करोड रुपैयाँ बराबरको क्षति भएको सञ्चालकले दावी गरेका छन्। मार्टका सञ्चालक घनश्याम पाठकले आगलागीबाट ५० करोड बढीको क्षति भएको बताए। बिहीबार साँझ ६ बजेदेखि लागेको आगो आठ घण्टापछि मात्र नियन्त्रणमा आएको थियो । विद्युत्त सर्ट भएर मार्टको चार तलामा आगो लागेको … Read more

मालढुंगा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द

पर्वत । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गतको मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न सुरु गरिएको छ । १३ किलोमिटर लामो मालढुङ्गा–बेनी सडकको मालढुङ्गा–फर्से ५ किलोमिटर खण्डमा मात्र कालोपत्र गरिने जोमसोमस्थित कालीगण्डकी करिडोर मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले जनाएको छ । पहिलो चरणमा यो खण्ड कालोपत्र गरिसकेपछि ७ किलोमिटर बाँकी रहने छ । सडक कालोपत्र गर्न १३ … Read more

मोटरसाइलकल दुर्घटनामा घाइते वडाध्यक्षको उपचारका क्रममा मृत्यु

दुर्घटनामा परी घाइते भएका उदयपुरको वेलका नगरपालिका-९ का वडाध्यक्ष ४४ वर्षीय पदम खड्काको उपचारका क्रममा मृत्यु भएको छ। काठमाडौंको नर्भिक अस्पतालमा वडाध्यक्ष खड्काको उपचारको क्रममा बिहीबार राति ११:५५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। गत जेठ ३० गते मोटरसाइकल दुर्घटनामा परेका खड्कालाई सुरूमा उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रष्तिष्ठान लगिएको थियो। टाउकोमा गम्भीर … Read more

मनसुन आयो, उपत्यकामा मेलम्चीको पानी ठप्प भयो

काठमाडौँ । आजदेखि काठमाडौँ उपत्यकामा मेलम्चीको खानेपानी बन्द हुने भएको छ । मेलम्ची खानेपानी विकास समितिका अनुसार बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै सुरुङको मूलद्वार बन्द गरिने भएको हो । मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको खतराका साथै नदी धमिलिन सक्ने भन्दै सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार … Read more

लागूऔषध प्रयोगकर्ताको संख्या बढ्दो

काठमाडौं । अवैध लागूऔषध प्रयोगकर्ताको तथ्यांक डरलाग्दो अवस्थामा छ । सहरीकरणको विस्तार, खुला सिमाना, वैदेशिक रोजगारीमा सहजतासँगै अवैध लागूऔषध प्रयोगकर्ता सहरमा मात्र नभइ गाउँ गाउँसम्म रहेको पाइएको छ । गृहसचिव एकनारायण अर्यालले २०७६ सालमा भएको लागुऔषध प्रयोगकर्ताको सर्वेक्षणबाट नेपालमा लागु औषध प्रयोग गर्नेको संख्या एक लाख ३० हजार चार सय २४ पुगेको रहेको भएपनि यो … Read more

स्वर्ण लक्ष्मी सहकारी ठगी गरेकोमा लामिछाने र राईविरुद्ध जोहरी दर्ता

काठमाडौँ – गैरकानुनी रुपमा स्वर्ण लक्ष्मी सहकारीबाट गोरखा मिडिया नेटवर्कमा रकम लगेको भन्दै छानबिनको माग गर्दै काठमाडौँ प्रहरी परिसरमा जाहेरी दर्ता भएको छ।गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिवी राई र तत्कालीन प्रबन्ध निर्देशक एवं हालका गृहमन्त्री रवि लामिछानेविरुद्ध हुलाकमार्फत युवराज पौडेलले जोहरी दर्ता गएका हुन्। लाकमार्फत पठाएको जोहरी बुधबार दर्ता भएको निस्सा आफूले पाएको पौडेलले जानकारी … Read more

भारतमा विषाक्त मदिरा पिउँदा ३४ जनाको मृत्यु

मुम्बई– भारतमा विषाक्त अवैध रक्सीको सेवनबाट ३४ जनाको ज्यान गएको साथै एक सयभन्दा बढीलाई अस्पताल भर्ना गरिएको तमिलनाडु राज्यका अधिकारीले जानकारी दिएका छन् । स्थानीय रूपमा उत्पादन गरिएको उक्त पेय पदार्थ घातक मिश्रण विषाक्त मेथानोलले भरिएको मुख्यमन्त्री स्टालिनलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् । घटनासँग दोषी भनिएका आरोपितलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको मुख्यमन्त्री स्टालिनले बताए। अपराधले समाजलाई बर्बाद … Read more