जलेश्वर नगरपालिकाको कार्यवाहक प्रमुख र उपप्रमुख तोकियो

जनकपुरधाम । महोत्तरीको जलेश्वर नगरपालिकाका लागि कार्यवाहक प्रमुख र उपप्रमुख चयन गरिएको छ । प्रमुख र उपप्रमुख भ्रष्टाचारमा मुछिएर निलम्बनमा परेपछि कार्यपालिका बैठकले वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र यादवलाई कार्यवाहक प्रमुख र वडा नं. ३ का अध्यक्ष रत्तन चौधरीलाई उपप्रमुख चयन गरेको हो ।बुधवार बसेको कार्यपालिका सदस्यहरूको बैठकबाट बहुमतीय प्रणालीले चयन गरेको प्रमुख प्रशासकीय … Read more

दुई देशबीचका सन्धि सम्झौता कार्यान्वनबारे मोदीसँग कुरा भयो : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्रीसँग विगतमा दुई देशबीच भएका सन्धि र सम्झौताको प्रभावकारी कार्यान्वयनबारे छलफल भएको बताएका छन् ।दुई देशबीचका सन्धि सम्झौता कार्यान्वनबारे मोदीसँग कुरा भयो : प्रधानमन्त्री भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन गएका प्रधानमन्त्री दाहालले त्यस क्रममा भारतीय राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र अन्य क्षेत्रका व्यक्तिहरूसँग भएका छलफलबारे बताएका … Read more

चार चेपाङलाई सहिद घोषणा गर्न माग

काठमाडौँ । प्रतिनिधि सभा सदस्य ज्ञानु बस्नेत सुवेदीले चार जना चेपाङलाई सहिद घोषणा गर्न माग गरेकी छन् ।बिहीबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद सुवेदीले २०३४ सालमा चितवनको जुगेडीमा कम्युनिस्ट पार्टीको नेतृत्वमा चेपाङ किसानहरूको सहभागितामा स्थानीय सामन्तविरुद्ध भएको विद्रोहमा तत्कालीन पञ्चायती शासकहरूको दमनबाट दशरथ चेपाङ, सन्तबहादुर चेपाङ,नन्दलाल चेपाङ र रुद्रबहादुर चेपाङको मृत्यु भएपनि सरकारले … Read more

संसद्मा सुहाङको माग: इलाम जिल्ला अस्पताललाई पुनर्निमान गरेर दक्ष चिकित्सक पठाईओस्

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले इलाम जिल्ला अस्पतालमा दरबन्दीअनुसारका डाक्टर नभएको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् ।बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सुहाङले इलामको एकमात्र सरकारी अस्पतालको रुपमा रहेको जिल्ला अस्पताललाई सुविधा सम्पन्न बनाउन माग गरे ।‘नेपालको संविधानले स्वास्थ्यको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरेको छ । तर, इलामका जनताले त्यो हकको बारेमा … Read more

ओलीज्यू हिम्मत भए समिति बनाएर गिरीबन्धुको फाइल खोल्नुस् : विश्वप्रकाश

काठमाडौं : नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गिरीबन्धु टिस्टेटको जग्गामा काँग्रेसले कमिसन खाएर बेचेको आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। बिहीबार काठमाडौंमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले ०५२ सालमा एमालेकै सरकार रहेको, … Read more

ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध

लमजुङ । पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइका अनुसार खरखरेभिरमा सडक माथिबाट एउटा ठूलो ढुङ्गासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोही … Read more

रतुवा खोलाले बगाएका पुरूषको मृत्यु

झापामा रतुवा खोलाले बगाउँदा एक जना पुरूषको मृत्यु भएको छ। दमक नगरपालिका वडा नम्बर ७ स्थित रतुवा पुल छेउमा अन्दाजी ५३ वर्षीय पुरूषलाई खोलाले बगाएर ल्याएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्ण चन्दले जानकारी दिए। उनका अनुसार बगाएर ल्याउँदै गरेको देखेपछि स्थानीयले खोलाबाट निकालेका थिए। निकालेर हेर्दा ती पुरूषको मृत्यु भइसकेको डिएसपी चन्दले बताए। मृतकको सुरूमा … Read more

पश्चिम एसियाको रैथाने चरो देखियो भक्तपुरमा

भक्तपुर । युरोप, दक्षिण तथा पश्चिम एसियाको रैथाने पन्छी ‘लेसर ग्रे स्राइक’ पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको छ । तापक्रम वृद्धिसँगै गर्मी भेगमा मात्रै हुने यो पन्छी असार लागेपछि भक्तपुरको मनोहरास्थित मिनि कोशी टप्पुमा भेटिएको चरा अन्वेषणकर्ता सञ्जय थाश्रेष्ठले जानकारी दिए । उनले काठमाडौँ उपत्यकामा पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको बताए । पन्छी पथ प्रदर्शक शङ्कर तिवारीले … Read more

सर्लाहीमा रोकिराखेको लरीमा बस ठोक्कियो, तीन जनाको मृत्यु

सर्लाहीको बागमती नगरपालिकास्थित रायमाझी चोकमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । रुपन्देहीबाट जनकपुर आइरहेको बस दुर्घटना भएको हो । बिहीबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत बागमती नगरपालिका–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रुबाहक बस ठोक्किँदा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० … Read more

दलित विद्यार्थीलाई स्नातक तहमा छात्रवृत्ति

झापाको कमल गाउँपालिकाले पालिकाभित्रका स्नातक तहमा अध्ययनरत दलित समुदायका १७ विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरेको छ । गाउँपालिकाभित्र स्थायी बसोबास गरी विभिन्न शिक्षण संस्थामा उच्च शिक्षा हासिल गरिरहेका दलित समुदायका ती विद्यार्थीको उच्च शिक्षा अध्ययनमा निरन्तरताका लागि छात्रवृत्तिबापत तीन लाख वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षदेखि सो कार्यक्रम सञ्चालनमा ल्याइएको जनाइएको छ । गाउँपालिकाको … Read more