नाबालकसहित एकै परिवारका तीन जना मृत फेला

दमक,  झापाको शिवसताक्षी नगरपालिका वडा नं ३ मा एकै परिवारका तीनजना मृत अवस्थामा भेटिएका छन् । शुक्रबार बिहान ३० महिनाको नाबालकसहित तीन जना आफ्नै घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णुकमार चन्दले जानकारी दिनुभयो । उहाँले घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको जानकारी दिनुभयो । वैदेशिक रोजगारका लागि विदेशमा रहेका सुजन बेस्राकी … Read more

कुवेत आगलागीमा ज्यान गुमाएका ४५ भारतीयको पार्थिव शरीर स्वदेश फिर्ता

कुवेतको श्रम आवासमा आगलागी हुँदा ज्यान गुमाएका ४५ जना भारतीय नागरिकको पार्थिव शरीर बोकेको भारतीय विशेष वायुसेना विमान शुक्रबार बिहान कोच्चिका लागि उडेको कुवेतस्थित भारतीय दूतावासले जनाएको छ। “कुवेतमा आगलागीको घटनामा ज्यान गुमाएका ४५ जना भारतीयको पार्थिव शरीर बोकेको विशेष आईएएफ विमान कोच्चिका लागि उडेको छ“, भारतीय दूतावासले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गरायो । “ … Read more

बाथरूममा मृत अवस्थामा भेटिए अभिनेता प्रदीप के विजयन

दक्षिण भारतीय अभिनेता प्रदीप के विजयनको निधन भएको छ। उनको शव उनकै घरको बाथरूममा फेला परेको हो। भारतीय सञ्चारमाध्यमका अनुसार उनका साथी पछिल्लो २ दिनदेखि उनलाई फोन गर्ने कोसिस गरिरहेका थिए। उनको फोन नउठेपछि साथीहरूले पुलिसलाई जानकारी दिएका थिए। हाल पुलिसले प्रदीपको शवलाई पोस्टमार्टमको लागि सरकारी अस्पतालमा पठाएको छ। प्रहरीका अनुसार उनलाई सास फेर्न समस्या … Read more

१५ वर्षीया किशोरीलाई पटक-पटक बलात्कार गरेको आरोपमा १ जना पक्राउ

भक्तपुरमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका- ६ नगरकोटका ३८ वर्षीय कृष्णबहादुर तामाङ छन् । उनलाई बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तामाङले ती किशोरीलाई २०८० चैतदेखि पटक-पटक र पछिल्लोपटक २०८१ जेठ १२ गते दिउँसो भक्तपुर नगरपालिका- १ दूधपाटीस्थित न्यू भक्तपुर गेष्ट हाउसमा लगेर बलात्कार गरेका थिए । ललाई … Read more

टिकटक खुलाउन सांसद अशिम शाहको माग, साना व्यवसायीले गरेको घरेलु व्यवसाय विस्थापित भएको भनाइ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम शाहले टिकटकमाथि सरकारले लगाएको प्रतिबन्ध हटाउन माग गरेका छन् । हिजोका दिनमा ९० लाखले टिकटक चलाइरहेको अवस्थामा सरकारले बन्द गरे पनि भीपीएनमार्फत अहिले पनि ५० लाखले चलाइरहेको अनौपचारिक तथ्याङ्क रहेको उनले सुनाए । शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद शाहले टिकटक खोल्न माग गरे । उनले भने– ‘हिजोका दिनमा ९० … Read more

भत्ता नपाएको भन्दै संघीय संसद सचिवालयका कर्मचारीहरु आन्दोलित

 संघीय संसद सचिवालयका कर्मचारीहरु आन्दोलित भएका छन् । अतिरिक्त समयमा गरेको कामको प्रोत्साहन भत्ता नपाएको लगायत ११ बुँदे माग राखेर उनीहरु आन्दोलित भएका हुन् । शुक्रबार उनीहरुले पाखुरामा कालोपट्टी बाँधेर काम गरेका छन् । आफूहरुको माग सम्बोधन नभए आगामी असार दुई गते थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनीहरुको चेतावनी छ ।  

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, सडकमा शव राखेर राजमार्ग अवरुद्ध

पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारीमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । गाउँपालिका-९ स्थित ढकेरीमा गएराति टिपरले मोटरसाइकललाई ठक्कर दिँदा युवाको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् । टिपरको ठक्करबाट राप्तीसोनारी ९ स्थित ढकेरीमा मोटरसाइकल चलाइरहेका राप्तीसोनारी गाउँपालिका-८ का अन्दाजी ३५ वषीय लोकेन्द्र विष्टलाई ठक्कर दिँदा विष्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् … Read more

सुनको भाउ चार सय रुपैयाँले घट्यो

काठमाण्डौ – सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको छ । हिजो स्थिर रहेको सुनको भाउ आज चार सय रुपैयाँले घटेर तोलाकाे एक लाख ४१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ४१ हजार छ सय रुपैयाँ रहेको थियो । यस्तै आज … Read more

दाङमा बस र हाईस गाडी ठोक्किदा तीन यात्रु घाईते

दाङ-दाङस्थित पूर्व पश्चिम राजमार्गमा बस र हाईस गाडी ठक्कर खाँदा तीन जना यात्रु घाईते भएका छन्।  लमही नगरपालिका–३ बनगाउँमा पुर्बबाट पश्चिमतर्फ छुटेको बा.प्र.०–३००१ ख १९६७ नं.को बस र बिपरित दिशा तर्फ जादै गरेको गण्डकी प्रदेश एफएए–०१०५ नं.को हाईस ठोक्किदा दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक प्रकाश भुसालले जानकारी दिए । नवलपरासी रामग्राम नगरपालिका–१६ … Read more

कांग्रेसले प्रचण्डलाई सोध्यो- जवाफ दिन डराएर सदनबाट भाग्नुभएको हो ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेले कांग्रेस नेतामाथि लगाएको आरोप सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ माग गरेको छ । कांग्रेसले भारत भ्रमणको सम्बन्धमा समेत प्रधानमन्त्रीको जवाफ माग गरेको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसद्को आगामी बैठकमा प्रधानमन्त्रीको जवाफका लागि रुलिङ गर्न सभामुखसँग … Read more