भन्सार छलीको कपडा र मोटरसाइकलसहित युवक पक्राउ

भारतबाट अवैध रूपमा भन्सार छली गरेर ल्याइएकोे लत्ताकपडा र दुईवटा मोटरसाइकलसहित एक युवकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान गोलबजार नगरपालिका–६ गुम्बाचोक नजिकै सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाको गस्ती टोलीले उक्त सामानसहित २२ वर्षीय रामकुमार यादवलाई पक्राउ गरेको हो । यादव सुखीपुर नगरपालिका–७ सिसवा निवासी हुन् । उनीसँगै रहेका अर्का मोटरसाइकल … Read more

महानगर समितिको आयोजनामा कार्यक्रम सम्पन्न

२१ भदौ, काठमाडौ नेपाल राष्ट्रिय शिक्षक संगठन ललितपुर महानगर समितिले महानगर स्थरिय आधारभूत तहको हाजिरजवाफ प्रतियोगिता सम्पन्न गरेको छ। ललितपुर महानगरका शिक्षा महाशाखा निर्देशक देवी प्रसाद उपाध्यायको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा हाजिर जवाफ तर्फ ब्राइट फ्युचर मा. वि.प्रथम भएको थियो। यसै गरि क्रमश आदर्श सौल युवक मा. वि. र वाल बिनोद मा वि द्धितिय र … Read more

राम्रो शिक्षा लिन विदेश नै जानुपर्छ भन्ने धारणा अब हटिसकेको छः उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राम्रो शिक्षाका लागि विदेश नै जानुपर्छ भन्ने धारणा अब हटिसकेको बताउनुभएको छ । उहाँले नेपालमै उत्कृष्ट शिक्षा लिन सकिने बताउनुभयो । डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “यहाँका विद्यार्थी केबल शिक्षित मात्र होइन, सक्षम, दक्ष र प्रतिस्पर्धी पनि छन् । स्वदेशमै उत्कृष्ट शिक्षा … Read more

नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्स् राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्वमा चिनाउने प्राचीन र ऐतिहासिक धरोहर, कला, संस्कृति र सम्पदाको संरक्षण तथा विकासलाई सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । नेपाल कला परिषद्द्वारा आयोजित नेपाल कला तथा संस्कृति महोत्सव २०८२ अन्तर्गत चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै उहाँले लोकतान्त्रिक शासन प्रणालीमा प्राप्त अवसरको उपयोग गरी हाम्रा भाषा, कला र संस्कृतिको विकास, विस्तार र संरक्षणमा … Read more

ब्लक गरियो फेसबुकको वेब संस्करण

नेपालमा फेसबुक यूआरएल बन्द गरिएको छन् । सूचीकृत नभएका सामाजिक सञ्जाल निस्क्रिय बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले इन्टनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएसँगै बिहीबार रातीदेखि नै फेसबुकको वेब ठेगानाहरूमा पहुँच रोकिएको छ । इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था आइस्पनका प्रमुख कार्यकारी अधिकृत सुभास खड्काले सरकारको निर्देशनपछि यूआरएल ब्लक गर्ने कार्य सुरु भइसकेको पुष्टि गरे । नेपालमा दर्ता … Read more

नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह्

नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले आज दर्ज्यानी चिन्ह् लगाउनुभएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले उहाँलाई दर्ज्यानी चिन्ह लगाइदिनुभएको हो । सो अवसरमा गृहसचिव दुवाडीले सरकारले क्षमता, कार्यदक्षता, जेष्ठतालगायत आधारमा प्रहरीको सर्वोच्च पदमा खापुङलाई नियुक्त गरी जिम्मेवारी प्रदान गरेको बताउनुभयो । मुलुकमा शान्ति, सुव्यवस्था र सुुशासन कायम गर्न, अपराध नियन्त्रण गर्न … Read more

आज नेपाल रेडक्रसको स्थापना दिवस मनाइँदै

‘मानवताको पक्षमा’ भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी (नेरेसो)को स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ। नेपाल रेडक्रस सोसाइटी विश्व रेडक्रस अभियानको अभिन्न अङ्गको रूपमा २०२० सालमा आजकै दिन स्थापना भएको थियो । नेपाल रेडक्रसले देशभरि मानवीय सेवाका विविध कार्य गर्दै आइरहेको छ । नेपालको सबैभन्दा ठूलो मानवीय संस्थाको रूपमा रहेको यस सोसाइटीका करिब … Read more

चाडपर्वलाई मध्येनजर गर्दै व्यावसायिक सचेतना अभियान

नजिकिँदै गरेका चाडपर्वलाई मध्यनजर गर्दै नेपालगञ्जमा व्यावसायिक सचेतना अभियान सुरु गरिएको छ । चाडपर्वमा हुनसक्ने कालोबजारी, मूल्य वृद्धि र गुणस्तरहीन खाद्यवस्तुको बिक्रीलाई निरुत्साहित गर्न यसवर्ष नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले सचेतना अभियान सञ्चालन गरेको हो । सङ्घका अध्यक्ष टङ्क धामीले व्यवसायीलाई कानुनद्वारा तोकिएको सीमामा रहेर जिम्मेवारीपूर्वक व्यवसाय गर्न आग्रह गर्दै आतङ्कित पार्नेगरी नभई सचेतना जागरण गर्ने … Read more

थोरै वर्षामा विद्यालय परिसर जलमग्न हुँदा पठनपाठनमा समस्या

शुक्लाफाँटा नगरपालिका–४ असैनास्थित कालिका माध्यमिक विद्यालयमा बिहान घण्टी बज्नेबित्तिकै विद्यार्थी सरस्वती बन्दना वा पिटी कवाज गर्न नपाइ सीधा कक्षा कोठामा प्रवेश गर्छन् । शिक्षकले पनि कक्षाभित्रै हाजिरी गरी पठनपाठन सुरु गर्ने गरेका छन् । विद्यालय परिसर वर्षा लागेसँगै जलमग्न र हिलाम्मे हुने भएकाले विद्यार्थीलाई बाहिर लामबद्ध गर्ने गतिविधि गर्न नसकिने अवस्था छ । करिब चार … Read more

नेपालसँग श्रम सम्झौता भएका देशहरूमा हुलाक सेवा सम्झौता गर्नुपर्छ : सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालसँग श्रम सम्झौता भएका देशहरूमा अनिवार्य रूपमा हुलाक सेवा सम्झौता गर्नुपर्ने बताउनुभएको छ । हुलाक सेवा विभागले आज यहाँ आयोजना गरेको वार्षिक प्रगति समीक्षामा उहाँले हुलाकको व्यावसायिक सम्भावना ‘पार्सल डेलिभरी’ भएको बताउँदै विदेशमा रहेका नेपालीसम्म यो सेवा विस्तार गर्न श्रम सम्झौता भएका देशमा हुलाक पुग्नुपर्नेमा जोड दिनुभयो । … Read more