विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत हुने

अध्यागमन विभागले ‘भिजिट भिसा’मा आउने विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत गर्ने भएको छ । विभागले विदेशी नागरिक दर्ता तथा अनुगमन (ट्रयाकिङ ) प्रणाली लागू गर्नेसम्बन्धी सूचना आज जारी गरेको हो । विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले नयाँ प्रणालीको विकास गरिएको विभागका महानिर्देशक रामचन्द्र … Read more

महिलाको सीपलाई बजारसँग जोड्दै‘वुमन इन्टरप्रेनर्स ग्यालरी’

विराटनगरको सहिद रड्गशाला नजिक सानो घर जहाँ भीडभाड भइरहन्छ । घरको भुइँतलाको कोठामा कोशी प्रदेशका महिला उद्यमीहरूले आफ्नो सीप प्रयोग गरेर बनाएका विभिन्न सामग्री कलात्मक ढड्गले सजाएर राखिएका छन् । उक्त कोठामा त्यस्ता सामग्रीमात्र होइन, महिलाको सङ्घर्ष, सिर्जनशीलता र उद्यमशीलताको कथासमेत सजिएको महसुस हुन्छ । त्यो हो– ‘वुमन इन्टरप्रेनर्स ग्यालरी’ जुन महिला उद्यमी सङ्घ नेपाल … Read more

रुख कटान आदेश नहुँदा प्रसारण लाइन निर्माणमा ढिलाइ

डिभिजन वन कार्यालय म्याग्दीले रुख कटान आदेश नदिँदा डाँडाखेत–राहुघाट प्रसारणलाइन आयोजनाको निर्माणमा ढिलाइ भएको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको हालसम्म ८० प्रतिशत भौतिक प्रगति भएको छ । सन् २०२५ को नोभेम्बर १६ सम्म काम सक्नेगरी ठेक्का सम्झौता भएको थियो । प्रसारण लाइनको ‘राइट अफ वे’ र टावर रहने २५ दशमलव … Read more

ललितपुर महानगरप्रमुख महर्जन ‘एक्सिलेन्स अर्वान गभर्नेन्स अवार्ड’बाट सम्मानित

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन ‘एक्सिलेन्स अर्वान गभर्नेन्स अवार्ड’बाट सम्मानित हुनुभएको छ । सिजन मिडियाको १७औँ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित एसियाली मुलुकमा विभिन्न पेसामा उत्कृष्ट काम गरिरहेका राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्यक्तित्वको सम्मान कार्यक्रममा आधुनिक विकास र सांस्कृतिक संरक्षणबीच सन्तुलन कायम गर्न नेतृत्व गर्नुभएकाले महर्जनलाई उक्त अवार्ड प्रदान गरिएको हो । ललितपुरलाई बस्नयोग्य सम्पदामैत्री सहरका रूपमा … Read more

भदौ २२ गते आइतबार खग्रास चन्द्रग्रहण

भाद्र शुक्ल पूर्णिमाका दिन यही भदौ २२ गते आइतबार खग्रास (पूरै ढाकिने)चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले भदौ २२ गते राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । राति ११ः५६ मा चन्द्रग्रहणको मध्य हुनेछ । राति ०१ः४१ बजे ग्रहण सकिने समितिका पूर्वअध्यक्ष … Read more

चाडबाड नजिकिँदै गर्दा तरकारीको मूल्य आकासियो

एकपछि अर्को चाडवाड नजिकिँदै गर्दा महोत्तरीका बजारमा तरकारीको मूल्य आकासिँदै गएको छ । साउनको नागपञ्चमीयता बजारमा हरिया सागसब्जीको मूल्य आकासिएको उपभोक्ताले बताएका छन् । साउन मध्यसम्म रु ३५ प्रतिकिलो पाइएको पुरानो स्थानीय आलु ५० पुगेको छ । पहाडबाट झारिएको आलु त रु ७० प्रतिकिलो पुगेको बर्दिबास–२ बुद्धचोककी गृहिणी गायत्री आचार्य बताउनुहुन्छ । यसैगरी भन्टा प्रतिकिलो … Read more

कृत्रिम गर्भाधानले दूध उत्पादन बढाउँदै

पछिल्लो समय बागलुङमा कृत्रिम गर्भाधानमा पशुपालक किसान आकर्षित भएका छन् । दूधको उत्पादन तीन गुण बढ्न थालेपछि किसान कृत्रिम गर्भाधानतर्फ अघि बढेका छन् । आर्थिक वर्ष २०८१/८२ मा अस्पताल तथा गर्भाधान केन्द्रमा पुगेर एक हजार चार सय ५२ गाई र एक हजार ९१ भैँसी गरी दुई हजार पाँच सय ४३ पशुमा कृत्रिम गर्भाधान गरिएको भेटेरेनरी … Read more

सशस्त्र प्रहरी बल नं १ बराहबाहिनीको सुरक्षा सम्मेलन

सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनीको प्रथम बाहिनी सुरक्षा सम्मेलन सम्पन्न भएको छ । चाडपर्वलाई लक्षित गरी सुरक्षा सतर्कता र समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपाल नं १ बराह बाहिनी मुख्यालयमा सुरक्षा सम्मेलन गरिएको सशस्त्र प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक ९एसएसपी० सुधीर जङ्ग थापाले जानकारी दिनुभयो । सम्मेलनमा कोसी प्रदेशको समग्र शान्तिसुरक्षाको … Read more

उपनिर्वाचनका आकांक्षी रविलाई भेट्न नख्खु पुगे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न उपनिर्वाचनका आकांक्षाहरू ललितपुरस्थित नख्खु कारागार पुगेका छन् । रुपन्देही(३ को उपनिर्वाचनका लागि रास्वपा का आकांक्षाहरु पार्टीले उम्मेदवार घोषणा गर्नुअघि सभापति रवि भेट्न नख्खु कारागार पुगेका हुन् । लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । भैरहवा कारागारमा रहेका उनलाई केही समयअघि मात्रै नख्खु सारिएको थियो ।

यसवर्षको पद्मश्री साहित्य पुरस्कार‘छालबाटो’लाई

खेमलाल हरिकला लामिछाने प्रतिष्ठानद्वारा स्थापित यस वर्षको पद्मश्री साहित्य पुरस्कार स्रष्टा रमेश भुसालको संस्मरणात्मक कृति ‘छालबाटो’लाई अर्पण गरिने भएको छ । प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले प्रतिष्ठानलाई प्राप्त नेपाली साहित्यका दुई सय तीनवटा पुस्तकमध्ये गत असार १५ गते विस्तारित सूची र साउन १५ गते उत्कृष्ट संक्षिप्त सूची प्रकाशित भएकामा ती कृतिमध्ये पुरस्कार चयन समितिको सिफारिसअनुसार ‘छालबाटो’लाई … Read more