दसैँका लागि नयाँ नोट २९ गतेदेखि साटिने

दसैँका लागि नयाँ नोट (सुकिला नोट) यही भदौ २९ गतेदेखि साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट साट्न पाइने जानकारी गराएको हो । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार विभागको थापाथलीस्थित कार्यालयका साथै प्रदेश कार्यालयहरू विराटनगर, जनकुपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट … Read more

दुई हजार १२० घरमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार

लघुजलविद्युत्को भरमा हरेका बागलुङका ग्रामीण क्षेत्रमा धमाधम केन्द्रीय प्रसारण लाइन विस्तार गर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरण बागलुङ शाखाले पछिल्लो एक वर्षमा यस वर्ष दुई हजार १२० घरमा केन्द्रीय प्रसारण लाइन विस्तार गरेको छ । वर्षौँदेखि लुघजलविद्युत् आयोजनामार्फत विद्युत् प्रयोग गर्दै आएका क्षेत्रमा केन्द्रीय लाइन विस्तार गरिएको हो । जिल्ला सदरमुकाम आसपास क्षेत्रमा केन्द्रीय … Read more

प्रधानमन्त्री ओलीको सम्बोधनमा सबै सांसदलाई बैठकमा उपस्थित हुन सभामुखको आग्रह

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा सम्बोधन गर्नुहुने भएकाले सबै सांसदलाई बैठकमा उपस्थित हुन आग्रह गर्नुभएको छ । ‘भिजिट भिसा’लगायत प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू बैठक छाडेर बाहिरिने गरेपछि आज प्रधानमन्त्री ओलीको सम्बोधनमा बसिदिन आग्रह गर्नुभएको हो । सभामुख … Read more

नगरपालिका र गाउँपालिकामा निमित्त प्रमुख शून्य

स्थानीय तह पुनःसंरचनापश्चात् पहिलोपटक देशभरका नगरपालिका तथा गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको सङ्ख्या शून्यमा झारिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार यसअघि १०५ नगरपालिका र ८६ गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतले सञ्चालन गरेका थिए । सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेका अनुसार सम्पूर्ण स्थानीय तहमा दरबन्दीअनुरुप प्रमुख प्रशासकीय अधिकृत खटाइएकाले पूर्ण जिम्मेवारीसहितको प्रशासनिक नेतृत्व … Read more

राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा ईश्वरीदेवी न्यौपाने निर्विरोध चयन हुनुभएको छ । उहाँ नेपाली कांग्रेसको समानुपातिक सांसद हुनुहुन्छ । समितिका ज्येष्ठ सदस्य सर्वेन्द्र नाथ शुक्लाको अध्यक्षतामा आज बसेको बैठकमा उहाँलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो । समितिका यसअघिका सभापति पदमा कांग्रेसका रामहरि खतिवडाले राजीनामा दिनुभएपछि रिक्त सभापति पदमा न्यौपानेको मात्र उम्मेदवारी … Read more

‘सङ्घ–संस्था ऐन, २०८२’ सम्बन्धी विधेयकमाथि छलफल चलाउन बारको माग

नेपाल बार एसोसिएसनले ‘सङ्घ–संस्था ऐन, २०८२’सम्बन्धी विधेयकमाथि सरोकारवाला पक्षहरूहरुसँग छलफल गरी आवश्यक परिमार्जनसहित विधायन प्रक्रिया अघि बढाउन माग गरेको छ । महासचिव केदारप्रसाद कोइरालाले आज जारी गरेको प्रेस विज्ञप्तिमा सङ्घ–संस्था दर्ता, नियमन तथा व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकका सन्दर्भमा सार्वजनिक सुझाव तथा प्रतिक्रियाका लागि नेपाल सरकार, गृह मन्त्रालयबाट जारी सार्वजनिक सूचनाउपर ध्यानाकर्षण … Read more

मुलुकी संहिता, कानुनको पालना र न्यायालयको भूमिका

अहिलेको सरकारले कानुन कार्यान्वयनको सन्दर्भमा अनुभव गरिएका कुराहरूको आधारमा कमीकमजोरीहरू हटाउने र कानुनलाई अझ समृद्ध बनाउने ढङ्गले कानुन संशोधनसम्बन्धी अनेक प्रयास अगाडि बढाइरहेको छ । नयाँ कानुनहरूको पनि निर्माण गरिरहेको छ र पुराना कानुनहरूलाई पनि आवश्यक संशोधन परिमार्जन गर्न अगाडि बढिरहेको छ । हामीले थुप्रै विधेयकहरु यसै अधिवेशनबाट पनि पारित गरेका छौँ, संशोधन गरेका छौँ … Read more

पासवानको अवस्था गम्भीर, काठमाडौं पठाइयो

रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपीमा प्रकाउ परेका लक्ष्मण पासवानको अवस्था गम्भीर रहेको छ । प्रेमिका हत्यापछि आफू पनि जलेर मर्ने प्रयास गरेको अवस्थामा भेटिएका पासवानको अवस्था गम्भीर भएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको हो । भदौ ७ गते प्रेमिका रुबी साह हत्या प्रकरणमा संलग्न रहेका मुख्य आरोपी पासवानलाई गरुडास्थित बेटर नेपाल … Read more

उच्च अदालतमा रवि लामिछानेको निवेदन

सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा निवेदन दिएका छन्। आफ्नो भागको बिगो बराबर धरौटी बुझाउँदा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि लामिछानेले सोमबार उच्च अदालतमा निवेदन दिएका हुन्। उनको निवेदनमा आगामी बुधबार (११ भदौ) मा पेसी तोकिएको छ।

तीज महिला मुक्ति र परिवर्तनको पर्वः कुलपति राई

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले तीजलाई महिला मुक्ति र परिवर्तनको पर्वका रुपमा मनाउनुपर्ने बताउनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान सामाजिकशास्त्र विभाग तथा प्रतिष्ठानका क्रियाशील ट्रेड युनियनहरूको सहभागितामा आयोजित तीज विशेष कार्यक्रममा कुलपति राईले दिदीबहिनीहरुलाई विभेदको अन्त्यसँग जोडेर तीज मनाउन आग्रह गर्दै तीज महिलाहरूले आफ्ना जीवन भोगाइका व्यथा, कठिनाइ, सुख दुःख र आत्मीय क्षणलाई प्रस्फुटन गर्ने माध्यम … Read more