घेराबन्दीमा परेका प्रचण्डको छटपटी हेर्न लायक छः महेश बस्नेत

नेकपा एमालेका नेता महेश बस्नेतले प्रचण्ड आफै विप्लवको घरमा पुगेर गरेको भेटघाटलाई छटपटीको संज्ञा दिएका छन्। प्रचण्ड र विप्लवको भेटघाटको तस्बिर सार्वजनिक गर्दे बस्नेतले यस्तो प्रतिक्रिया दिएका हुन । ‘जनार्दन शर्माको खुलेआम चुनौतीबिच प्रचण्ड आफैँ विप्लवको घर पुगेर महासचिव बन्न प्रस्ताव गरे भन्ने समाचार आयो। यो उनको छटपटीको सङ्केत हो,’ बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्। … Read more

राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति सुआनको शिष्टाचार भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति वो थि आन्ह सुआनले आज शिष्टाचार भेट गर्नुभयो । राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा राष्ट्रपति पौडेलले नेपाल र भियतनामबीच व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरणका क्षेत्रमा द्विपक्षीय आर्थिक सम्बन्ध प्रगाढ बनाउने धेरै सम्भावना रहेको बताउनुभएको थियो । “यसका लागि द्विपक्षीय सहकार्यलाई तीव्रता दिन … Read more

वीरगञ्जमा समुदायस्तरमै फैलियो हैजा, अहिलेसम्म ७९ जना सङ्क्रमित फेला

वीरगञ्ज महानगर क्षेत्रमा समुदायस्तरमा नै हैजाको सङ्क्रमण फैलिए पनि अहिलेसम्म हैजाको स्रोत भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । गत शुक्रबारदेखि वीरगञ्जका विभिन्न वडामा हैजाका सङ्क्रमित बिरामी भेटिँदै आइरहेका छन् । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगञ्जमा ७९ जना हैजाका सङ्क्रमित बिरामी फेला पारेको जानकारी दिनुभयो । “आइतबार बेलुका ८ः०० बजेसम्म हैजाका … Read more

जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने

नेपाल राष्ट्र बैंकले जग्गा विकास र भवन निर्माणसँग सम्बन्धित फर्म वा कम्पनीलाई प्रवाह गरेको कर्जाको पुनर्तालिकीकरण वा पुनः संरचना गर्न पाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशिकाअनुसार आगामी असोज मसान्तभित्र ऋणको पुनः संरचना गरिसक्नुपर्ने छ । त्यस्तो कर्जालाई आगामी चैत्र मसान्तमा जुन वर्गमा वर्गीकरण गरिएको थियो कम्तीमा … Read more

दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान

गोरखाका पशुपालक किसानलाई दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान उपलब्ध गराइने भएको छ । भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गोरखाले उत्पादनका आधारमा किसानलाई प्रति लिटर रु ५ अनुदान उपलब्ध गराउने गरी बजेट विनियोजन गरेको केन्द्रका प्रमुख वरिष्ठ पशु चिकित्सक डा अनन्त कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८२÷८३ का लागि दूधमा अनुदान … Read more

नेपाल र भियतनामबीचको सम्बन्ध अझ प्रगाढ बनाउन छलफल

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीचको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध अझ प्रगाढ बनाउँदै लैजाने विषयमा छलफल भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा दुई देशबीच रहँदै आएको समस्यारहित सम्बन्धलाई अझ प्रगाढ बनाउन दुवै नेताहरूले अनुभव आदानप्रदान गर्नुका साथै सम्बन्ध विस्तारका विविध … Read more

‘समता काव्य सन्ध्या’को ३८४औँ शृङ्खलामा मोतीजयन्ती विशेष गजल वाचन

पोखरेली युवा सांस्कृतिक परिवारले नियमित रूपमा सञ्चालन गर्दै आइरहेको ‘समता काव्य सन्ध्या’को ३८४औँ शृङ्खलामा मोतीजयन्ती विशेष गजल वाचन गरिएको छ । कार्यक्रममा नेपाल सङ्गीत नाट्य प्रज्ञा(प्रतिष्ठानका पूर्वकुलपति साहित्यकार सरुभक्तले युवाकवि मोतीराम भट्ट छोटो समय बाँचेर पनि नेपाली साहित्यको अद्वितीय सेवा गर्नुभएकाले समस्त युवाले उहाँबाट धेरै सिक्नसक्ने बताउनुभयो । मोतीराम भट्ट नेपाली गजल विधाका प्रारम्भकर्ता भएका … Read more

कुटपिटबाट ३२ वर्षीय युवकको मृत्यु

वालिङ नगरपालिका–५ बाहुनडाँडाका ३२ वर्षीय ढालबहादुर थापाको गएराति कुटपिटका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रशन्नराज चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार गएराति ११ बजे थापामाथि कुटपिट भएको थियो । कुटपिटबाट घाइते भएका थापालाई वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएकामा चिकित्सकले राति नै मृत घोषणा … Read more

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

नारायणगढ: आई स्टडी ग्लोबल चितवनले नयाँ व्यवस्थापनसहित औपचारिक रुपमा सेवा सुरु गरेको छ । नारायणगढको सहिदचोकस्थित आई स्टडी ग्लोबल चितवनको हिजोबाट औपचारिक रुपमा नयाँ व्यवस्थापनसहित सेवा सुरु भएको हो । युवा व्यवसायी तथा प्रवन्ध निर्देशक महेश लामिछानेको जन्मदिनको अवसर पारेर सेवा प्रारम्भ गरिएको हो । नयाँ व्यवस्थापनले यस अघि देखि सेवा सुरु गरेको भए पनि … Read more

‘सामाजिक सुरक्षा कोषमा सबै नेपालीलाई आबद्ध गराउँदै छौँ’

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सामाजिक सुरक्षा कोषमा सबै नेपालीलाई आबद्ध गराउन लागिएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको जवाफ दिँदै उहाँले सबैको सामाजिक सुरक्षाका लागि कोषमा लैजाने गरी आवश्यक व्यवस्था गर्न लागिएको बताउनुभएको हो । मन्त्री भण्डारीले हालसम्म वैदेशिक रोजगारमा जानेहरूमध्ये १८ लाख ३५ हजार कोषमा आबद्ध भएको जानकारी … Read more