नेबिसंघ चितवनको बृक्षारोपण सम्पन्न

चितवन– नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिति चितवनले बृक्षारोपण तथा बृहत सरसफाई कार्यक्रम गरेको छ । विश्व वातावरण दिवसको अवसर पारि संघले जलदेवी सामुदायिक वन क्षेत्रमा उक्त कार्यक्रम गरेको हो । सो अवसरमा टि–२० विश्वकप क्रिकेट अन्तर्गत गत मंगलवार राती नेदरल्याण्ड्स बिरुद्धको खेलमा नेपालले बनाएको रनको दुइ गुणा बिरूवा रोपिएको नेविसंघ कार्यवाहक सभापति प्रकाश भण्डारीले बताए … Read more

प्रतिनिधिसभा बैठक : किसानलाई मलखाद उपलब्ध गराउनदेखि तटबन्ध निर्माणमा ध्यानाकर्षण

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले खेतीको याममा किसानलाई सहज रुपमा मलखाद उपलब्ध गराउन, अलपत्र आयोजनाहरूको शीघ्र सञ्चालन गर्न, बाढीपहिरोबाट जोगाउन तटबन्ध निर्माण गर्नलगायतका विषयमा ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा सांसद अन्जनी श्रेष्ठले हुरीले चितवनका जनताले लगाएका मकै, केराखेतीलाई गम्भीर असर पारेको जनाउँदै क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसंग आग्रह गरिन्। सांसद अमेरशकुमार सिंहले वर्षात् हुनुभन्दा पहिला … Read more

बोलेरोमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

विराटनगर — मेची राजमार्गको चारआली–बुधवारे सडक खण्ड अर्न्तगत मेचीनगर-१२ धाइजनमा स्कुटर र बोलेरो जिप एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।बुधबार राति पौने ११ बजे तिर चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको मे ७ प ७२८३ नम्बरको स्कुटर राजमार्गको बायाँ साइडमा बिग्रिएर राखेको को १ च ७२६४ नम्बरको बोलेरो पिकअपमा ठोक्किँदा दुईको मृत्यु भएको हो । … Read more

अमेरिकी सांसदको दौडमा बलियो बन्दै एड्रियन पोखरेल, बन्दुक संस्कृति हटाउने एजेण्डाको सर्वत्र प्रशंशा

काठमाडौं । अमेरिकी संसदको निर्वाचनमा उम्मेदवार बनेका नेपाली मूलका एड्रियन पोखरेल आफ्नो क्षेत्रका मतदाताहरुबीच लोकप्रिय बन्दै गइरहेका छन् । पछिल्लो समय उनले अमेरिकामा बढ्दो बन्दुक संस्कृति हटाउन आफ्नै बन्दुक स्थानीय प्रहरीमा बुझाएपछि उनको अभियानले लोकप्रियता पाउँदै गएको छ । सुनसरीको धरानमा जन्मिएका एड्रियन आशिष पोखरेल अमेरिकाको भर्जिनिया राज्यको १० औं निर्वाचन षेत्रबाट अमेरिकी कंग्रेसको लागि … Read more

भन्सार दर ५ प्रतिशत बढेपछि सुनको मूल्य तोलाको १ लाख ४४ हजार पुग्यो

हिजो (बुधबार) प्रतितोला ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज (बिहीबार) १८ सयले बढेको छ । हिजो प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ रहेको सुनको मूल्य आज १ लाख ४४ हजार पुगेको छ । यसअघि मंगलबार हालसम्मकै उच्च तोलाको १ लाख ४२ हजार ७ सय रुपैयाँ पुगेको थियो । नेपालमा बजेटमार्फत भन्सार दर … Read more

यौन दुर्व्यवहार आरोपमा प्रहरीका बहालवाला इन्सपेक्टर पक्राउ

नेपाल प्रहरीका एक जना बहालवाला प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् । एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्सपेक्टर बिदुर शिवाकोटीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त रजौरेले जानकारी दिए । उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत थिए । उनले १३ वर्षीया एक बालिकालाई जबरजस्तीकरणी प्रयास गरेको आरोप छ । … Read more

श्रोत नखुलेको ६९ लाख नेरुसहित चार चिनियाँं पक्राउ

भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० भातेढिकुरबाट बुधबार प्रहरीले चारजना चिनियाँं नागरिक पक्राउ परेका छन् । भातेढुकुरस्थित महेश्वरी पेट्रोल पम्प नजिकै साँगाबाट जगातीतर्फ आउँदै गरेको बा. ७० प. २८७२ नं. को ट्याक्सी रोकी चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो । स्रोत नखुलेको ६९ लाख पाँंच हजार नेपाली रुपैयाँं नियन्त्रणमा लिई उनीहरुलाई पक्राउ गरेको … Read more

कसमस इभेन्टले ‘फेसन फर्वाड’ सिजन २ गर्दै

भरतपुर । चितवनमा ‘फेसन फर्वाड चितवन’ सिजन २ हुने भएको छ । कसमस इभेन्टको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । आज बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमको तयारी पुरा भएको जानकारी दिईएको छ । इभेन्टको अडिसन जेठ २४ गते सिजी लेयाण्डमार्कमा रहेको हारमोनी हाइट्स एण्ड बारमा हुनेछ । सहभागी मोडलहरुको लागि जेठ २५ गतेबाट कोरियोग्राफर … Read more

भरतपुर अस्पतालको मेसुमा डा. कृष्ण पौडेल

चितवन – चितवनको भरतपुर अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) को जिम्मेवारी डा कृष्ण प्रसाद पौडेललाई दिएको छ। भरतपुर अस्पतालका प्रमुख डा श्रीराम तिवारीलाई हटाएर पौडेललाई नियुत्त गरिएको हो । यो सगैं पौडेल तेस्रो पटक भरतपुर अस्पतालको निमित्त मेसु नियुक्त भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही विभाग र विभिन्न अस्पताल प्रमुखमा जिम्मेवारी हेरफेर गरेको … Read more

प्रधानमन्त्री प्रचण्डलाई पोखराका सहकारी पीडितले देखाए कालोझण्डा

पोखराका सहकारी पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा र ब्यानर देखाएका छन् । आज बिहान पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीका पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका हुन् । उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा पनि लगाएका थिए । कालो झण्डा र ब्यानर देखाउने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ … Read more