श्रमिकलाई विमानस्थलमा हैरानी नदिन गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौँ:  उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ‘रेमिट्यान्स’ पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थल प्रयोग गर्दा अमर्यादित र अभद्र व्यवहार नगर्न अध्यागमनका कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँले अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न पनि आग्रह गर्नुभएको छ । अध्यागमन विभागमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सहानुभूतिसहित सकारात्मक व्यवहार गरी आजैदेखि … Read more

धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्दै तनहुँको छिम्केश्वरी

दमौली (तनहुँ)। समुद्र सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित तनहुँको छिम्केश्वरी मन्दिर क्रमशः धार्मिक पर्यटकीयस्थलका रूपमा विकास भइरहेको छ। आँबुखैरेनी गाउँपालिका-५ छिम्केश्वरीमा रहेको प्रसिद्ध धार्मिकस्थल छिम्केश्वरी माइ गाउँपालिकाकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यस्थल हो। पृथ्वीराजमार्गको आँबुखैरेनीदेखि लाब्दीसम्म १५ किलोमिटर जीप यात्रा र छोटो पदयात्रापछि छिम्केश्वरी पुगिन्छ। यहाँबाट देखिने अपि, सैपाल, धौलागिरि, अन्नपूर्ण, … Read more

नियत सफा राखेर काम गर्नुस्, कुनै समस्या आए म छुः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनतालाई केन्द्रमा राखेर इमान्दारीपूर्वक काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिएका छन्। उनले नियत सफा राखेर काम गर्ने कुनै पनि राष्ट्रसेवक कर्मचारीमाथि समस्या पर्न नदिने समेत प्रतिबद्धता व्यक्त गरे। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको सचिवहरूको नियमित बैठकमा प्रधानमन्त्री प्रचण्डले कर्मचारीलाई कुनै पनि समस्या आए त्यसको जिम्मेवारी आफूले लिने … Read more

अष्ट्रेलियाको आवेदनमा कडाइ, आईएलटीएसमा ६ अंक अनिवार्य

काठमाडौं । अष्ट्रेलियाले पछिल्लो समय विद्यार्थी भिसामा आउनेहरुलाई कडाइ गरेको छ । अष्ट्रेलियाको गृह मन्त्रालयले २४ मार्च २०२४ देखि लागु हुनेगरी भिसासम्बन्धी नियममा परिवर्तन गरेको छ । गृह मन्त्रालयले भिसा दिँदा यसअघि आर्थिक पक्षलाई प्राथामिकता दिँदै आएकामा अब विद्यार्थीको शैक्षिक पक्षलाई प्राथामिकता दिने जनाएको छ । यसअघिको ‘जेन्युन टेम्प्रोररी इन्ट्रान्ट’(जीटीई) खारेज गर्दै सरकारले ‘जेन्युन स्टुडेन्ट’ … Read more

ललितपुरमा होली खेल्ने क्रममा ग्याङ फाइट, २ जनाको मृत्यु

काठमाडौं । ललितपुरमा होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा दुई जना युवाको मृत्यु भएको छ ।आइतबार राति ललितपुरको धोलाहिटीमा दुई समूहबीच झडप भएको थियो । झडपमा परी पाँचथर र सुनसरी घर भई धोलाहिटी बस्ने दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार मृत्यु हुनेमा पाँचथर … Read more

आज तराईमा होली मनाइँदै, तराईका जिल्लामा सार्वजनिक विदा

काठमाडौं। रंगहरूको पर्व फागु (होली) तराई तथा मधेसका जिल्लाहरूमा आज हर्षोलासपूर्वक मनाइँदैछ। पहाडी जिल्लामा हिजो आइतबार नै फागु पूर्णिमा अर्थात् होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज होली मनाउन लागिएको हो। होलीका अवसरमा सरकारले आज तराई मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ। काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका बासिन्दाले पनि आपसमा रंग र अबीर लगाएर … Read more

रङहरुको पर्व होली आज हिमाली एवं पहाडी जिल्लामा हर्सोल्लासपूर्वक मनाइँदै

काठमाडौं। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा अर्थात होली पर्व आज हर्सोल्लासपूर्वक एकआपसमा रङ र लोला खेली मनाइँदैछ। रङगहरुको पर्व होलीले आपसी सद्भाव एवं सामाजिक एकतालाई प्रवर्द्धन गर्ने गर्दछ। शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको विश्वास गरिन्छ। यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित सर्वसाधारणले वातावरणलाई नै … Read more

दाङमा करेन्ट लागेर एकै घरका तीन जनाको मृत्यु

घोराही। करेन्ट लागेर एकै घरका तीनजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राप्ती गाउँपालिका–३ घण्टदेव चोकका ५५ वर्षीया दिलसरा केसी र उनका श्रीमान् ६० वर्षीय गोरखबहादुर केसी र चार वर्षीय नाति कृष्ण केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए। प्रहरीका अनुसार आज दिउँसो हाइटेन्सन लाइनको विद्युत्को तार चुडिएर करेन्ट … Read more

होलीमा चितवन प्रहरी ‘हाइ अलर्ट’ मा, राजमार्गदेखि भित्री सडकसम्म प्रहरीको विशेष निगरानी

चितवन:  चितवन प्रहरीले होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाएको छ । भोलि आइतबार पहाड र सोमबार तराईको होली पर्व परेकोले राजमार्गदेखि भित्री सडकसम्म निगरानी बढाएर प्रहरीले सुरक्षा व्यवस्था मजबुत बनाएको हो । चितवन प्रहरी प्रमुख भावेश रिमालले होली पर्व आम नेपालीहरूको लागि मेलमिलापको पर्व भएकाले मर्यादित रूपमा मनाउन आग्रह गरे । उनले प्रहरीले … Read more

प्रेमीलाई पैसा दिएर श्रीमानको हत्या

पर्वत:  कास्कीको मादी गाउँपालिका–१ तउरेतीमा मृत भेटिएका जुगल गाउँपालिका–३ गुम्बास्थित बोल्देमा बस्ने ३६ वर्षीय रामबहादुर तामाङ हत्या श्रीमतीले नै गराउन लगाएको खुलेको छ। यही चैत ३ गते तउरेती स्थित सिक्लेस हाइड्रोपावर जाने कच्ची सडक खण्डबाट करिब ३० मिटर तामाङको शव पाखामा फेला परेको थियो। बाटो हिँड्ने क्रममा लडेर मृत्यु भएको जस्तो देखिएको भए पनि जिल्ला … Read more