प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

काठमाडौं। प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक बिहान ११ः ०० बजे बोलाइएको छ। आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रहरूको ब्याहोरा पढेर सुनाउने छन्। संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माननीय सदस्यहरूले सोधेको प्रश्नको … Read more

अनन्तश्री ब्राह्माण्डीय महायज्ञ तयारी अन्तिम चरणमा

ढोरपाटन (बागलुङ)। सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित अनन्तश्री ब्राह्माण्डीय महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ। यही फागुन ९ देखि २२ गतेसम्म सञ्चालन हुन लागेको महायज्ञका लागि पञ्चकोटलाई सिङ्गार्नुका साथै मालढुंगाबाट पञ्चकोटसम्म स्वागत ढोका निर्माण साथै अन्य व्यवस्थापनलाई तीव्रता दिइएको छ। पञ्चकोटधाम स्थापनाको १०औं वार्षिकोत्सवका अवसरमा आयोजना गर्न लागिएको महायज्ञ नेपालमै पहिलोपटक गर्न थालिएको हो। जल, जंगल र … Read more

सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा

काठमाडौं। नेपाली कांग्रेसका नेताहरुले सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गरेका छन्। शनिबार काठमाडौंमा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा महाअभियानको घोषणा गरिएको हो। महाअभियानको घोषणा गर्दै भण्डारीले देशका प्रमुख विषयहरुलाई स्थापित गर्दै नेपालीहरु अघि बढ्न सकेमा नेपाल विश्वको एकमात्रै हिन्दुराष्ट्र बन्ने बताए। देशको सनातन धर्मलाई रक्षा गर्दै देशको आर्थिक समृद्धिको बाटोमा देशलाई अघि … Read more

कलाकारहरू भाइरल होइन, लोकप्रिय हुनुपर्छः प्रधानमन्त्री दाहाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली लोकसङ्गीतमा देखिएको बाह्य अतिक्रमण र विकृतिप्रति सचेत हुनुपर्ने बताएका छन्। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालद्वारा आज आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्रीले नेपालीपनको संगीत विकृतितर्फ लालयित हुँदै गएकोप्रति गम्भीर हुनुपर्ने बताए। विविधतापूर्ण मौलिकतामा आधारित गीत संगीतले निकै राम्रो प्रगति गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, “दर्शक–स्रोतको मन … Read more

सुकुम्बासीलाई जग्गा फिर्ता हुने आश

महोत्तरी । आफ्नो भोगचलनमा रहेको जग्गा अर्कैको नाउँमा दर्ता हुँदा बिरक्तिएका महोत्तरीको भङ्गहा–४ थारूटोल बनराका सुकुम्बासीलाई अब भने राहत पाइने आश जागेको छ । आफ्नै ठाउँबाट धपिएको पीडा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुनाएपछि उनमा आश पलाएको हो । ‘करिब २५ वर्षदेखि हाम्रो जग्गा अर्कैले भोगचलन गर्दैछ’, सुकुम्बासी बस्तीका कैलाश चौधरी थारूले भने, ‘प्रधानमन्त्रीले छानबिन आयोग … Read more

चिकित्सकीय सेवाभन्दा पनि माथिको सेवा राजनीति हो : सांसद डा तोसिमा कार्की

काठमाडौं। संसदीय अभ्यासको अहिलेसम्मको समीक्षा गर्दा पुरानै शैलीले हामीले काम गर्ने हो भने नयाँ परिणामको अपेक्षा गर्न सकिन्न। त्यही भएर  अहिले हामीले फरक परिणामको अपेक्षासहित फरक ढंगले काम गर्न आवश्यक छ। संविधानमा व्यवस्था भएअनुसार जनतालाई आधारभूत आवश्यकता पूरा भएको अनुभूति दिलाउने र जनमुखी मुद्दा सम्बोधन भएको देख्न चाहन्छौं भने हामीले शैली बदल्नै पर्छ। शैली बदल्नका … Read more

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले आज एक सुचना जारी गर्दै २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । आगामी वैशाख १४ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सकिने परीक्षा नियन्त्रण … Read more

कांग्रेस महासमिति बैठकमा पेस हुने बिभिन्न दस्तावेज पारित

काठमाडौं, फागुन ५ । नेपाली कांग्रेसले यही फागुन ७ देखि १० गतेसम्म हुने महासमिति बैठकमा पेश हुने विभिन्न दस्तावेज केन्द्रीय कार्यसमिति बैठकबाट पारित गरेको छ । शुक्रबार बसेको केन्द्रीय समितिले उपसभापति पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव, प्रवक्ता डा. प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक … Read more

नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव भोग्नु परेको छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी उत्सर्जनमा शून्यप्रायः योगदान भएपनि नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान र हानिकारक प्रभाव भोगिरहेको बताएका छन्। जलवायु परिवर्तन र दिगो विकासमा सांसदको भूमिका विषयक सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्रीले जलवायु परिवर्तन सामाजिक–आर्थिक र वातावरणीय सन्तुलनका लागि ठूलो चुनौती भएको बताए। विश्वव्यापी खतराको रूपमा विकसित भइरहेको जलवायु परिवर्तनले विकासका सम्भावनाहरूमा … Read more

बालकुमारी घटनाः छानबिन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौं। बालकुमारी घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष आफ्नो प्रतिवेदन प्रस्तुत गरेको छ । प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले आयोगले सत्यतथ्य जाँचबुझ गरी मेहनतपूर्वक निकालेको निष्कर्षलाई कार्यान्यवन गरिने बताए। गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारमा भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी अछामका वीरेन्द्र … Read more