सहकारीलाई बदनाम गर्ने प्रयास भइरहेको छ : अध्यक्ष ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। राष्ट्रसेवक सहकारी संस्था लिमिटेडको पाँचौँ राष्ट्रिय सहकारी भलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालजस्तो देशको विकासका लागि सहकारी अपरिहार्य भए पनि पछिल्लो समयमा सहकारीलाई बदनाम गराउने प्रयास भइरहेकामा चिन्ता व्यक्त गरे। सहकारीको महत्व र गरिमालाई कायम … Read more

कोरियन भाषा परीक्षा आजदेखि सुरु

काठमाडौं। ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ। राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको उक्त शाखाले जनाएको छ। परीक्षा एक दिनमा पाँच वटा सिफ्टमा लिइनेछ। जसमा एक हजार जनाले परीक्षा दिन पाउने गरी व्यवस्था मिलाइएको इपीएस कोरिया शाखाका निर्देशक मैयाँ कडेलले जानकारी दिए। “पहिलो सिफ्टमा करिब ४७ हजार पाँच … Read more

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू

काठमाडौं। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकामा कर्फ्यू आदेश जारी गरेको छ। प्रशासनले सोमबार बेलुका ५ बेजदेखि लागु हुने गरि पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा कर्फ्यू लगाएको हो। रौतहटको ईशनाथ नगरपालिकामा सरस्वतीको मूर्ति विसर्जनका क्रममा भएको झडपको विषयलाई लिएर वीरगञ्जमा प्रदर्शन भएपछि प्रशासनले … Read more

चितवनमा ५४२ केजी गाँजा सहित २ वटा ट्रक र २ जना नियन्त्रणमा

चितवन । चितवनमा ५४२ केजी गांँजा सहित दुईवटा ट्रक र दुईजना लाई नियन्त्रणमा लिईएको छ । ईलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक श्याममणी पोखरेलको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले आज बिहान ८ः०० वजे राप्ती नगरपालिका वडा नं. ३ झुरझुरे स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डमा चेकजांँचका क्रममा उक्त परिमाणमा गांँजा फेला पारेको हो । जिल्ला … Read more

समाजवादी राष्ट्र निर्माणका लागि प्रधानमन्त्रीको आह्वान

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोककल्याणकारी सामाजिक न्याययुक्त समाजवादी राज्य निर्माणको अभियानमा समाहित हुन सम्पूर्ण जनसमुदायमा अपिल गरेका छन्। प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपाली माटो सुहाउँदो समाजवादी राष्ट्र निर्माणका लागि आह्वान गरेका हुन्। उनले नेपाली जनताको सुशासन, सामाजिक न्याय र समृद्विको आकांक्षा पूरा गर्न हामीले सामना गरिरहेका चुनौतीलाई नजिकबाट नियालिरहेको … Read more

तनहुँमा जन्ती बोकेको जीप दुर्घटना : दुई जनाको मृत्यु, १६ घाइते

दमौली (तनहुँ)। तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बरादी-हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। मृत्य हुनेको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए। … Read more

लोकतान्त्रिक गणतन्त्र सात दशकको संघर्षबाट प्राप्त महत्वपूर्ण उपलब्धि हो: राष्ट्रपति

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालीले सात दशकभन्दा लामो संघर्षबाट प्राप्त गरेको महत्वपूर्ण उपलब्धि भएकाे बताएका हुन्। “राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण … Read more

कांग्रेस महासमिति बैठक आजदेखि, १२ सय बढी प्रतिनिधि सहभागी हुँदै

काठमाडौं। आजबाट नेपाली कांग्रेसको महासमिति बैठक सुरू हुँदैछ। गोदावरी सनराइज, ललितपुरमा आजबाट सुरू हुने महासमिति बैठकमा दिउँसो १ बजेबाट सुरू हुनेछ। सो महासमिति बैठकको उदघाटन सभापति शेरबहादुर देउवाले गर्नेछन्। आजबाट सुरू हुने महासमिति बैठकमा १ सय ६५ केन्द्रीय पदाधिकारी तथा सदस्यसहित १ हजार ७ सय ८० महासमिति सदस्य, नेपाली जनसम्पर्क समितिका ८९ जना, भातृ तथा शुभेच्छुक … Read more

आज ७४औं प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं। नेपाली जनता जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी ७४औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ। नेपाली जनताको संघर्ष र बलिदानीबाट राणा शासनको अन्त्य भई प्रजातन्त्रिक नयाँ युग प्रारम्भ भएको दिन फागुन ७ लाई नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको दिनको रुपमा लिइन्छ। जनक्रान्तिका माध्यमबाट निरंकुश … Read more

भरतपुर विमानस्थल बिस्तारका लागि साेमबारदेखि सर्वे हुने

चितवन। भरतपुर विमानस्थलको बिस्तारको प्रकृया अघि बढ्ने भएको छ। यहाँ रहेको नेपाली सेनाको घोडा प्रजनन् केन्द्र शक्तिखोरमा स्थानान्तरण गरेर धावनमार्ग बिस्तार गर्न लागिएको हो। विस्तारका लागि सर्वे गरी डिजाइन गर्नुका साथै डिजाइन अनुरुप ओएलएस (अप्सट्रेकल लिमिटेशन सर्वे) गरिने छ। सर्बेको काम सोमबारबाट सुरु गरिने भएको हो। गत शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा बैठक … Read more