प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजाको सन्देश : जनता जनार्दनले जे भन्छन्- त्यो सुनौं, त्यसलाई गुनौं

काठमाडौं।   पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रको पूजा गरेर नपुग्ने बताएका छन्। उनले काम कर्तव्य, त्याग, उदारता, निष्ठाको राजनीति र सही प्रकारको आचरणले मात्रै प्रजातन्त्रको पूजा हुने बताएका छन्। प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा एक सन्देश जारी गर्दै शाहले जनता जनार्दनले जे भन्छन् त्यो सुन्नुपर्ने बताएका छन्। उनले राज्य व्यवस्थाका सबै हर्ताकर्ताले धरातलीय यथार्थका आधारमा प्रजातान्त्रिक विधि व्यवहार झल्काउनुपर्ने … Read more

दुग्ध उत्पादक सहकारीहरुले सडकमा पोखे दुध

चितवन ।  जिल्लामा रहेका दुग्ध उत्पादक सहकारीहरुले संकेतीक बिरोध स्वरुप आज केन्द्रीय वस ट्रमिनल चोकमा दुध पोखेका छन् । उनीहरुले लामो समय सम्म भूक्तानी नपाएको र जिल्लाबाट उत्पादीत दुधको बजारीकरणमा समस्या भएको भन्दै सडकमा दुध पोखेर बिरोध जनाएका हुन । उनीहरुले ८० लिटर दुध सडकमा पोखेर बिरोध प्रदर्शन गरेका हुन । बिरोध प्रदर्शन अघि प्रमुख … Read more

आयल निगमको कार्यकारी निर्देशकमा भट्ट र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भण्डारी नियुक्त

काठमाडौं। नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्टलाई नियुक्त गरिएको छ । मन्त्रिपरिषद्को आजको बैठकले भट्टलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। सरकारका प्रवक्ता शर्माले भनिन्,“ सरकारले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरुको विद्युत् महसुलसम्बन्धी विवाद निरुपण गर्न गठित जाँचबुझ आयोगको म्याद एक महिना … Read more

पूर्वसचिव भीम उपाध्यायसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव भीम उपाध्यायसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा तीन पूर्व सचिवसहित १८ जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए । प्रवक्ता घिमिरेका अनुसार मेलम्ची खानेपानी विकास समितिको बोर्डका तत्कालीन अध्यक्ष एवं खानेपानी मन्त्रालयका तत्कालीन … Read more

बालकुमारी घटना: छानबिन समितिको प्रतिवेदनको अध्ययनपछि कारबाही हुन्छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई युवकको ज्यान जानेगरी भएको बालकुमारी घटनाबारे गठित छानबिन समितिको प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही हुने जानकारी दिएका छन्। आइतबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै प्रमुख प्रतिपक्षी एमालेसहितका दलका सांसदले सरकारको आलोचना गरेपछि प्रधानमन्त्री प्रचण्डले आफूले आइतबार छानबिन समितिको प्रतिवेदन बुझ्ने र अध्ययनपछि दोषीमाथि कारबाही गरिने बताए। ‘आज मैले प्रतिवेदन बुझ्दै छु,’ … Read more

गठबन्धनका कारण कांग्रेसको भोटको प्रतिशत घट्दै गयो : शेखर कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धनका कारण कांग्रेसको भोटको प्रतिशत घट्दै गएको बताएका छन्। आइतबार काठमाडौंमा महासमिति बैठकमा सहभागी हुन आएका सदस्यका निम्ति आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले सरकारमा सहभागी हुँदा रमाइरहेपनि यसका कारण कांग्रेसको भोटको प्रतिशत घट्दै गएकोप्रति गम्भीर हुन नसकेको बताएका हुन्। देशैभर कांग्रेस कार्यकर्तामा गठबन्धनप्रति निराशा छाएको भन्दै … Read more

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

काठमाडौं। प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक बिहान ११ः ०० बजे बोलाइएको छ। आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रहरूको ब्याहोरा पढेर सुनाउने छन्। संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माननीय सदस्यहरूले सोधेको प्रश्नको … Read more

अनन्तश्री ब्राह्माण्डीय महायज्ञ तयारी अन्तिम चरणमा

ढोरपाटन (बागलुङ)। सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित अनन्तश्री ब्राह्माण्डीय महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ। यही फागुन ९ देखि २२ गतेसम्म सञ्चालन हुन लागेको महायज्ञका लागि पञ्चकोटलाई सिङ्गार्नुका साथै मालढुंगाबाट पञ्चकोटसम्म स्वागत ढोका निर्माण साथै अन्य व्यवस्थापनलाई तीव्रता दिइएको छ। पञ्चकोटधाम स्थापनाको १०औं वार्षिकोत्सवका अवसरमा आयोजना गर्न लागिएको महायज्ञ नेपालमै पहिलोपटक गर्न थालिएको हो। जल, जंगल र … Read more

सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा

काठमाडौं। नेपाली कांग्रेसका नेताहरुले सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गरेका छन्। शनिबार काठमाडौंमा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा महाअभियानको घोषणा गरिएको हो। महाअभियानको घोषणा गर्दै भण्डारीले देशका प्रमुख विषयहरुलाई स्थापित गर्दै नेपालीहरु अघि बढ्न सकेमा नेपाल विश्वको एकमात्रै हिन्दुराष्ट्र बन्ने बताए। देशको सनातन धर्मलाई रक्षा गर्दै देशको आर्थिक समृद्धिको बाटोमा देशलाई अघि … Read more

कलाकारहरू भाइरल होइन, लोकप्रिय हुनुपर्छः प्रधानमन्त्री दाहाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली लोकसङ्गीतमा देखिएको बाह्य अतिक्रमण र विकृतिप्रति सचेत हुनुपर्ने बताएका छन्। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालद्वारा आज आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्रीले नेपालीपनको संगीत विकृतितर्फ लालयित हुँदै गएकोप्रति गम्भीर हुनुपर्ने बताए। विविधतापूर्ण मौलिकतामा आधारित गीत संगीतले निकै राम्रो प्रगति गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, “दर्शक–स्रोतको मन … Read more