आदर्श गृहले गर्यो अस्मिताको कन्यादान

चितवन, २२ माघ । विगत आठ वर्षदेखि भरतपुरको आदर्श गृहको संरक्षणमा हुर्किएकी अस्मिता तिवारीको आइतबार धूमधामसँग विवाह भयो । विसं २०७२ मा बाँकेको कोहलपुरबाट ल्याएर आश्रयसँगै शिक्षादीक्षा दिएको संस्था आदर्श गृहले अस्मितालाई आइतबार बेहुली बनाएर पठाएको हो । स्याङ्जाको वालिङ घर भई हाल भरतपुर–७ कृष्णपुरमा आफ्नै व्यवसाय सञ्चालन गर्दै आउनुभएका मणि सुवेदीसँग २३ वर्षिया अस्मिताको … Read more

लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र नै हो : महामन्त्री थापा

पर्सा । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले लोकतन्त्रको विकल्प अरु सुदृढ लोकतन्त्र नै भएको बताएका छन् । वीरगन्जबाट प्रकाशित हुने अंकुश दैनिकको आज आयोजित रजत महोत्सवमा नेता थापाले अब मुलुकमा लोकतन्त्र सुधारको अपरिहार्यता रहेको धारणा राखे । उनले अब राजनीतिक दलमा पनि उच्च तहका नेतामा सुधारको आवश्यकता रहेको बताए । “राजनीतिक दलका उच्च … Read more

प्रधानमन्त्री दाहालद्वारा उदयपुर सिमेन्ट उद्योगको अवलोकन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गरेका छन् । उद्योग रहेको स्थान उदयपुरको जलजले पुगी उनले आज उद्योगको प्लान्टलगायत महत्वपूर्ण संरचनाको अवलोकन गरेका हुन् । प्रधानमन्त्री दाहाललाई महाप्रबन्धक खगेन्द्र बस्नेतलगायतका उच्चपदस्थ अधिकारीले उद्योगको समग्र अवस्थाबारे जानकारी गराएका थिए । सो क्रममा प्रधानमन्त्री दाहालले उद्योगलाई यही अवस्थामा नभई ‘अपग्रेड’ गरेर सञ्चालन गर्नुपर्ने … Read more

अरुण चौधरीसँग थालियो बयान, भने- नियमविपरीत भए जग्गा फिर्ता गर्छु

काठमाडाैं। बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसँग बयान लिन थालिएको छ। जिल्ला सरकारी वकील कार्यालयका प्रमुख सन्देश श्रेष्ठको अगुवाइमा अनुसन्धान अधिकृतहरुले बयान लिएका हुन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले कानुनी प्रक्रियाअन्तर्गत नै बयान लिन थालिएको जानकारी दिए। उनले चार दिन म्याद थप भएकाले … Read more

शिक्षामा थप गुणस्तर वृद्धि गर्न ‘मेयरसँग विद्यार्थी’ कार्यक्रम सञ्चालन: प्रमुख रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरका विद्यालयहरुको शिक्षामा थप गुणस्तर वृद्धि गर्न ‘मेयरसँग विद्यार्थी’ कार्यक्रम सञ्चालनमा ल्याइएको बताउनुभएको छ । शनिबार सहिद स्मृति माध्यमिक विद्यालय भरतपुर ६ को ५६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले कार्यक्रममा जनप्रतिनिधिसँग विद्यार्थीले विना कुनै मध्यम आफ्नो समस्या राख्ने पाउने व्यवस्था मिलाएको बताउनुभयो। ‘महानगरपालिकाले … Read more

संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि

काठमाडौं। संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन सोमबारदेखि सुरु हुँदैछ। संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पहिलो बैठक माघ २२ गते अपराह्न ४ बजेका लागि आह्वान गरेका हुन्। यस हिउँदे अधिवेशन सञ्चालनका लागि गर्नुपर्ने प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको पूर्ण तयारी पूरा भएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी … Read more

जगदम्बा अटो ग्रुपद्धारा रक्तदान कार्यक्रम सम्मपन्न, ५२ जनाले गरे रगददान

बारा, माघ १९ गते । जगदम्बा अटो ग्रुपले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जगदम्बा अटो ग्रुपले आफ्नो टिभिएस मोटरसाईकल उत्पादन हुने कम्पनीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी एवं ब्लठ बैंक विगरञ्जको समन्वयमा जगदम्बा अटो ग्रुप प्रा.लीले जीतपुरसिमरा उपमहानगरपालिका वडा … Read more

काठमाडौं नछाड्न सांसदहरूलाई कांग्रेसको निर्देशन

काठमाडौं । कांग्रेस संसदीय दलको बैठकले आफ्ना सांसदहरूलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ। आज बसेको संसदीय दलको बैठकले संसद् र संसदीय समितिको बैठकमा अनिर्वाय उपस्थिति हुनुपर्ने भन्दै उपत्यका नछाड्न भनेको हो। संसदको अधिवेशन चल्दासम्म सदस्यहरूले राजधानी नछाड्ने र राजधानी छाड्नुपर्‍यो भने दलको प्रमुख सचेतक र सचेतकबाट लिखित स्वीकृति लिएरमात्रै छाड्न निर्देशन जारी भएको प्रमुख … Read more

जनक शिक्षामा हाल छापिँदैछन् दैनिक एक लाख थान पुस्तक

भक्तपुर । आगामी शैक्षिकसत्रका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले एक करोड १९ लाख थान पाठ्यपुस्तक छपाइ सम्पन्न गरेको छ । आउँदो शैक्षिक सत्रका लागि कक्षा ५ देखि १२ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको केन्द्रले एक करोड ७४ लाख थान पाठ्यपुस्तक छपाइ गर्नुपर्नेमा अब ५५ लाख थान पाठ्यपुस्तक मात्रै छपाइ गर्न बाँकी रहेको केन्द्रका प्रबन्ध … Read more

बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना : ३ महिनाकाे अनुसन्धानपछि चौधरी पक्राउ

काठमाडौं। व्यवसायी अरुण चौधरीको पक्राउलाई लिएर व्यवसायीहरुले आपत्ति जनाइरहेका बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तीन महिनाको अनुसन्धानपछि उनलाई पक्राउ गरेको बताएको छ । बिहीबार बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा व्यवसायी अरुण चौधरी, तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी निर्देशक अजित नारायण थापालाई पक्राउ गरेपछि व्यवासायीहरुले आपत्ति जनाएका थिए । उनीहरुलाई विना अनुसन्धान पक्राउ गरेको … Read more