राष्ट्रियसभा बैठकमा दुई प्रतिवेदन पेस

राष्ट्रियसभामा दुई संसदीय समितिको फरक फरक प्रतिवेदन पेस गरिएको छ । सभाको आजको बैठकमा ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थाको प्रतिवेदन’ र ‘राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ पेस गरिएको हो । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दहालले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, … Read more

सभापति देउवाद्वारा शोक व्यक्त

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक आन्दोलनका योद्धा वासु (वासुदेवशरण) कोइरालाको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँको आज ९३ वर्षको उमेरमा निधन भएको हो । सभापति देउवाले शोक विज्ञप्ति जारी गर्दै कोइरालाको निधनबाट सिङ्गो पार्टी मर्माहत भएको जनाउँदै उहाँप्रति श्रद्धाञ्जली तथा शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । काभ्रेपलाञ्चोकको खोपासीमा … Read more

फरार अभियुक्त पक्राउ गर्न गृह मन्त्रालयले सक्रियता बढायो

फरार अभियुक्त पक्राउ गर्न गृह मन्त्रालयले सक्रियता बढाउँदै लगेको छ । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिनुभएको छ । मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिँदैआउनुभएको छ । सोही निर्देशनका कारण … Read more

पर्यटन क्षेत्रमा निजी क्षेत्रको साथ आवश्यक छः मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस पाल्पाले आज यहाँ आयोजना गरेको भेटघाटमा उहाँले पर्यटन क्षेत्र निजी क्षेत्रमा निर्भर रहेकाले यसको विकासमा निजी क्षेत्रलाई प्रोत्साहन गर्न जरुरी रहेकामा जोड दिनुभयो । पर्यटन क्षेत्रका चुनौती समाधानका लागि निजी क्षेत्रकै सार्थक हस्तक्षेप र … Read more

तयार भए ऐतिहासिक ‘चुनवाङ शान्ति सङ्ग्रहालय’ का चित्र, मूर्ति बन्दै

सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण राजनीतिमा रूपान्तरण गर्ने निर्णय गरेको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को केन्द्रीय समिति बैठक बसेको ऐतिहासिक स्थानमा बन्दै गरेको ‘चुनवाङ शान्ति सङ्ग्रहालय’ का लागि काठमाडौँमा कला सिर्जना धमाधम भइरहेको छ । चित्रकला करिब–करिब तयार भएका छन् भने मूर्तिकला निर्माणाधीन रहेका छन् । त्यहाँ राख्नका लागि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँग ३० देखि ३५ … Read more

सबै पक्षले पेरिस सम्झौतामा गरेका प्रतिबद्धता पूरा गर्नुपर्छः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले अनिवार्य रूपमा सबै पक्षहरूले पेरिस सम्झौतामा गरेका प्रतिबद्धता पूरा गर्नुपर्ने बताउनुभएको छ । हिन्दुकुश हिमालय क्षेत्रका मुलुकका सांसदहरूको सम्मेलनको आज भएको उद्घाटन समारोहमा उहाँले विशेषगरी विश्व तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्न उक्त सम्झौता पालना गर्न आग्रह गर्नुभएको हो । नेपालमा पहिलोपटक आयोजित हिन्दुकुश–हिमालय सांसदहरूको सम्मेलनमा उहाँले विश्व तापमान वृद्धि हुँदै … Read more

यूएईको जेलमा रहेका १२० नेपालीलाई आममाफी

संयुक्त अरब इमिरेट्स (यूएई)ले विभिन्न कसुरमा जेल सजाय भोगिरहेका नेपालीको कैद मिनाह गर्ने भएको छ । इस्लाम धर्मावलम्बीको महान पर्व ईद अल(अदाहका अवसरमा विभिन्न कसुरमा यूएईको जेलमा सजाय भोगिरहेका १२० जना नेपालीको बाँकी सजाय अवधि मिनाह गरी आममाफी प्रदान गरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । “नेपालीहरुको कैद सजाय मिनाह गरिएकामा नेपाली दूतावास, अबुधावीले संयुक्त … Read more

ढकालको जन्म दिन मनाउने फरक शैली

साउन ३१ , काठमाडौँ ललितपुर जिल्लाको ग्वार्कोमा अवस्थित प्रभात माध्यमिक विद्यालयका माध्यमिक गणित शिक्षक सि. एम. ढकालले आफ्नो जन्मदिन निक्कै फरक तरिकाले मनाएका छन्। आफ्नो ४० औं जन्मदिनको अवसर पारेर काठमाडौँ को गुहेश्वरीमा ४० वटा वर पिपल लगायतका विरुवा रोपका छन्। हरेक वर्ष जन्मदिनमा यो कार्य लाई निरन्तरता दिने कुरा उनले बताएका छन्। आधुनिकता संगै … Read more

विच्छ्याको बाढीले बस्ती जोखिममा

जिल्लाको पूर्वोत्तर भेगमा बग्ने विच्छ्या खोलाको बाढीले हिमाली गाउँपालिका–१ को बस्ती जोखिममा परेको छ । बुधबार रातिदेखिको लगातारको वर्षाले गाउँ जलमग्न हुने जोखिम अझ बढाएको स्थानीय साजन थापाले बताउनुभयो । उक्त खोलाको एउटा झोलुङ्गे पुलसहित केही घरहरु बगाएको उहाँले बताउनुभयो । हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लका अनुसार अहिलेसम्म दश वटा घरमा क्षति भएको छ । … Read more

सेयर बजार र डिजिटल प्लेटफको प्रयोग र आम्दानि सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौँ , साउन १७ नेकपा (एमाले )पाँचथर काठमाडौँ सम्पर्क मंचले सेयर बजारमा लगानी तथा डिजिडल प्लेटफमको प्रयोग बाट कसरी आम्दानी गर्ने भन्ने बिषयमा युवा लक्षित एक दिने अभुमुखिकरण कार्यक्रम संचालन गरेको छ। १५० जनाको संख्यामा उपस्थित भएको उक्त कार्यक्रममा सेयरमा कसरी प्रवेस गर्ने , कसरी सेयर खरिद तथा बिक्रि गर्ने भन्ने बिषयमा आधारभूत प्रशिक्षण कलस … Read more