डिजेल, पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढ्यो

काठमाडौ । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । निगमले बिहीबार (माघ १८ गते) राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको हो । पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २ रुपैयाँका … Read more

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपालमा पनि पेट्रोल डिजेलमा मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले बिहिबार राति १२ देखि लागु हुने गरि पेट्रोलमा ४ रुपैयाँ तथा डिजल र मट्टितेलमा २ रुपैयाँ वृद्धि गरेको हो । यस्तै खाना पकाउने ग्यासमा समेत प्रतिसिलिण्डर १५ रुपैयाँले वृद्धि भएको छ । इन्डियन आयल कर्पोरेशन … Read more

एमाले अध्यक्ष ओलीद्वारा पाँचपोखरी थाङपालको प्रशासकीय भवन उद्घाटन

सिन्धुपाल्चोक। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाँउपालिकाको प्रशासकीय भवनको उद्घाटन गरेका छन्। बुधबार अध्यक्ष ओलीले ११ करोड ९४ लाख लागतमा गाउँपालिकाको वडा नं ६, थाङ्पालधापमा बहुपहिचानसहित निर्माण भएकोे प्रशासकीय भवनको उद्घाटन गरेका हुन्। उनले पाँचपोखरी महादेवको समेत दर्शन गरेका थिए।

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग प्रधानमन्त्रीको छलफल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गरेका छन्। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजना गरी प्रधानमन्त्री प्रचण्डले कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाले गरेको सम्भाव्यता अध्ययननको बिफ्रिङ लिएका हुन्। नेपाल सरकारको आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रममा विगतमा सञ्चालन … Read more

पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताए। कृषि तथा वनविज्ञान विश्वविद्यालय १२औं साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले रोजगारी प्रवर्द्धन र विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रममा ल्याउनुपर्नेमा जोड दिए। कृषि विज्ञानमा भर्ना हुने विद्यार्थीको सङ्ख्या बढेकामा खुसी व्यक्त गर्दै उनले विश्वविद्यालयले कृषि र वन विकासमा महत्त्वपूर्ण … Read more

नेपाली सांसदकाे टाेली भारत भ्रमणमा

काठमाडौं। भारत भ्रमणमा रहेको संघीय संसदीय टोलीलाई स्वागत गरिएको छ। भारतीय संसदको अन्तर्राष्ट्रिय समितिको निमन्त्रणामा हिजो नयाँ दिल्ली पुगेको नेपाली सांसदहरूको टोलीलाई भारतीय संसदको चिफ अफ प्रोटोकलले स्वागत गरेको हो। ३० जनवरीदेखि ६ फ्रेबुअरीसम्म भारतमा रहने नेपाली सांसदहरूको टोलीका लागि नेपाली राजदूतावासले संसदीय टोलीलाई भारतीय पक्षसंग कुराकानी गर्नको लागि बिभिन्न सुझावहरू दिएको छ। जसअनुसार नेपालीलाई … Read more

शान्ति प्रक्रिया सँग सम्बन्धित कानुन प्राथमिकतामा हुनुपर्छः सांसद मीना तामाङ

काठमाडौँ।संसद् नीति निर्माणको मुख्य थलो हो । जनताको सङ्घर्षबाट व्यवस्था परिवर्तन भयो । परिवर्तित व्यवस्था र प्राप्त उपलब्धिलाई सुदृढ बनाउनुपर्ने अहिलेको आवश्यकता हो । ऐतिहासिक संविधानसभाबाट संविधान जारी भएको पनि आठ वर्ष पुगिसकेको छ । संविधानसँग बाझिएका कानुन परिवर्तन गरेर सापेक्षतामा ढाल्नुपर्नेछ । कतिपय प्रावधान बदलिँदो विश्वपरिवेशअनुसार थप गर्नुपर्ने छ । संसद् छिर्दै गर्दा संविधान … Read more

देशैभरि जान्छ चितवनको तोरीको तेल : वार्षिक ४० हजार लिटर तेल बिक्री

चितवन । तोरी उत्पादनमा अग्रणी जिल्ला चितवनको तोरीको तेल देशैभरि पुग्ने गर्दछ । बाटो प्रयोग गर्ने र यहाँ रोजगारी गर्नेदेखि उपहारका लागिसमेत यहाँको तोरीको तेल देशैभर पुग्ने गरेको छ । पूर्व–पश्चिम राजमार्ग नजिकै बाइपास सडकमा जिल्ला सहकारी सङ्घले विसं २०५४ देखि नियमित तेल बिक्री गर्दै आएको छ । यतिमात्र होइन जिल्लाका विभिन्न ठाउँमा तोरी पेलेर … Read more

सन्दीप विरुद्धको मुद्दाको पूर्णपाठ: पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएको ठहर

काठमाडौं। जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको मंगलबार सार्वजनिक गरिएको पूर्णपाठमा पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएको उल्लेख छ। न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुस २५ गते आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी रु पाँच लाख भराउने फैसलाको पूर्णपाठमा पीडित ‘गौशाला २६’ को कमजोर आर्थिक अवस्थाको फाइदा … Read more

चितवनमा दर्ता भएका एक सय ४० उद्योग बन्द

चितवन ।  घरेलु तथा साना उद्योग कार्यालय चितवनमा दर्ता भई सञ्चालनमा रहँदै आएका एक सय ४० वटा उद्योग बन्द भएका छन् । कार्यालयका अनुसार चालु आवमा ती उद्योग बन्द गर्नका लागि कार्यालयमा निवेदन परेको हो । कार्यालयका सूचना अधिकारी नारायणप्रसाद खनालका अनुसार ३१ वटा उत्पादनमूलक, ५५ वटा कृषि तथा वनजन्य, २० वटा पर्यटनमूलक र ३४ … Read more