आजदेखि टरिगाउँ विमानस्थलमा हवाई सेवा सुरु

आजदेखि दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा तीन महिनापछि हवाई सेवा सुरु भएको छ । अब प्रत्येक सोमबार उडान हुने नेपाल एयरलाइन्सका स्टेसन इञ्चार्ज बलबहादुर सुनारले जानकारी दिनुभयो । उहाँले यात्रुको मागअनुसार उडान थप गर्न पनि सकिने बताउनुभयो । विमानस्थलमा हवाई सेवा पटक–पटक अवरुद्ध हुँदै आएको छ । यस पटक गत पुस २ गतेदेखि हवाई सेवा … Read more

झापामा जङ्गली हात्तीको आक्रमणबाट १४ वर्षमा ६४ जनाको मृत्यु

गत फागुनमा यहाँको हल्दीबारी गाउँपालिका–४ का ७६ वर्षीय भीमप्रसाद भट्टराईको हात्तीको आक्रमणमा परी ज्यान गयो। भट्टराई आफ्नो घरदेखि चार किलोमिटर दक्षिणस्थित चौकी बिराम सामुदायिक वनमा मृत फेला पर्नुभएको थियो। गत पुसमा कचनकवल– ७ की कैलावती राजवंशीले हात्तीको आक्रमणमा परी ज्यान गुमाउनु भयो। यस वर्ष मात्रै जिल्लामा हात्तीको आक्रमणमा परी चार जनाले ज्यान गुमाए। बितेको १४ … Read more

तीनकुने घटनामा ज्यान गुमाएका रजकको परिवारलाई एक लाख सहयोग

नागरिक समाजका अगुवा डा सुन्दरमणि दीक्षितले तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रु एक लाख सहयोग उपलब्ध गराउनुभएको छ । रिपोर्टर्स क्लब नेपालको २७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा डा दीक्षितले उक्त रकम क्लबका अध्यक्ष ऋषि धमलालाई हस्तान्तरण गर्दै मृतक रजकको परिवारलाई उपलब्ध गराउन आग्रह गर्नुभयो । आन्दोलनका क्रममा पत्रकारको मृत्यु गम्भीर विषय रहेको … Read more

स्वदेशी जुत्ता चप्पल प्रवर्द्धन  तथा व्यापार मेला सुरु

भरतपुर – भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा बिहीबारदेखि चौथो चितवन स्वदेशी जुत्ता चप्पल प्रवर्द्नन तथा व्यापार मेला २०८१/८२ सुरु भएको छ । उक्त एक्स्पो बिहीबारबाट शुरु भएको हो । चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा सुरु भएको चौथो चितवन फुटवयर एक्स्पो चितवन जुत्ताचप्पल मेलामा ६ वटा कम्पनीको स्वदेशी उद्योगबाट उत्पादित एक हजारभन्दा बढी … Read more

प्रभात दिदी बहिनीका शेयर सदस्यलाई पुष्पाञ्जली हस्पिटलको २५ प्रतिशत छुट

चितवन । प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पुष्पाञ्जली हस्पिटलबीच सम्झौता भएको छ । प्रभात दिदी बहिनीका शेयर सदस्य तथा परिवारका सदस्यहरुलाई उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले छुट दिने सम्झौता भएको हो । पुष्पाञ्जली हस्पिटल प्रा.लि भरतपुर –१० को तर्फबाट हस्पिटलका अध्यक्ष चेतनाथ वाग्ले र प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी … Read more

एक महिनामा अपराधका चार हजार मुद्दा दर्ता

फागुनमा देशभर चार हजार चार सय ६८ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन् । फागुनमा दर्ता भएका आपराधिक घटनाका मुद्दामध्ये सबैभन्दा बढी बैंकिङ कसुरका एक हजार एक सय २७ (२५.२२ प्रतिशत) रहेका छन् । काठमाडौँ उपत्यकामा अपराधका घटना बढी घट्नुका साथै सबैभन्दा बढी बैंकिङ कसुरका मुद्दा दर्ता भएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक … Read more

स्ववियु निर्वाचन बाट नवलपुरका क्याम्पसरू भाग्दै : सभापति क्षेत्री

चैत्र ८, काठमाडौ नेपाल विद्यार्थी संघ कावासाेतीका सभापति कुमार क्षेत्रीले क्याम्पसहरूले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको नया तालिका ननिकालेर निर्वाचनबाट भाग्न खाेजेकाे प्रति आपत्ति जनाएका छन् । त्रिवि तालिका अनुसार चैत्र ५ गते स्ववियु निर्वाचन हुनु पर्ने भएपनि फाल्गुन २९ गतेदेखि विभिन्न संगठनहरूले जिल्ला भरिका स्ववियु हुने क्याम्पसहरूमा तालाबन्दी गरेर प्रभावित भएकाे निर्वाचन नवलपुर जिल्लामा सक्रिय … Read more

चितवन जिल्ला खेलकुद समिति र पुष्पाञ्जली अस्पतालबीच छुट सम्झौता

चितवन । चितवनका विभिन्न विधाका खेलाडीहरुलाई भरतपर महानगरपालिका वडा नम्बर १० स्थित पुष्पाञ्जली अस्पतालको उपचारमा २५ प्रतिशत सम्म छुट पाउने भएका छन । आज अस्पतालमा चितवन जिल्ला खेलकुद समितिका अध्यक्ष राजन कार्की र अस्पतालका प्रबन्ध निर्देशक सुजन अधिकारी बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा चितवनका खेलाडी तथा परिवारका सदस्यहरुको स्वास्थ्य परीक्षणमा २५ प्रतिशत … Read more

नेकपा माओवादीको पार्टि कार्यालयमा शिक्षकहरुको धर्ना 

चैत्र १ , काठमाडौँ नेपाल शिक्षक महासंघले अविलम्ब शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै सुरु गरेको दोस्रो चरणको आन्दोलनअन्तर्गत शुक्रबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय, पेरिसडाँडामा धर्ना दिएको छ। मंगलबार सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपा र बुधबार नेकपा एमाले कार्यालयमा धर्ना दिएका शिक्षक र विद्यालय कर्मचारीहरूले शुक्रबार माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन्। … Read more

एमाले पार्टी कार्यालयमा शिक्षकहरुको धर्ना

२८ फागुन, काठमाडौं । बुधबार दोस्रो दिनको धर्नाअन्तर्गत महासंघले एमाले पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएको हो। अब नेपाली शिक्षक, कर्मचारीहरू अन्तिम चरणको आन्दोलनमा रहेको र चैत २० गतेसम्म पनि सरकारले विगतका सबै सहमति सम्बोधन हुनेगरी विद्यालय शिक्षा ऐन जारी नगरे अन्तिम र निर्णायक चरणको आन्दोलन गर्ने चेतावनी दिए। धर्ना कार्यक्रम स्थलमा उपस्थिति भएका एमाले  महासचिव … Read more