नेपाल सदैव आतंकवादको विपक्षमा छः परराष्ट्रमन्त्री डा राणा

काठमाडौं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकृतिको आतंकवादको कडा शब्दमा निन्दा गर्ने बताएकी छन्। भारत, काश्मिरको पहलगाममा भएको आतंककारी हमलामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपालस्थित भारतीय दूतावासद्वारा आज यहाँ आयोजित सभामा उनले नेपाल सधैँ आतंकवादको विरुद्धमा र शान्तिको पक्षमा रहेको स्पष्ट गरेकी हुन्। मन्त्री डा राणाले … Read more

नारायणी सिंँचाइको पानी खगेरी सिंचाईमा ल्याउन चितवनका किसानको माग

चितवन । चितवनका किसानले बाह्रै महिना सिंचाई उपलब्ध गराउन सरकारसंँग माग गरेका छन । आज ( शनिबार)भरतपुरमा खगेरी सिंचाई जल उपभोक्ता संस्थाको २२ औं साधारण सभामा बोल्दै उनीहरुले नारायणी लिफ्ट सिंचाई आयोजनाको पानी खगेरी सिंचाईमा ल्याउन गरेका हुन् । खगेरी सिचाईका सदस्य किशोर पौडेलले चितवन अन्न भण्डारको जिल्ला भएको भन्दै सिंचाई अभावमा खेती गर्न नसकिएको … Read more

निजी विद्यालयमा कार्यरत शिक्षकको विशेष अनुरोध

रमेश पराजुली: शिक्षा भनेको केवल किताबी ज्ञान मात्र होइन, यो त पुस्ता निर्माण गर्ने मूल आधार हो। समाज रुपान्तरणको जग हो। हाम्रो समाजको मेरुदण्ड भनेकै विद्यालय हो र त्यसको आत्मा भनेका शिक्षकहरु हुन् । तर आज, हामी एउटा गम्भीर मोडमा उभिएका छौं – जहाँ सामुदायिक विद्यालयका कक्षा कोठा क्रमशः सुनसान बन्दै गएका छन्। आन्दोलनको लहर … Read more

७० बोरा युरिया मल नेकपा बहुमतले नियन्त्रणमा लिई प्रहरीलाइ बुझायो

चितवन– भारतबाट चितवन ल्याउदै गरेको ७० बोरा युरिया मल नेकपा बहुमतले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ । बहुमतले रत्ननगर नगरपालिका वडा नम्बर १४ बाट यो परिमाणको मल नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो । स्थानीयहरुको बिशेष सूचनाका आधारमा पार्टीका जिल्ला सेक्रेटरी राम सेढाइ नेतृत्वको समूहले मल नियन्त्रणमा लिइएको हो । मल बोकेर आएको बा २० च … Read more

आफ्नै कीर्तिमान तोड्न सगरमाथातिर लम्किँदै कामीरिता

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण साहसिक मात्रै नभई जोखिमपूर्ण र संवेदनशील यात्रा हो । हिउँको ढिस्को पन्छाएर ढुङ्गाको पहरो छिचोल्दै चुचुरोमा पुग्नु आफैँमा साहसिक र चुनौतीपूर्ण कार्य हो । एकदुई पटक हैन ३०औँ पटक यस्तो जोखिमपूर्ण यात्रा गर्नु वा सगरमाथाको शिखर चुम्नु चानचुने कुरा होइन । विश्वविख्यात कीर्तिमानी कामीरिताका लागि भने यो काम ‘पानीको पँधेरो’ … Read more

पाँचथरबाट शिक्षकहरू काठमाडौँको सडकमा : ऐन नलिई फर्कँदैनौँ

नेपालको सुदूरपूर्वी जिल्ला पाँचथरबाट शिक्षकहरू काठमाडौँमा उत्रिएको आज १५ दिन भयो। पाँचथर जस्तै ७७ जिल्लाबाट शिक्षकहरू आफ्ना माग पूरा गर्न र शिक्षा ऐन तुरुन्त जारी गर्न सरकारलाई दबाब दिने आन्दोलनमा निरन्तर लागिरहेका छन्। नेपाल राष्ट्र शिक्षक संगठन पाँचथर जिल्ला समितिका अध्यक्ष खगेन्द्र सुवेदी ऐन नलिई जिल्ला नफर्कने कुरा बताउँछन्। पाँचथरबाट आएका शिक्षकहरू सरकारले शिक्षकलाई हेपेको … Read more

मेड इन नेपाल एक्स्पो आज सकिँदै

 तीन वटा व्याण्ड आउने क्याम्पा चौरमा जारी मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिबल आज सकिँदै मेड इन नेपाल एक्स्पोको आज अन्तिम दिन, तीन व्याण्ड आउँदै चितवन । नारायणगढको क्याम्पा चौरमा जारी ‘मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिबल’ आज समापन हुँदै छ । नयाँ वर्ष २०८२ को अवसरमा नेपाली युवा उद्यमी मञ्च चितवनको आयोजनामा … Read more

चिल्ड्रेन्ज प्याराडाईस ईङ्गलिश बोडिङ स्कुलको अभिभावक दिवस सम्पन्न

काठमाडौ , २९ चैत्र । बाणगङ्गा नगरपालिका वडा नं. ८ स्थित चिल्ड्रेन्ज प्याराडाईस ईङ्गलिश बोडिङ स्कुलको अभिभावक दिवस तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम बिहिवार मायादेवी रिसोर्टमा भव्य रूपमा सम्पन्न भएको हो। विद्यालयले ”संस्कार सहितको सार्थक शिक्षा” भन्ने नारालाई अङ्गिकार गरेको छ । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले सरकारले … Read more

काठमाडौमा शिक्षकहरुको महासागर : माग सम्बोधन नभएसम्म सडक नछोड्ने

चैत्र २०, काठमाडौ शिक्षक महासंघको अगुवाइमा हुन लागेको आन्दोलनमा सहभागी हुन शिक्षकहरू काठमाडौ आइपुगेका हुन । महासंघको सहअध्यक्ष एवं आन्दोलन परिचालन समितिको संयोजक नानुमाया पराजुलीका अनुसार आजको र्‍यालीमा डेढ लाख शिक्षक कर्मचारी सहभागी भएका थिए। विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरिका शिक्षकहरू काठमाडौ आइपुगेका छन् । शिक्षक महासंघको अगुवाइमा हुन लागेको आन्दोलनमा सहभागी … Read more

पेन्सन वञ्चित शिक्षक समूहको सचिवालय बैठक सम्पन्न, शिक्षक हकहितमा सशक्त आवाज उठाउने निर्णय

ललितपुर ,चैत्र १९  पेन्सन वञ्चित शिक्षक समूहको सचिवालय बैठक आज पाटनमा सम्पन्न भएको छ। बैठकले शिक्षकहरूको हकहित सुनिश्चित गर्ने र अन्यायका विरुद्ध सशक्त आवाज उठाउने निर्णय गरेको छ। बैठकले शिक्षा मन्त्री विद्या भट्टराईलाई पेन्सन दिलाउन सफल भूमिका खेलेकोमा धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ। साथै, आगामी दिनमा कुनै पनि शिक्षकसम्बन्धी अन्याय भएमा त्यसका विरुद्ध दृढतापूर्वक … Read more