असमानता, गरिबी र भ्रष्टाचारलाई चिरेर सरकार अघि बढ्छः प्रधानमन्त्री

काठमाडौँ, फागुन ७- प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारको चुनौतीलाई चिरेर अघि बढ्ने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस–२०८१ का अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले युवाहरुलाई सशक्त बनाएर नै मुलुकलाई समृद्धितर्फ लैजाने सरकारको नीति रहेको स्पष्ट पार्नुभयो । … Read more

सुनको प्रतितोला मूल्य एक लाख ७० हजार पाँच सय रूपैयाँ!

नेपाली बजारमा आज (बुधबार) पनि सुन–चाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला एक हजार सात सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६९ हजार … Read more

आज प्रजातन्त्र दिवसः मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं, फागुन ७- जहानियाँ राणाशासन अन्त्य भई प्रजातन्त्र आएको दिनको स्मरणमा आज ७५औँ प्रजातन्त्र दिवस मनाइँदैछ। प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले १९९७ माघमा बलिदानी दिएका थिए।प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको … Read more

जुससहित सबै चिनीयुक्त पेय पदार्थ धेरै पिउनु स्वास्थ्यका लागि अति हानिकारक

डा. पार्थ गुरागाईं काठमाडौं, ५ फागुन । चिसो पेय पदार्थको पहिलो घुट्कोले शरीरलाई शीतलता दिन सक्छ। तर के तपाईंलाई थाहा छ कि यिनै पेय पदार्थले दीर्घकालीन रूपमा स्वास्थ्यलाई गम्भीर असर पुर्‍याउन सक्छ ? दैनिक जीवनमा हामी अनेकौँ चिनीयुक्त पेय पदार्थ पिउँछौँ जसमा कार्बोनेटेड ड्रिंक्स, ऊर्जा पेय (इनर्जी ड्रिंक्स), प्याकेज जुस, फ्लेभरयुक्त दूध, चिनी मिसाइएका चिया-कफी … Read more

देवघाट महामहोत्सव: २७ करोड ४५ लाख ५७ हजार संकलन, २ करोड ९९ लाख खर्च

देवघाट- गत माघ १ गतेदेखी ३० गतेसम्म देवघाटधाममा आयोजना गरिएको देवघाट महा–महोत्सवमा २७ करोड ४५ लाख ५७ हजार ९८० रुपैयाँ आर्थिक संकलन भएको छ भने २ करोड ९९ लाख १७ हजार ५ सय रुपैँया खर्च भएको छ ।  महा–महोत्सवको तर्फबाट सोमबार देवघाटमा आयोजित पत्रकार सम्मेलनमा महा–महोत्सवमा उक्त रकम संकलन भएको जानकारी गराइएको छ । महा–महोत्सवमा देवघाट … Read more

पोखरामा सेलरोटी बेचेर सुरू गरेको व्यवसाय फैलियो १२ वटा देशमा

पोखराकी रोशनी शर्मा दिनभरि आफ्ना कर्मचारीसँग मिलेर तरकारी काट्छिन्। उनका श्रीमान प्रकाश आचार्य किसानका खेतसम्मै पुगेर तरकारी ल्याउँछन्। उनीहरू यी तरकारी के गर्छन् त? उनीहरू यसबाट अचार बनाउँछन् र ‘हरिलो एग्रो इन्डस्ट्री’ को उत्पादनका रूपमा बजारमा बिक्री गर्छन्। रोशनीले बनाउने मुला, डल्ले खुर्सानी, आँप, करेला, लप्सी, तामा, न्युरो लगायतको अचार बजारमा एकदमै लोकप्रिय छ। काउली, गाँजर, करेला, कागती जस्ता सामग्री मिलाएर बनाउने ‘मिक्स भेज’ … Read more

काश्मीर सीमामा भारत र पाकिस्तानबिच गोली हानाहान

श्रीनगर (भारत)। भारतीय र पाकिस्तानी सैनिकहरूले दुई चिरपरिचित प्रतिद्वन्द्वीलाई विभाजन गर्ने अत्यधिक सैन्यीकृत काश्मीर सीमामा गोलीबारी गरेका छन् । पाकिस्तानी पक्षले बिहीबार कम्तीमा चार जनाको ज्यान गएको बताएको छ । सन् १९४७ मा बेलायती औपनिवेशिक शासनको अन्त्यमा एसियाली उपमहाद्वीपबाट विभाजन भएयता काश्मीर दुई छिमेकी देशबिच विभाजित छ । दुवै राष्ट्रले यसमाथि पूर्ण दाबी गर्छन् र … Read more

ओलीको ‘गल्ती’ अदालतले सच्याए देश नै अस्थिरतामा धकेलिने खतरा

काठमाडौं। तत्कालीन र अहिलेका समेत प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसदलाई छलेर आफूले चाहेअनुसार शासन चलाउन गरेको महत्वकांक्षाले अहिले देश नै अस्थिरतामा धकेलिने स्थिति सृजना भएको छ। कानुन निर्माण र अनुमोदन गर्ने तथा संवैधानिक निकायमा नियुक्त पदाधिकारीको संसदीय सुनुवाई छल्न असंवैधानिक रुपमा ओलीले प्रतिनिधि सभा विघटन गर्दाको परिणाम अहिले मुलुकले भोग्नुपर्ने अवस्था आउन सक्ने देखिएको … Read more

१५० वटा रेष्टुरेण्ट चलाएका ‘लाला’ले भरतपुरमा खोले पार्टी प्यालेस

 चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ४ स्थित धर्मचोकमा नयांँ व्यवस्थापन सहित चौतारी पार्टी प्यालेस एण्ड तन्दुरी रेष्टुरेण्ट सञ्चालनमा आएको छ । युवा व्यवसायी यमलाल सापकोटा, मोतीलाल सापकोटा र नमराज गै्रहे सहितको समुहले ठूलो लगानीमा पार्टी प्यालेस सञ्चालनमा ल्याएका हुन् । १४ कठ्ठा क्षेत्रफल सहित पार्टी प्यालेसमा गोलघर, तीनवटा ठूला हल , गार्डेन, रेष्टुरेण्ट एण्ड … Read more

खानेपानी पाइप फुटेर जलमग्न वन परिसर र विशेष अदालतको सरसफाइ (तस्बिरहरू)

काठमाडौँ । नेपाल बिद्युत् प्राधिकरणले बिद्युतका तारहरू अन्डर ग्राउन्ड गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा बुधवार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सुरु गरिएको छ । खानेपानी मन्त्री प्रदीप यादवको निर्देशन पश्चात् उक्त फुटेको काठमाडौँमा वितरण गरिने थोक प्रणालीको पाइप गए रातिदेखि मर्मत गर्ने कार्य सुरु गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड … Read more