सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छः सञ्चारमन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी, जेनजी समूहसहितको सर्वपक्षीय बैठकपछि आगामी फागुन २१ गतेको निर्वाचनको वातावरण बनेको बताउनुभएको छ । सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशद्वारा संयुक्त रुपमा यहाँ आयोजत अन्तरक्रिया कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै नेपाल सररकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेलले सरकारको प्रतिबद्धता, निर्वाचन आयोगको तयारी र राजनीतिक पार्टीहरूको तदारुकताका … Read more

एमाले सचिवालय बैठक दिउँसो ३ बजेसम्मलाई सर्‍यो

नेकपा एमालेको सचिवालय बैठक दिउँसो ३ बजेसम्मका लागि सरेको छ । बैठक बिहान ११ बजे बस्नेगरी बोलाइएको थियो । ११औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालय बैठक पहिलोपटक बस्न लागेको हो । केही तयारी नपुगेकाले बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएको एक पदाधिकारीले जानकारी दिए ।

नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछः शंकर पोखरेल

रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहको सात बुँदे सहमतिलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको दोस्रो तयारी भएको टिप्पणी गरेका छन्। उनले सामाजीक सञ्जाल मार्फत वि र बालेन साहबीचको सात बुँदे सहमतिलाई नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको दोस्रो तयारी भएको टिप्पणी गरेका हुन् । ‘भदौ २३ र … Read more

रवि–बालेन सम्झौतामा जेनजी आन्दोलनको भावना नसमेटिएको कुलमान पार्टीको प्रतिक्रिया

रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहको सम्झौताप्रति ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षण रहेको उज्यालो नेपाल पार्टीले प्रतिक्रिया दिएको छ । उज्यालो पार्टीले सभापति रवि र मेयर बालेनको सम्झौताले जेनजी आन्दोलनको भावनालाई सम्पूर्ण रूपमा नसमेटेको टिप्पणी गरेको हो । पार्टीका केन्द्रीय सदस्य तथा वार्तामा संलग्न रहँदै आएका जितराम लामाले जेनजी आन्दोलनको मूल भावनालाई … Read more

रवि–बालेन सम्झौताप्रति सुदन गुरुङको टिप्पणी….

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको सम्झौताप्रति द काउन्सिल अफ जेन जेडका संयोजक सुदन गुरुङले टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘अब आरएसपी (रास्वपा) ले चुनावको तयारीमा ध्यान दिन सक्छ । हामी भने राष्ट्रिय समस्या र जनताका वास्तविक समस्याहरू समाधान गर्नमा ध्यान दिनेछौंं । जय … Read more

जनचाहना बमोजिम दुई नेता एकसाथ रास्वपामाः डीपी अर्याल

जनताको चाहनाबमोजिम रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एकसाथ भएको टिप्पणी रास्वपाका उपसभापति डीपी अर्यालले जानकारी दिएका छन् । आइतबार बिहान रवि र बालेनबीच सहमति भएपछि प्रतिक्रिया दिँदै अर्यालले फेसबुकमा लेखेका छन्, ‘जनताको आशा र चाहनाबमोजिम २ नेता ! साथमा अब रास्वपामा ।’ आइतबार बिहान भएको सहमतिसँगै बालेन रविले नेतृत्व गरेको … Read more

देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देश अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दिशासहित अगाडि बढ्ने स्पष्ट धारणा व्यक्त गर्नुभएको छ । आज उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चद्वारा काठमाडौँको बौद्धमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले देशमा राजनीतिक परिवर्तन अपरिहार्य भइसकेको बताउनुभयो । उहाँले आगामी फागुन २१ … Read more

कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ

शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालमा द्रुत विकास हासिल गर्न वर्तमान ऐन, कानुन र प्रक्रियागत झन्झट मुख्य बाधक भएको टिप्पणी गर्नुभएको छ । आज उहाँ घर निर्माण फाउन्डेसनद्धारा आयोजित घर निर्माण फेस्ट २०८२ मा सम्बोधन गर्दै उहाँले सरकारले ‘डेभलपमेन्ट डिकेड’ वा दश वर्षे विकास दशक घोषणा गरी छाता ऐनमार्फत विकासलाई सही मार्गमा ल्याउन नसके अपेक्षित प्रगति … Read more

प्रधानमन्त्री कार्कीले तीन शीर्षदलका नेताहरुसँग छलफल गर्दै

प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेतासँग आज छलफल गर्ने भएकी छन् । छलफल निर्वाचनकेन्द्रित हुने बताइएको छ । प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न लागेका हुन् । छलफल दिउँसो ४ बजे हुने बताइएको छ । यसका … Read more

प्रचण्डले सञ्चारमन्त्रीलाई भने- फागुन २१ मै चुनाव हुनुपर्छ

सञ्चारमन्त्री जगदीश खरेलसँगको भेटमा फागुन २१ मा चुनाव हुनुपर्ने नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। चुनावको विकल्प नभएको र फागुन २१ मा चुनाव हुनुपर्ने प्रचण्डको भनाइ रहेको सञ्चारमन्त्री खरेले बताए । प्रचण्डलाई भेटेपछि सञ्चारमन्त्री खरेल भने, ‘निर्वाचनको वातावरण बनाउन राजनीतिक दलको शीर्ष नेताहरूसँग भेट गरेको हुँ। प्रचण्डसँगको भेटमा उहाँले निर्वाचनको विकल्प छैन, … Read more