अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले वर्तमान राजनीतिक अवस्थाबाट निकास निकाल्न तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु अपरिहार्य रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आज यहाँ आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्यः सामूहिक पहल’ कार्यक्रममा उहाँले निर्वाचनमार्फत नयाँ जनादेश प्राप्त गरी संसद् पुनःस्थापना गर्नु अबको बाटो रहेको उल्लेख गर्नुभयो । “शान्ति, स्थायित्व … Read more

जसपा नेपाल र जसपाबीच एकता घोषणा

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनता समाजवादी पार्टीका सहअध्यक्ष रेणु यादव पक्षबीच पार्टी एकताको सहमति भएको छ । उहाँहरूबीच आज एकताको सहमतिमा हस्ताक्षरसमेत भएको छ । यसअघि आइतबार तराई मधेस लोकतान्त्रिक पार्टी र जनता समाजवादी पार्टी नेपालबीच एकताको सहमति भएको थियो । विगतमा एउटै दलमा रहनुभएका उहाँहरूबीच आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा … Read more

गायिका त्रिशला गुरुङ उमेदवारमा सिफारिस

डाक्टर तथा गायिका त्रिशला गुरुङ उमेदवारका रूपमा सिफारिस भएकी छिन् । उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत गुरुङलाई उमेदवारका रूपमा सिफारिस गरेको हो । आज (सोमबार) अपराह्न ४ बजेसम्म समानुपातिक सूची निर्वाचन आयोगमा बुझाउनुपर्नेछ। त्यसका लागि उज्यालो नेपाल पार्टीले पार्टीले स्वास्थ्य क्षेत्र सुधार, समावेशी राजनीति र पेशागत दक्षताका आधारमा डा. गुरुङलाई समानुपातिक … Read more

राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ :मन्त्री खरेल

 सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिमा आमूल परिवर्तन आउनुपर्ने बताउनुभएको छ । विज्ञापन बोर्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज पोखरामा आयोजना गरेको विज्ञापनको अनुगमन, नियमन र व्यवस्थापनसम्बन्धी गण्डकी प्रदेशस्तरीय अन्तरक्रियाको उद्घाटन गर्दै उहाँले देश निर्वाचनतर्फ लागिसकेका अवस्थामा राजनीतिमा परिवर्तन ल्याउन सही नेतृत्व चयन गर्नुुपर्ने बताउनुभयो । निर्वाचन सुनिश्चित भइसकेको बताउँदै सरकारका प्रवक्तासमेत … Read more

अस्थायी मतदाता सङ्कलन सुरु गरिने

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने प्रयोजनका लागि अस्थायी मतदाता सङ्कलन सुरु गर्ने भएको छ । आयोगले मतदाता नामावली ऐन, २०७३ को दफा ३० तथा अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि, २०८२ बमोजिम आयोगबाट अस्थायी मतदाता नामावली सङ्कलन कार्यक्रम स्वीकृत गरेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अस्थायी मतदाता नामावलीमा … Read more

उपसभामुख इन्दिराले गरिन सरकारी गाडी फिर्ता

उपसभामुख इन्दिरा रानामगरले सरकारी गाडी फिर्ता गरेकी छन् । गएरातिदेखि कार्यकाल पूरा गरेकी रानाले संसद् सचिवालयलाई बुझाएकी हुन् । उनले आफूले पाएको दुई वटै गाडी फिर्ता गरेकी हुन् । उनले दुवै गाडीको साँचो बुझाउँदै भनिन्, ‘यो बीवाईडीको, यो ल्यान्डक्रुजर २२ वर्ष पुरानो गाडीको । बीवाईडी पनि स्कृन क्लियर नहुने । यसले धेरैपटक ठोकियो पनि । … Read more

रास्वपामा बालेनको टिमबाट ४० जना समानुपातिक उमेदवार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा बालेन्द्र शाह (बालेन) को टिमबाट ४० जना उम्मेदवार समेटिने भएका छन् । आज (आइतबार) बिहान रास्वपा र बालेन पक्षले गरेको सहमति यस्तो सहमति भएको हो । रास्वपा स्रोतले दिएको जानकारीअनुसार, बालेनले ४० जनाको सूची तयार रहेको बताएपछि ती सबैलाई रास्वपामा समेट्ने भनिएको हो । “बालेनजीको टिमले ४० जनाको सूची … Read more

प्रत्यक्ष र समानुपातिक उम्मेदवारका लागि आएको प्रस्ताव स्वीकार गरिनः पम्फा

नयाँलाई अवसर दिनुपर्ने भन्दै नेपाली कम्युनिस्ट पार्टीकी नेतृ पम्फा भुसालले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेकी छन्। उनले प्रत्यक्षसँगै समानुपातिकतर्फ पनि उम्मेदवार नबन्ने घोषणा गरेकी हुन्। उनले फेसबुकमा लेखेकी छन्, ‘फागुन २१ मा हुने निर्वाचनमा मलाई प्रत्यक्ष र समानुपातिक उम्मेदवारका रूपमा ललितपुरसहित देशका विभिन्न क्षेत्रबाट आएको प्रस्तावलाई मैले स्वीकार गरिन । प्रस्ताव गर्ने सबै साथीहरूलाई … Read more

बालेनसँगको एकतापछि सोबिताले रविलाई के भनिन् ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहबिच बृहत् एकता भएपछि रास्वपा नेतृ सोबिता गौतमले सामाजिक सञ्जालमा स्टाटस लेखेकी छिन् । उनले सभापति रवि लामिछानेलाई ‘निलो क्रान्तिको सर्वोच्च कमान्डर’ भन्दै स्टाटस लेखेकी हसन् । यसअघि उनले ‘अबको आशा रास्वपा’ भनेकी थिइन्। सहमतिमा लामिछाने र शाहले हस्ताक्षर गरेका छन्। सहमतिमा … Read more

अब बालेनप्रतिको आकर्षण घट्छः महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले संविधान र लोकतन्त्रका पक्षधर शक्तिहरू एकजुट हुनुपर्ने बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले रवि र बालेनको एकताबारे टिप्पणी गर्दै पुराना दलले गरेका कतिपय विकृतिको कारण मुलुकमा चुनौति खडा भएको बताएका छन्। ‘नेपाली राजनीतिमा नयाँ पात्रलाई सधैँ आशाको रूपमा बेचिन्छ। गगन आए, जवर्जस्त बासी बनाइए। काण्डै–काण्डका नाइके रवि आए, उनी पनि … Read more