गृहमन्त्री अर्यालसँग मुस्लिम समुदायका प्रतिनिधिको छलफल

गृहमन्त्री ओमप्रकाश अर्यालसँग मुस्लिम समुदायका तीन छुट्टाछुट्टै समूहका प्रतिनिधिले गृह मन्त्रालयमा आज सामूहिक भेटवार्ता गर्नुभएको छ । भेटमा मुस्लिम समुदायबाट राष्ट्रिय मुस्लिम समन्वय समितिका पदाधिकारी र सङ्घीय लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिहरुले आज गृहमन्त्रीसँग सामूहिक भेटवार्ता गर्दै समुदायले ज्ञापनपत्रसमेत बुझाउनुभएको छ । भेटमा समुदायले बुझाउनुभएका दुई छुट्टाछुट्टै ज्ञापनपत्र बुझ्दै गृहमन्त्री अर्यालले एकअर्काको धर्म र सम्प्रदायमाथि खलल पु¥याउने … Read more

रुपन्देही-२ मा एमालेबाट विष्णु पौडेल एकल सिफारिस

नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही क्षेत्र नं २ बाट आगामी प्रतिनिधि सभाका लागि एकल उम्मेदार सिफारिस भएका छन् । एमाले रुपन्देही २ का क्षेत्रीय सहसंयोजक राजेन्द्र ढकालले अहिले भरखर सम्पन्न कमिटीको बैठकले पार्टी केन्द्रीय उपाध्यक्ष, पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको नाम एकल रुपमा सिफारिस गरिएको बताए । पौडेल यो क्षेत्रबाट २०५६ सालदेखि … Read more

रास्वपामा समानुपातिकबाट उम्मेदवारी फिर्ताको घोषणा जारी,गायक प्रकाश सपुतपनि छलफलमा

रास्वपाले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा रहेका उम्मेदवारले नाम फिर्ताको घोषणा गर्ने क्रम चलिरहेको छ । शनिबार साँझसम्म पाँच जनाले उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् । पर्वतारोही टासी लाक्पा शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आसिफ शाह, उद्योगी चन्द्र ढकालका छोरा सचिन ढकाल र प्राध्यापक महेन्द्र लावतीले उम्मेदवारी फिर्ताको घोषणा गरेका … Read more

अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले वर्तमान राजनीतिक अवस्थाबाट निकास निकाल्न तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु अपरिहार्य रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आज यहाँ आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्यः सामूहिक पहल’ कार्यक्रममा उहाँले निर्वाचनमार्फत नयाँ जनादेश प्राप्त गरी संसद् पुनःस्थापना गर्नु अबको बाटो रहेको उल्लेख गर्नुभयो । “शान्ति, स्थायित्व … Read more

जसपा नेपाल र जसपाबीच एकता घोषणा

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनता समाजवादी पार्टीका सहअध्यक्ष रेणु यादव पक्षबीच पार्टी एकताको सहमति भएको छ । उहाँहरूबीच आज एकताको सहमतिमा हस्ताक्षरसमेत भएको छ । यसअघि आइतबार तराई मधेस लोकतान्त्रिक पार्टी र जनता समाजवादी पार्टी नेपालबीच एकताको सहमति भएको थियो । विगतमा एउटै दलमा रहनुभएका उहाँहरूबीच आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा … Read more

गायिका त्रिशला गुरुङ उमेदवारमा सिफारिस

डाक्टर तथा गायिका त्रिशला गुरुङ उमेदवारका रूपमा सिफारिस भएकी छिन् । उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत गुरुङलाई उमेदवारका रूपमा सिफारिस गरेको हो । आज (सोमबार) अपराह्न ४ बजेसम्म समानुपातिक सूची निर्वाचन आयोगमा बुझाउनुपर्नेछ। त्यसका लागि उज्यालो नेपाल पार्टीले पार्टीले स्वास्थ्य क्षेत्र सुधार, समावेशी राजनीति र पेशागत दक्षताका आधारमा डा. गुरुङलाई समानुपातिक … Read more

राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ :मन्त्री खरेल

 सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिमा आमूल परिवर्तन आउनुपर्ने बताउनुभएको छ । विज्ञापन बोर्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज पोखरामा आयोजना गरेको विज्ञापनको अनुगमन, नियमन र व्यवस्थापनसम्बन्धी गण्डकी प्रदेशस्तरीय अन्तरक्रियाको उद्घाटन गर्दै उहाँले देश निर्वाचनतर्फ लागिसकेका अवस्थामा राजनीतिमा परिवर्तन ल्याउन सही नेतृत्व चयन गर्नुुपर्ने बताउनुभयो । निर्वाचन सुनिश्चित भइसकेको बताउँदै सरकारका प्रवक्तासमेत … Read more

अस्थायी मतदाता सङ्कलन सुरु गरिने

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने प्रयोजनका लागि अस्थायी मतदाता सङ्कलन सुरु गर्ने भएको छ । आयोगले मतदाता नामावली ऐन, २०७३ को दफा ३० तथा अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि, २०८२ बमोजिम आयोगबाट अस्थायी मतदाता नामावली सङ्कलन कार्यक्रम स्वीकृत गरेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अस्थायी मतदाता नामावलीमा … Read more

उपसभामुख इन्दिराले गरिन सरकारी गाडी फिर्ता

उपसभामुख इन्दिरा रानामगरले सरकारी गाडी फिर्ता गरेकी छन् । गएरातिदेखि कार्यकाल पूरा गरेकी रानाले संसद् सचिवालयलाई बुझाएकी हुन् । उनले आफूले पाएको दुई वटै गाडी फिर्ता गरेकी हुन् । उनले दुवै गाडीको साँचो बुझाउँदै भनिन्, ‘यो बीवाईडीको, यो ल्यान्डक्रुजर २२ वर्ष पुरानो गाडीको । बीवाईडी पनि स्कृन क्लियर नहुने । यसले धेरैपटक ठोकियो पनि । … Read more

रास्वपामा बालेनको टिमबाट ४० जना समानुपातिक उमेदवार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा बालेन्द्र शाह (बालेन) को टिमबाट ४० जना उम्मेदवार समेटिने भएका छन् । आज (आइतबार) बिहान रास्वपा र बालेन पक्षले गरेको सहमति यस्तो सहमति भएको हो । रास्वपा स्रोतले दिएको जानकारीअनुसार, बालेनले ४० जनाको सूची तयार रहेको बताएपछि ती सबैलाई रास्वपामा समेट्ने भनिएको हो । “बालेनजीको टिमले ४० जनाको सूची … Read more