राष्ट्रिय सभामा उम्मेदवार चयन गर्दै प्रचण्ड–माधव

नेपाली कम्युनिस्ट पार्टी राष्ट्रिय सभा सदस्यको उम्मेदवार छान्न आन्तरिक छलफलमा जुटेका छन् । यसअघि नै सिफारिस भएर आएका नामउपर छलफल गरेर टिकट दिने कार्यमा पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपाल व्यस्त छन् । नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाका अनुसार राष्ट्रिय सभाका १८ वटै सिटमा उम्मेदवारी दिन लागिएको छ ।

एमालेले लगायो राष्ट्रिय सभाका ८ उम्मेदवार टुंगो

नेकपा (एमाले)ले राष्ट्रियसभा निर्वाचनका उम्मेदवार टुंगो लगाएको छ । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी, नेपालसँगको तालमेलमा आठ सिटमा उम्मेदवार टुंगो लगाएको हो । एमालेले कोशी प्रदेशमा रोशनी मेचे र सोम पोर्तेल, मधेश प्रदेशमा रेखा झा, बागमतीमा प्रेम दंगाल र गण्डकी प्रदेशमा सम्झना देवकोटाको नाम टुंगो लगाएको हो । त्यसैगरी, एमालेले लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा … Read more

सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । ललितपुर लुभुलामाटारस्थित लिङ्देन निवासमा आज विहान उहाँहरुबीचमा भएको भेटघाटमा आसन्न प्रतिनिभिसभा निर्वाचन , समसामयिक राजनीतिक अवस्थालगायतका विषयमा कुराकानी भएको थियो । भेटपछि सञ्चारमन्त्री खरेलले निर्वाचन सम्पन्न गर्न सरकारले सम्पादन गर्नुपर्ने काम उच्च प्राथमिकताका साथ गरिरहेको जानकारी दिनुभयो … Read more

बालेन टिमकी सिर्जना सुजुले पनि लिइन् उम्मेदवारी फिर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको सूचीमा समेटिएकी कामठमाडौँ महानगरपालिकाका मेयरसमेत रहेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको टिमबाट समानुपातिक उम्मेदवार बनेकी सिर्जना सुजुले पनि आफ्नो नाम फिर्ता लिएकी छन्। आज (बुधबार) बिहान फेसबुकमा लामो स्टाटस लेख्दै सुजुले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी हुन्। उनको स्टाटस जस्ताको त्यस्तैः जीवनका सबै निर्णयहरूले सधैँ न्याय पाउँदैनन्… हामी … Read more

उन्नत समाजवादका लागि सर्वहारा दृष्टिकोण आवश्यकः राम कार्की

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता राम कार्कीले उन्नत समाजवाद निर्माणका लागि सर्वहारा दृष्टिकोण आवश्यक रहेको बताउनुभएको छ । आज प्रलोपाको काठमाडौँ जिल्ला एकता भेला तथा बैठकलाई सम्बोधन गर्दै नेता कार्कीले प्रशिक्षणात्मक मन्तव्यमा जनतासँग प्रत्यक्ष जोडिएको, वर्गीय दृष्टिकोणमा आधारित राजनीति आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्नुभयो । उहाँले पार्टीले श्रमिक, किसान र उत्पीडित वर्गका समस्या … Read more

माघ ६ गतेपछि विशेष महाधिवेशन बोलाऔँ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिका आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्नेमा जोड दिनुभएको छ । आज पार्टीका नेताहरूसँग भएको भेटमा उहाँले विशेष महाधिवेशन पक्षधरहरुसँग छलफल गरेर आगामी माघ ६ गतेपछि विशेष महाधिवेशन बोलाउँदा उचित हुने बताउनुभएको भेटमा सहभागी केन्द्रीय सदस्य पुष्पा भुषालले बताउनुभयो । नेता कोइरालाले सबैको भावना सम्बोधन हुनेगरी केन्द्रीय … Read more

‘सरकारसँगको छलफलपछि एमाले निर्वाचनमा जाने निर्णयमा पुगेको छ’

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव योगेशकुमार भट्टराईले सरकारसँगको छलफलपछि एमाले निर्वाचनमा जाने निर्णयमा पुगेको बताउनुभएको छ । प्रेस चौतारी ताप्लेजुङले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव भट्टराईले यसअघि निर्वाचन हुनेरनहुने र पार्टी सहभागी हुनेरनहुने अन्योल रहेकामा सरकारसँगको छलफलपछि निर्वाचनमा जाने निर्णय गरिएको जानकारी दिनुभयो । निर्वाचन प्रक्रिया सुरु भइसकेको जनाउँदै उहाँले राजनीतिक दलहरूले … Read more

गृहमन्त्री अर्यालसँग मुस्लिम समुदायका प्रतिनिधिको छलफल

गृहमन्त्री ओमप्रकाश अर्यालसँग मुस्लिम समुदायका तीन छुट्टाछुट्टै समूहका प्रतिनिधिले गृह मन्त्रालयमा आज सामूहिक भेटवार्ता गर्नुभएको छ । भेटमा मुस्लिम समुदायबाट राष्ट्रिय मुस्लिम समन्वय समितिका पदाधिकारी र सङ्घीय लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिहरुले आज गृहमन्त्रीसँग सामूहिक भेटवार्ता गर्दै समुदायले ज्ञापनपत्रसमेत बुझाउनुभएको छ । भेटमा समुदायले बुझाउनुभएका दुई छुट्टाछुट्टै ज्ञापनपत्र बुझ्दै गृहमन्त्री अर्यालले एकअर्काको धर्म र सम्प्रदायमाथि खलल पु¥याउने … Read more

रुपन्देही-२ मा एमालेबाट विष्णु पौडेल एकल सिफारिस

नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही क्षेत्र नं २ बाट आगामी प्रतिनिधि सभाका लागि एकल उम्मेदार सिफारिस भएका छन् । एमाले रुपन्देही २ का क्षेत्रीय सहसंयोजक राजेन्द्र ढकालले अहिले भरखर सम्पन्न कमिटीको बैठकले पार्टी केन्द्रीय उपाध्यक्ष, पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको नाम एकल रुपमा सिफारिस गरिएको बताए । पौडेल यो क्षेत्रबाट २०५६ सालदेखि … Read more

रास्वपामा समानुपातिकबाट उम्मेदवारी फिर्ताको घोषणा जारी,गायक प्रकाश सपुतपनि छलफलमा

रास्वपाले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा रहेका उम्मेदवारले नाम फिर्ताको घोषणा गर्ने क्रम चलिरहेको छ । शनिबार साँझसम्म पाँच जनाले उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् । पर्वतारोही टासी लाक्पा शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आसिफ शाह, उद्योगी चन्द्र ढकालका छोरा सचिन ढकाल र प्राध्यापक महेन्द्र लावतीले उम्मेदवारी फिर्ताको घोषणा गरेका … Read more