प्रचण्डको मनोनयन दर्ता दिउँसो १ बजे

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे उम्मेदवारी मनोनयन दर्ता गराउने भएका छन् । रुकुम पूर्वको निर्वाचन कार्यालयमा प्रचण्ड आफै उपस्थित भएर उम्मेदवारी मनोनयन दर्ता गराउने प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए । मनोनयन दर्ताअघि उनले रुकुम पूर्वका परिवारसँग आशीर्वाद लिएर मनोनयन दर्ता गर्न जाने कार्यक्रम रहेको छ ।

नेपाल विद्यार्थी संघ चितवनको अध्यक्षमा प्रकाश भण्डारी नियुक्त

नेपाल विद्यार्थी संघले चितवन जिल्लाको अध्यक्ष पदको जिम्मेवारी प्रकाश भण्डारीलाई प्रदान गरेको छ। संघको विधान २०२७ को सातौँ संशोधन २०७५ बमोजिम तोकिएको समयसीमाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने उद्देश्यसहित भण्डारीलाई नेतृत्वको जिम्मेवारी दिइएको हो। नेपाल विद्यार्थी संघ, केन्द्रीय कार्यालय काठमाडौँबाट मिति २०८२/०९/२४ मा जारी पत्रअनुसार अबको तीन महिनाभित्र चितवन जिल्लाको अधिवेशन सम्पन्न गर्ने गरी भण्डारीलाई अध्यक्षको जिम्मेवारी … Read more

आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा समूह

नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह सर्वोच्च अदालत पुगेको हो । नेता पूर्णबहादुर खड्काको नेतृत्वमा रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेको अधिवक्ता लक्ष्मी दाहाल रावलले जानकारी दिइन् । उनका अनुसार रिट निवेदन दर्ता हुने प्रक्रियामा रहेको छ । उनका … Read more

कांग्रेस अब सबै खालको परिवारवादबाट मुक्त भयोः गगन थापा

कांग्रेसको विशेष महाधिवेशन पक्षधरबाट सभापतिमा निर्वाचित गगन थापाले अब कांग्रेस सबै खालको परिवारवादबाट मुक्त भएको बताएका छन्। विशेष महाधिवेशनलाई बुधबार राति सम्बोधन गर्दै उनले भने,अब नेपाली कांग्रेस सबै गुटबाट मुक्त भयो। उनले प्रश्नहरू मरेको पार्टीले बाहिर गएर न्याय गर्न नसक्ने पनि बताए। थापाले कांग्रेसका सबै क्रियाशील सदस्य र सभापति बराबर रहेको उल्लेख गर्दै त्यसैको नयाँ … Read more

काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट चुनावी अभियान सुरु गर्दैछ । एमालेको बागमती प्रदेश कमिटीले आगामी माघ ४ गते काठमाडौँमा जनप्रदर्शनसहित विशेष चुनावी अभियानको थालनी गर्न लागेको सो पार्टीका सचिव एवं प्रदेशका इञ्चार्ज महेश बस्नेतले जानकारी दिनुभयो । यस्तै एमालेको संशोसधत विधानअनुसार गठित राजधानी विशेष कमिटीको घोषणा र चुनावी अभियान आगामी माघ २ गते काठमाडौँमा … Read more

नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आह्वानमा यही पुस २७ गतेदेखि यहाँ सुरु भएको विशेष महाधिवशेनबाट गठन भएको निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि आज कार्यतालिका सार्वजनिक गरेको छ । विशेष महाधिवेशनको सोमबारदेखि भृकुटीमण्डपमा जारी बन्द सत्रले आजै गठन गरेको निर्वाचन समितिले एक सूचनामार्फत कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीकाअनुसार … Read more

महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनको बन्दसत्रमा समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभएको छ । काठमाडौँको भृकुटीमण्डमा आज भएको बन्दसत्रमा उहाँले प्रस्तुत गर्नुभएको प्रस्तावमा जेनजी प्रदर्शनपछि उत्पन्न परिस्थितिमा विशेष महाधिवेशनको आवश्यकता, विशेष महाधिवेशनको वैधानिक प्रावधान, कांग्रेसको ऐतिहासिक परम्परा, आजको परिदृश्य र विशेष महाधिवेशनको नीतिगत सङ्कल्प, आमनिर्वाचन, उन्नत लोकतन्त्र र बहुलवादी … Read more

पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छः नेता डा कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई एकताबद्ध गरेर लैजानका लागि आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । आज आफूनिकट पार्टीका पदाधिकारी, जिल्ला समिति र कानुन विज्ञसँगको छलफलमा उहाँले पार्टीलाई विभाजनबाट जोगाउन आफू पार्टीका सबै पक्षसँग निरन्तर छलफल र संवादमा रहेको जानकारी दिनुभयो । “म पार्टी सभापति, कार्यवाहक सभापति तथा महामन्त्रीहरुसँग पार्टी कुनै पनि हालतमा विभाजन … Read more

कांग्रेस विशेष महाधिवेशन: आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु

नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिले नाम दर्ता गर्ने क्रम आज बिहानैदेखि सुरु भएको छ । आइतबारदेखि सुरु भएको उक्त महाधिवेशनमा आइतबार मात्र दुई हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराउनुभएको थियो । आइतबार कोशी प्रदेशबाट ४२५, मधेस प्रदेशबाट ४४६, बागमती प्रदेशबाट ४३२, गण्डकी प्रदेशबाट २९६, लुम्बिनी प्रदेशबाट ३९८, कर्णाली प्रदेशबाट १३४, … Read more

राप्रपाको जलपान कार्यक्रममा प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा आज आयोजित जलपान कार्यक्रममा सहभागी हुनुभएको छ । काठमाडौँको भृकुटीमण्डपमा भएको जलपान कार्यक्रममा प्रधानमन्त्री कार्की सहभागी हुनुभएको हो । प्रधानमन्त्री कार्कीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनलगायत नेताहरूले स्वागत गर्नुभएको थियो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, विभिन्न राजनीतिक दलका नेता, नेपालस्थित … Read more