ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरौँः प्रधानमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएकी प्रधानमन्त्री सुशीला कार्कीले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना र आयवृद्धिका लागि ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूको पहिचान, प्रवद्र्धन र संवद्र्धन अपरिहार्य भएको बताउनुभएको छ । ४६ औँ विश्व पर्यटन दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले अद्वितीय प्राकृतिक सौन्दर्य, जैविक विविधता, बहुजातीय–बहुभाषिक संस्कृति र विश्वप्रसिद्ध हिमालका कारण … Read more

हाहु सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्दैनौँः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई देश जिम्मा लगाएर आफू विदेश भाग्नेकुरा अफवाह मात्रै भएको बताएका छन्। एमालेनिकट युवा संघले भक्तपुरको गुन्डुमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। ‘अहिले सुनिरहेको छु सरकार विभिन्न प्रकारका हल्ला गरिरहेको छ। पासपोर्ट रोक्ने, के ठानेको छ?,’ ओलीले प्रश्न गर्दै अगाडि … Read more

अर्थमन्त्रीसमक्ष बिमा प्राधिकरणका अध्यक्षको शपथ

अर्थमन्त्री रामेश्वर खनालसमक्ष नेपाल बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त जनकराज शर्माले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अध्यक्ष शर्माले शपथ लिनुभएको हो । मन्त्रिपरिषद्को यही असोज ९ गतेको निर्णयबाट शर्मा नियुक्त हुनुभएका शर्माले आजै कार्यभार सम्हाल्नुहुनेछ । रासस

माओवादी बैठकमा नेताहरूको प्रस्तावबारे समूहको सुझाव सुनेपछि प्रचण्डले जवाफ दिने

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको सातौँ पूर्ण बैठक दोस्रो दिन प्रज्ञा भवन, कमलादीमा आज जारि छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत राजनीतिक तथा संगठनात्मक प्रस्तावमा छलफल हुँदैछ । त्यसैगरि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माका पूरक प्रस्तावहरूमाथि विभिन्न टोलीका नेताहरू र बाँकी पदाधिकारीले धारणा राख्ने क्रम जारी रहेको … Read more

कर्मचारीमा पनि जेनजीका नाममा आन्दोलन गर्ने तयारी

सार्वजनिक प्रशासन रूपान्तरणका नाममा निजामती कर्मचारीमा पनि जेनजी आन्दोलन छिराउन खोजेपछि राजनीतिक दलनिकट ट्रेड युनियनहरू सक्रिय भएका छन् । कुलिङ पिरियडविरुद्ध जुलुस गर्दै हिँडेको आरोपमा मुख्यसचिव एकनारायण अर्यालसहित कर्मचारी नेतृत्वको बर्खास्तगी र राजीनामा माग्न थालिएपछि निजामती कर्मचारीमा क्रियाशील दलनिकट ट्रेड युनियनहरू जुटेका हुन् । दलनिकट आधा दर्जनबढी ट्रेड युनियनहरूले मुख्यसचिव अर्याललाई ज्ञापनपत्र बुझाउँदै त्यस्ता गतिविधिमा … Read more

राष्ट्रपति र प्रधानमन्त्रीबीच फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयिक राजनीति, फागुन २१ मे तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

सुदनले भनेः निर्वाचनमा जेनजी पुस्ताले नयाँ पार्टी खोलेर भाग लिन्छ

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचन जेनजी पुस्ताले नयाँ पार्टी खोलेर भाग लिने जेनजी अभियानी सुदन गुरूङले बताएका छन्। प्राइम टिभीका पत्रकार ऋषि धमलासँग उनले उक्त निर्वाचनमा नयाँ पार्टीले भाग लिने बताएपनि पार्टीको नाम भने बताएका छैनन् । सुदनले भनेका छन्, ‘लिन्छ, देखाउनुपर्छ हामीले कस्तो हिसाबमा नयाँ नेपाल बनाउन … Read more

प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगे बालेन, के भयो कुराकानी ?

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले बुधबार बिहान ९ बजे कार्कीसँग भेट गरेका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री कार्कीसँगको भेटमा बालेनले आन्दोलनको माग अनुसार काम गर्नुपर्नेमा जोड दिएका थिए । ‘आन्दोलनले उठाएको विषयमा छलफल भएको हो । कामको विषयमा भन्दा पनि अनौपचारिक जस्तो … Read more

रास्वपाको प्रष्टीकरणः नख्खु कारागारले नै पटकपटक आग्रह गरेपछि रविलाई जिम्मा लिएका हौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नख्खु कारागारबाट पटकपटक फोन आएपछि सभापति रवि लामिछानेलाई जिम्मा लिएको प्रष्टीकरण दिएको छ । सभापति लामिछानेलाई पार्टी सभापति रवि लामिछाने २४ भदौमा निस्कनका लागि कारागार प्रशासनले नै पटकपटक फोन गरेर आग्रह गरेको बताएको छ । मंगलबार पार्टी केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सहप्रवक्ता प्रतिभा रावलले कारागार प्रशासनले जिम्मा लिन … Read more

लोकतन्त्रको रक्षाका लागि कांग्रेस एकजुट हुनुपर्छ’

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले लोकतन्त्रको रक्षाका लागि पार्टी एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले आज आफ्नो निवासमा पत्रकार सम्मेलन गरी जेनजीको प्रदर्शनका क्रममा घुसपैठ गर्ने केही समूहले लोकतान्त्रिक मूल्यमान्यताप्रति आक्रमण गर्न खोजेको आरोप लगाउनुभयो । “संसद् नभए पनि हामीले यसको विरोध गरेका छैनौँ, तथापि यो संविधानसम्मत बाटोबाट अगाडि बढ्नुपर्छ, संसद् भएरै पनि … Read more