गलकोटमा इलाका प्रशासन कार्यालय खोलिनेछ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीेले बागलुुङको गलकोट नगरपालिकामा सर्वदलीय र सर्वपक्षीय मागबमोजिम इलाका प्रशासन कार्यालय खोलिने विश्वास दिलाउनुुभएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा आज बागलुुङको सर्वदलीय र सर्वपक्षीय प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले यथाशक्य छिटो गलकोटमा इलाका प्रशासन कार्यालय सञ्चालनमा ल्याउन मन्त्रिपरिषद्मा प्रस्ताव लगिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । प्रतिनिधिमण्डलमा सङ्घीय सांसद एवं नेपाल कम्युनिष्ट पार्टी … Read more

रास्वपाले बोलायो आकस्मिक बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक बैठक बोलाएको छ । प्रवक्ता मनिष झा अनुसार अहिले दिउँसो ४ बजे सचिवालय बैठक बोलाइएको हो । ‘जेनजी प्रदर्शन र त्यसमाथि भएको दमनकै बारेमा छलफल गर्न बैठक बोलाइएको हो’, उनले भने । जेनजी प्रदर्शनकारीले संसद भवन घेराउ गरेपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ भने कयौं घाइते … Read more

काठमाडौँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी

जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँ महानगरपालिकाभित्र आज चार किल्ला तोकी कर्फ्यू आदेश जारी गरेको छ । जेनजी पुस्ताका नाममा भएको प्रदर्शन अराजक देखिएपछि तोकिएको निश्चित सिमानाभित्र कसैले आवत–जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको हो । बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, … Read more

भूगोलभन्दा बाहिर इलाका र सम्पर्क कमिटी आवश्यक छः उपाध्यक्ष पौडेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीको सङ्गठनलाई गतिशील, प्रभावकारी र चलायमान बनाउन भूगोलभन्दा बाहिर इलाका र सम्पर्क कमिटी आवश्यक रहेको बताउनुभएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि जारी पार्टीको दोस्रो विधान महाधिवेशनको अन्तिम दिन आज विधान संशोधन प्रतिवेदनमाथिको समूहगत छलफलबाट आएको प्रश्नको जवाफ दिँदै उपाध्यक्ष पौडेलले केन्द्रीय कमिटीको अनुमतिमा राजधानी बाहिरका … Read more

देशलाई हेपेको सहन सकिँदैनः प्रधानमन्त्री ओली

-नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अरु जुनसुकै कुरा सहिन्छ तर देशलाई हेपेको सहन नसकिने बताउनुभएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि जारी एमालेको विधान महाधिवेशनको अन्तिम दिन आज प्रतिनिधिलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बेथिति र हेपाहा प्रवृत्तिका सदैव विरोधमा उत्रने र देशलाई हेपेको कदापि नसहन बताउनुभयो । “राष्ट्रियता … Read more

सरकारका कामलाई प्रभावकारी रुपमा लैजान सकेमात्र पार्टी बलियो हुन्छः महासचिव पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सरकारका कामलाई प्रभावकारी रुपमा लैजान सकेमात्र पार्टी बलियो हुने बताउनुभएको छ । ललितपुर, गोदावरीमा शुक्रबारदेखि जारी पार्टीको दोस्रो विधान महाधिवेशनमा समूहगत नेताबाट आएका सुझावको जवाफ दिने क्रममा उहाँले सरकारले गरेका कामलाई जनस्तरसम्म पु¥याउनुपर्ने बताउनुभयो । महासचिव पोखरेलले आफ्नो ठाउँ वडाबाट कार्यकर्ता र जनतालाई काममा जोड्नुपर्नेमा जोड दिनुभयो । … Read more

भण्डारीको सदस्यताबारे ओलीले भनेः यो महाधिवेशन केन्द्रित कुरा होइन

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषय विधान महाधिवेशनको छलफलको विषय नभएको बताएका छन्। विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले भने ‘विधान महाधिवेशनसँग विधिका प्रश्नसँग सम्बन्धित छैनन्। ति प्रश्नहरू अन्यत्रै कमिटीगत छलफलका विषय हुन्,’ विद्याको विषयलाई लक्षित गर्दै, ‘सचिवालयमा, स्थायी कमिटी, पोलिट ब्युरोले छलफल गर्दै लानेछ। विधान … Read more

फेसबुक, युट्युब बन्द नगर्न रास्वपाको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फेसबुक र युट्युब जस्ता सामाजिक सञ्जाल हतारमा बन्द गर्ने निर्णयमा नपुग्न सरकारलाई आग्रह गरेको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा पार्टीका तर्फबट बोल्दै रास्वपाका सांसद अशोककुमार चौधरीले भने, ‘सामाजिक सञ्जाल व्यवस्थित गर्नुपर्छ । दर्ता गरेर नियमनमा ल्याउनुपर्छ । यसका लागि वार्ता र रणनीति अपनाउनुपर्छ । हतारमा बन्द गर्ने होइन,’ उनले भने, … Read more

दर्ता नभएका सबै सामाजिक सञ्जाल निष्क्रिय हुँदैछन्ः प्रधानमन्त्रीका सल्लाहकार रिमाल

प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले दर्ता हुन नआएका सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरू बन्द हुने स्पष्ट संकेत गरेका छन् । बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले अदालतको आदेशसमेतका कारण दर्ता हुन नआएका सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरू निष्क्रिय हुने बताएका हुन् । सामाजिक सञ्जाल शीघ्र दर्ता भई प्रयोगमा फर्किने … Read more

०८४ पछि तपाईंहरू पनि बोल्न पाउनुहुने छैनः सांसद हरि ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले भिजिट भिसा प्रकरणको विषय आफूहरूले ९५ दिनदेखि उठाउँदा पनि सरकारले नसुनेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सत्तापक्षका सांसदहरूले उल्टै आफूहरूमाथि नै मिथ्या आरोप लगाइरहेको भन्दै असन्तुष्टि जनाए। उनले भने, ‘हामीमाथि मिथ्या आरोप लगाइराख्नुभएको छ। सदनभित्र सिर्जनात्मक बहस गर्ने हामीमाथि नसकेर हाम्रो नेताहरूको फेक भ्याइस रेकर्डहरू समेत बाहिर … Read more