विराटनगर जाँदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज विराटनगर जाने भएकी छन्। उद्घोष दैनिकको २१ औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी विराटनगर जान लागेकी हुन् । उनका सचिवालयका अनुसार उद्घोषको वार्षिकोत्सवसँगै उनी राजनीतिक भेटघाटमा पनि सहभागी रहने कार्यक्रम छ। माधवकुमार नेपाल नेतृत्वको नेकपा (कीकृत समाजवादी) निकट प्रेस संगठन कोशी अध्यक्षसमेत रहेका पत्रकार बन्धु पोखरेललगायत सञ्चालक रहेको पत्रिका उद्घोषको … Read more

प्रविधिको सही उपयोगका लागि नागरिकलाई सुसूचित गराउनु आवश्यकः महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले डिजिटल दुनियाँमा प्रविधिको सही उपयोगका लागि हरेक नागरिकलाई सुसूचित गराउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा यहाँ आज आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक अन्तरक्रियात्मक तालिम उद्घाटन सत्रमा महामन्त्री शर्माले डिजिटल माध्यमको दुरुपयोगले मानिसको जीवन समाप्त पनि पारेको उल्लेख गर्दै यसबाट सचेत रहनुपर्नेमा … Read more

१०६ वर्षमा अस्थाए कांग्रेसका ज्येष्ठ कृयाशील सदस्य मानसिंह घर्ती

चितवन– नेपाली कांग्रेसका ज्येष्ठ कृयाशील सदस्य मानसिंह घर्तीको १ सय ६ वर्षको उमेरमा निधन भएको छ । महामानब बि.पि. कोइरालाबाट प्रभावित भएर २००७ सात सालमै कांग्रेसको कृयाशील सदस्यता लिएका घर्तीको गत जेष्ठ ४ गते निधन भएको हो । बि.सं. १९७६ साल जेष्ठ ६ गते लमजुङको मन्ज्याङ गा.बि.स.मा जन्मिएका घर्ती आफ्ना सन्ततीलाई लिएर २०१३ सालमा चितवनको … Read more

सभामुखसँग रास्वपाको भेटवार्ता

सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग छलफल गरेका छन् । स्वपाका कार्यवाहक सभापति डिपी अर्याल र प्रमुख सचेतक सन्तोष परियारले सभामुखसँग भेट गरेका हुन् । भेटमा संसद्‍मा जारी अवरोधबारे छलफल भएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समितिको माग राखेर रास्वपा संसद्मा विरोधमा छ ।

रवि लामिछानेमाथि राज्यले किर्ते जाहेरी खडा गरेर फौजदारी मुद्दा तयार पार्‍योः सोविता गौतम

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले पार्टी सभापति रवि लामिछानेमाथि राज्यले किर्ते जाहेरीकर्ता खडा गरेर अभियोग लगाएको आरोप लगाएकी छन्। बिहीबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै गौतमले यसबारे सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएकी हुन्। म यो सम्मानित सभामार्फत पुनः एकपटक ध्यानाकर्षण गराउन चाहन्छु कि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राज्यद्वारा लगाइएको फौजदारी अभियोगमा किर्ते र जालसाजीको … Read more

लोसपा चितवनको सचिबमा २४ वर्षका रामप्रसाद ढकाल

चितवन– लोकतान्त्रिक समाजवादी पार्टी नेपाल चितवनको सचिवमा रामप्रसाद ढकाल निर्वाचित भएका छन । उमेरले मात्रै २४ टेकेका उनी लोसपाको जिल्ला सचिवमा सर्बसम्मत निर्वाचित भएका हुन । चितवनको पर्यटकीय नगरी सौराहामा सम्पन्न जिल्ला भेलाबाट अध्यक्षमा किशोर मण्डल चयन भएका छन । त्यस्तै उपाध्यक्षमा राधा पराजुली, सहसचिवमा सूर्यबहादुर भुजेल, ओमप्रसाद सिम्खडा र कोषाध्यक्षमा राजु भुजेल चयन भएका … Read more

प्रधानमन्त्रीले आतङ्कवादी हमलाको निन्दा गर्दै भनेः नेपाल भारतको साथमा छ

प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको निन्दा गर्नुभएको छ । सामाजिक सञ्जाल एक्समा उहाँले उक्त हमलामा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । “दुःखको यो घडीमा नेपाल सरकार भारत सरकारका साथ दृढतापूर्वक उभिएको छ, आत¬ङ्कवादका कुनै पनि रूप र प्रकटीकरणको नेपाल सरकार भत्र्सना गर्दछ ।” उक्त … Read more

परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जम्मु कश्मीरको पहलगाममा जघन्य आतङ्कवादी हमलाबाट नेपाल सरकार स्तब्ध एवं दुःखी भएको बताउनुभएको छ । सामाजिक सञ्जाल एक्समार्फत उहाँले दुःख व्यक्त गर्दै निर्दोष व्यक्तिहरूको ज्यान लिने विवेकहीन हिंसाको कडा शब्दमा निन्दा गर्नुभएको छ । परराष्ट्रमन्त्रीले दुःखको यो कठिन समयमा पीडितहरू र उनीहरूका परिवारप्रति हार्दिक सहानुभूति व्यक्त गर्नुभएको छ । साथै, … Read more

देउवाले बोलाए केन्द्रीय कार्यसमितिको बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। बैशाख १७ गते बस्नेगरी सभापति शेरबहादुर देउवाले बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। उनका अनुसार बैठकमा दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरेको उनले बताए । बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको गतिविधिबारे … Read more

स्वास्थ्य पूर्वाधार विकासमा समुदायको सहभागिता अपरिहार्य छः अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीयस्तरमा स्वास्थ्य पूर्वाधार विकासका लागि समुदायको सहभागिता अपरिहार्य भएको बताउनुभएको छ । पार्टीको हुलाकी लोकमार्ग केन्द्रित अभियानअन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयमा आज आयोजित छलफलमा उहाँले चिकित्सालयलाई प्राकृतिक चिकित्सा शिक्षण अस्पताल तथा विश्वविद्यालयका रूपमा विकास गर्न आफ्नो पार्टीले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । … Read more