ट्रम्पलाई बालेनको जवाफ- हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद

काठमाडौँ,फागुन ९- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जवाफ फर्काएका छन् । नेपाललाई दिएको अनुदानलाई लिएर ट्रम्पले दिएको प्रतिक्रियालाई लक्षित गर्दै उनले अमेरिकी नागरिक अल्छी भएको बताएका छन् । उनले भनेका छन्– प्रिय डोनाल्ड जे ट्रम्प, हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराउनु भएकोमा धन्यवाद। हामी गरिब छौँ किनभने … Read more

असमानता, गरिबी र भ्रष्टाचारलाई चिरेर सरकार अघि बढ्छः प्रधानमन्त्री

काठमाडौँ, फागुन ७- प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारको चुनौतीलाई चिरेर अघि बढ्ने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस–२०८१ का अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले युवाहरुलाई सशक्त बनाएर नै मुलुकलाई समृद्धितर्फ लैजाने सरकारको नीति रहेको स्पष्ट पार्नुभयो । … Read more

सहिद गणेश पौडेलको ३५ औ स्मृति दिवसमा कांग्रेस चितवनको कार्यक्रम

 ७ फागुन, चितवन– नेपाली कांग्रेस भरतपुर महानगर पालिका वडाकार्यसमिति वडा नम्बर–१३ को आयोजनामा जनआन्दोलन–२०४६ का प्रथम सहिद गणेश पौडेलको ३५ औ स्मृति दिवस उनको निवासमा विशेष कार्यक्रमका साथ सम्पन्न गरिएको छ । पार्टीका वडा सभापति सोभा रिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ रहेका थिए । कार्यक्रममा पार्टी सभापति राजेश्वर खनाल, … Read more

लोकतन्त्र सुशासन र समुन्नति

हिजोआज अमेरिकी राजनीतिक एवं बौद्धिक वृत्तमा ‘ओलिगार्की’ शब्द निकै चर्चामा छ । आफ्नो सुन्दर प्राकृतिक एवं पर्वतीय दृश्यावलीका कारण हरित राज्यका रूपमा चिनिने अमेरिकी राज्य भर्मोन्टका प्रगतिशील एवं लोकतान्त्रिक समाजवादी छविका डेमोक्रयाट सिनेटर बर्नी स्यान्डर्सले ट्रम्प नेतृत्वको अहिलेको अमेरिकी सरकारलाई यसै नामबाट आलोचना गरेको ग¥यै छन् । आखिर के हो यो ‘ओलिगार्की’ र डेमोक्रेसी वा … Read more

‘आम जीवनशैलीलाई लोकतान्त्रिक आचरणमा ढाल्न सक्दा मात्र प्रजातन्त्र दिवसको सार्थकता’

लुम्बिनी, फागुन ७- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आमनागरिकको जीवनशैलीलाई लोकतान्त्रिक आचरणमा ढाल्न सक्दा मात्र प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुने बताउनुभएको छ ।राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले जनता नै सार्वभौमसत्तासम्पन्न भएको र सम्पूर्ण स्रोत जनतामा निहित रहेको बताउनुभएको छ । मुख्यमन्त्री आचार्यले जनता सार्वभौमसत्ता सम्पन्न हुन र सम्पूर्ण स्रोत जनतामा … Read more

कुलमानबारे ऊर्जामन्त्री- सरकारलाई टेर्न छाडे, अब लगाम लगाउने बेला भयो

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफूखुसी अघि बढ्न खोजको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री खड्काले सञ्चालक समितिको निर्णय कार्यान्वयन नगरेर घिसिङ आफूखुसी अघि बढ्न खोजको आरोप लगाए । कुलमानले सरकारलाई नटेरेको पनि उनले बताए । घिसिङको अराजक गतिविधिलाई सरकारले हेरेर नबस्ने र लगाम … Read more

सभामुखले तीन पटक बोलाउँदा पनि बोलिनन् सुमना श्रेष्ठ

काठमाडौँ । सभामुख देवराज घिमिरेले मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्न बोलाउँदा पनि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुनमा श्रेष्ठ बोलिनन् । पहिलो पटक बोलाउँदा सांसद श्रेष्ठ नबोलेपछि सभामुख घिमिरेले दोस्रो पटक बोलाए । त्यसमा पनि नबोलेपछि तेस्रो पटक बोलाए । त्यसमा पनि नबोलाएपछि अर्का सांसद सुहाङ नेम्बाङलाई बोल्न समय दिए । यसअघि सोमबार सुमनाले भारतको … Read more

ट्रम्पलाई खुसी पार्न क्यानडाले ‘चाइना कार्ड’ खेलेको भन्दै चीनको आपत्ति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खुसी पार्न उत्तरी छिमेकी क्यानडाले ‘चाइना कार्ड’ खेलेको भन्दै चीनले आपत्ति जनाएको छ। गत नोभेम्बरमा राष्ट्रपतीय निर्वाचन जितेदेखि ट्रम्पले क्यानडाबाट आउने सबै सामानमा २५ प्रतिशत भन्सार लगाउने र  क्यानडालाई अमेरिकाको ५१ औं राज्य बनाउने भनिरहेका छन्। सोही धम्की अनुसार उनले फेब्रुअरी ४ देखि लागु हुने गरी क्यानडा र मेक्सिकोबाट आउने आयातमा २५ … Read more

सभामुखले बोल्न नदिएको भन्दै संसदबाट बाहिरिइन् सुमना

बोल्न माग गर्दा सभामुख देवराज घिमिरेले समय उपलब्ध नगराएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठ प्रतिनिधि सभा बैठकबाट बाहिरिएकी छिन्। प्रतिनिधि सभा बैठक अहिले शून्य समय चलिरहेको छ। सांसद श्रेष्ठले आकस्मिक समयमा बोल्न सभामुख घिमिरेसँग माग गरेकी थिइन्। सभामुखले सांसद श्रेष्ठले नाम नटिपाएको भन्दै समय उपलब्ध गराएनन्। त्यसपछि उनी सांसद बैठक छाडेर बाहिरिएकी … Read more

परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग भेटवार्ता, विपिन रिहाइका लागि सहयोग माग

काठमाडौं, फागुन ५ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री अब्बास अराघ्चीबिच सोमबार ओमनको मस्कटमा भेटवार्ता भएको छ । आठौँं हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहनुभएका परराष्ट्रमन्त्री डा. देउवा र इरानी विदेशमन्त्रीबिच भेटावर्ता भएको हो । सो वार्ताका क्रममा नेपाल इरान सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको … Read more