म प्रधानमन्त्री हुँदा भन्दा अहिले कम्फर्टेबल फिल गरेको छु, रिल्याक्स छुः प्रचण्ड

काठमाडौँ, कात्तिक ३०- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सत्ता छाडेपछि थप कम्फर्टेबल अनुभव गरिरहेको बताएका छन्।शुक्रबार काठमाडौँमा आयोजित ‘स्मृतिमा अखिल सर’ पुस्तक विमोचनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। ‘कतिपयलाई फेरि प्रचण्डलाई सरकार छाडेको चिन्ता, पीडा भएको छ भन्छन्। त्यो चाहिँ होइन। विल्कुल होइन,’ पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘अहिले … Read more

गुरुनानकका सन्देश आज पनि उत्तिकै सान्दर्भिक छन्ः उपराष्ट्रपति यादव

काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिख धर्मका प्रवद्र्धक गुरुनानक देवले मानव जातिलाई ‘आफैँभित्र ईश्वर खोज्न, परिश्रम गर्न र अन्न बाँडेर ग्रहण गर्न’ दिएको सन्देश आज पनि उत्तिकै सान्दर्भिक र महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरेका छन्। गुरुनानक जयन्ती, २०८१ का अवसरमा आज शुभकामना दिँदै उपराष्ट्रपतिले विद्यमान सबैखाले विकृति, विसङ्गति र विभेदको अन्त्य गरी समतामूलक, शान्त, सौम्य, सभ्य … Read more

रवि लामिछानेलाई आज पोखरा लगिँदै

काठमाडौं, कात्तिक ३०- बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि रुपन्देही पुर्‍याइएका रवि लामिछानेलाई आज पुनः पोखरा लगिने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका पूर्वगृहमन्त्री लामिछानेलाई मंगलबार बयानका लागि रुपन्देही लगिएको थियो । जिल्ला सरकारी वकिल कार्यालयमा हिजो (बिहीबार) साँझ बयान सकिएको थियो । बयान सकिए पनि त्यसलाई क्रमवद्ध रुपमा लेखेर … Read more

रास्वपाका पदाधिकारीविरुद्ध अदालतको अवहेलना गरेको भन्दै निवेदन दर्ता

२९ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना सम्बन्धी निवेदन दर्ता भएको छ ।सर्वोच्च अदालतका सहरजिष्ट्रार एवं प्रवक्ता अच्युत कुईकेलका अनुसार, अदालतको बुधबार आदेशपछि अवहेलनाको निवेदन दर्ता भएको हो । सहकारी ठगीको आरोपमा रवि लामिछाने पक्राउ परेपछि रास्वपाका केन्द्रीय पदाधिकारीहरू सहितका कार्यकर्ताले पोखरामा प्रदर्शन गर्दै आइरहेका छन् ।अदालतबाट म्याद थप गरी … Read more

राजनीति सेवा गर्ने स्थल होः उपप्रधानमन्त्री सिंह

पाटन (ललितपुर), कात्तिक २९- उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीति भनेकै सेवा गर्ने उत्कृष्ट स्थल भएको बताउनुभएकोे छ । नेपाल प्रजातन्त्र सेनानी सङ्घ ललितपुरको तेस्रो जिल्ला सम्मेलन एवं सम्मान कार्यक्रममा उहाँले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था र संविधान जारी गर्न नेपाली कांग्रेसकोे योगदान अग्रस्थानमा रहेको छ भन्नुभयो । “आस्था र सिद्धान्तको राजनीति गर्नेले ज्यादै … Read more

रास्वपा सभापति रवि लामिछानेसँग आज विहानैदेखि बयान लिइने

रूपन्देही। सहकारीको रकम ठगीको कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बुधवार जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा करिब दश घण्टा बयान लिइएको छ। सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम ठगीको आरोपमा रुपन्देही प्रहरीले कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई रूपन्देही ल्याएर बयान लिएको हो। सभापति लामिछानेसँग जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित ६ जना न्यायाधिवक्ता, प्रहरी … Read more

धनराज गुरुङसँग सीआइबीले लियो बयान

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले सहकारीको रकम अपलचनबारे बयान लिएको छ। सीआइबीले गुरुङलाई बुधबार मितेरी सहकारीको १४ करोड हिनामिनाको आरोप सम्बन्धी बयानमा कागज गराएको हो। सीआइबी पुगेका गुरुङसँग उनकी पूर्व पत्नि ज्योति गुरुङले अपचलन गरेको रकम, सहकारीबाट लिएको ऋण, र उनले भुक्तान गरेको भनिएको ९२ लाख सम्बन्धि सोधपुछ गरेको … Read more

‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयक विशेष सत्र राष्ट्रपति पौडेलको सम्बोधन (पूर्णपाठ)

बाकु (अजरबैजान)। राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन हामी सबैको साझा चुनौती भएको तथा यस साझा चुनौतीको सामाना गर्न हामी सबैको साझा बुझाइ र साझा प्रयास हुनुपर्ने बताएका छन्। यही कात्तिक २६ गतेदेखि यहाँ सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको सम्मेलन कोप–२९ अन्तर्गत आज नेपालले आयोजना गरेको विशेष सत्रलाई सम्बोधन गर्दै … Read more

एमालेले मंसिर ७ गते काठमाडौँमा आमसभा गर्ने

काठमाडौँ, कात्तिक २८- सत्तारुढ नेकपा (एमाले)ले आमसभा गर्ने भएको छ। बुधबार बसेको एमालेको उपत्यका मातहत कमिटी, जनसंगठन र विभागीय प्रमुखको संयुक्त विस्तारित बैठकले मंसिर ७ गते जागरण सभा आयोजना गर्ने निर्णय गरेको हो। महासचिव शंकर पोरखेलको उपस्थितिमा बसेको बैठकले आमसभा आयोजना गर्न बागमती प्रदेशको इन्चार्ज डा। राजन भट्टराईको संयोजकत्वमा ११ सदस्यीय संयोजन समिति गठन गरेको … Read more

माओवादीको उकालो यात्रा सुरु भएको छः प्रचण्ड

काठमाडौँ, कात्तिक २८- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजनपछि सुरु भएको माओवादीको ओरालो यात्रा सकिएर अब उकालो लाग्न सुरु भएको बताएका छन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेताहरूलाई पार्टीमा स्वागत गर्दै उनले यस्तो बताएका हुन् । ‘जनयुद्ध, शान्ति प्रक्रिया र २०६४ को संविधानसभा निर्वाचनसम्म आइपुग्दा माओवादी जनताको सबैभन्दा भरोसायोग्य … Read more