केही मानिसहरू मन्त्री हुनका लागि मात्रै अहिलेकाे सरकार बनेको होइन: गृहमन्त्री लेखक
काठमाडौँ- गृहमन्त्री रमेश लेखकले लोकतन्त्रलाई अनुशासनको पद्धतिका रुपमा बुझ्न आग्रह गरेका छन्।आइतबार काठमाडौँमा गैर आवासीय नेपाली संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले डेमोक्रेसीको ‘डि’सँगै अरु दुई वटा ‘डि’ को आवश्यक हुने बताएका हुन्। उनले लोकतन्त्रलाई चिरस्थायी बनाउन डिसिप्लेन र डिस्ट्रिब्युशनको ‘डि’ को आवश्यकता रहेको बताए। लोकतन्त्रलाई अराजकताको प्रणालीका रुपमा बुझ्दा लोकतन्त्र कमजोर हुने उनले उल्लेख गरे। उनले भने, ‘डेमोक्रेसीलाई चिरस्थायी बनाउनका लागि डिसिप्लेनको डि आवश्यक छ। लोकतन्त्रलाई अनुशासनको पद्धतिका रुपमा … Read more