एमालेलाई कसरी कमजोर पार्ने भनेर प्रतिक्रियावादीहरु लागेका छन्ः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र, विकास, समृद्धि, शान्ति र सुशासनको व्यवस्थित मार्ग समातेको मुलुकलाई बन्न नदिने प्रयास भइरहेकाले निर्णायक राष्ट्रिय शक्ति निर्माणको यात्रामा कटिबद्ध हुन आग्रह गरेका छन्।नेकपा (एमाले) केन्द्रीय कार्यालयको आयोजना र जनसंगठन समन्वय संयन्त्रको व्यवस्थापनमा आयोजित ‘स्थानीय तहमा जनसंगठन सुदृढीकरण’ विषयक राष्ट्रिय कार्यशालाको आज बुढानीलकण्ठमा उद्घाटन गर्दै एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले … Read more

निर्णायक राष्ट्रिय शक्ति निर्माणमा कटिबद्ध हुनुहोस् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गणतान्त्रिक शासन व्यवस्था, समृद्धि, शान्ति र सुशासनको मार्गमा मुलुक अग्रसर भइरहेका बेला यसलाई असफल पार्ने दुष्प्रयास भइरहेकाले निर्णायक राष्ट्रिय शक्ति निर्माणमा कटिबद्ध हुन पार्टीका सबै तहका नेता तथा कार्यकर्तासँग आग्रह गरेका छन्।  नेकपा (एमाले) केन्द्रीय कार्यालयको आयोजना र जनसंगठन समन्वय संयन्त्रको व्यवस्थापनमा भएको ‘स्थानीय तहमा जनसंगठन सुदृढीकरण’ विषयको राष्ट्रिय कार्यशालाको शनिबार उद्‌घाटन गर्दै एमाले अध्यक्ष … Read more

पोखरामा रवि लामिछानेविरुद्ध कालोझण्डा र नाराबाजी

पोखरा । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध कालोझण्डा र नाराबाजी गरिएको छ । पार्टीको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न सोमबार पोखरा पुगेका सभापति लामिछानेलाई सहकारी पीडितले कार्यक्रमस्थल पोखरा महानगरपालिका–१७ बिरौटास्थित ग्यालेक्सी ब्यांक्वेटबाहिर कालो झण्डा र नाराबाजी गरेका हुन्। पोखराको सूर्यदर्शन सहकारी संस्थाका वचतकर्ताहरुले कालोझण्डा देखाउँदै आफुहरुको बचत रकम फिर्ता गर्न … Read more

लुम्बिनी प्रदेशका कांग्रेस सांसद केसी जेल चलान

बुटवल। लुम्बिनी प्रदेश सभाका सांसद  धनबहादुर केसी कारागार चलान भएका छन्। यसअघि फरार सूचीमा रहेका उनी आफैं अदालतमा उपस्थित भएपछि जेल चलन भएका हुन् । अदालतले उनलाई कैद सजाय भुक्तानका लागि कारागार पठाएको छ। सरकारी कागज किर्ते अभियोगमा उनलाई अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो। २०४८ सालको फैसला अहिलेसम्म कार्यान्वयन … Read more

बिपी जयन्तीमा कांग्रेस चितवनले १७१ जनालाई सम्मान गर्ने

चितवन:  नेपाली कांग्रेस चितवनले १११औँ बिपी जयन्तीका अवसरमा पार्टीमा योगदान पुर्‍याएका १७१ जनालाई सम्मान गर्ने भएको छ । तीन बिधामा बिभाजन गरेर सोमबार सम्मान गर्न लागेको हो । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार नेपाली कांग्रेस चितवनका पूर्वसभापति एवं गण्डकी प्रदेशका पूर्वप्रदेश प्रमुख पृथ्वीमान गुरुङसहित छ जनालाई बिशिष्ट सम्मान गर्न लागिएको हो । बागमती … Read more

कास्य पदक विजेता पलेशा गोवर्धनलाई कांग्रेसले गर्‍यो नगदसहित सम्मान

काठमाडौं। नेपाली कांग्रेसले पेरिस पारालम्पिकमा ऐतिहासिक कास्य पदक विजेता पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरेको छ । आइतबार कांग्रेसको खेलकुद विभागले पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा सभापति शेरबहादुर देउवासहित पदाधिकारीले कास्य पदक विजेता गोवर्धनसहित टोलीका सदस्यहरुलाई नगदसहित सम्मान गरेका हुन्। कांग्रेसले ऐतिहासिक पदक विजेता पलेशालाई नगद ५ लाख रुपैयाँसहित सम्मान पत्र प्रदान गरेको छ भने … Read more

प्रतिक्रान्तिका प्रयासविरुद्ध फेरि एउटा संघर्ष आवश्यकः प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिक्रान्तिका हर्कतहरु भइरहेको उल्लेख गर्दै यसविरुद्ध फेरि एउटा संघर्ष आवश्यक भएको बताएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिदद्वय सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले जनताको बलिदान र अधिकारविरुद्ध भइरहेको प्रतिक्रान्तिका प्रयासका विरुद्ध संघर्ष गर्नुपर्ने स्थिति आएको बताए। क्रान्तिका … Read more

संविधान संशोधनमार्फत जनताको अधिकारलाई उल्टाउने प्रयास भए प्रतिकार गर्ने प्रचण्डको चेतावनी

काठमाडाैं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनमार्फत जनताको अधिकारलाई उल्टाउने प्रयास भए सशक्त प्रतिकार गर्ने बताएका छन्। बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठकमा उठेका जिज्ञासाको जवाफ दिँदै प्रचण्डले दुई दलीय सरकारले जनविरोधी काम गर्न सुरु गरेको भन्दै संविधान संशोधनमार्फत जनताको अधिकारलाई उल्टाउने … Read more

नारायणगढ-बुटवल सडकको काम एक वर्षमा सक्नेगरी सरकार लागेको छः मन्त्री दाहाल

चितवन। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नारायणगढ-बुटवल सडकको काम चाँडो सक्नेगरी सरकार अघि बढेको बताएका छन्। प्रेस चौतारी नेपाल चितवन शाखाले साेमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एक वर्षभित्र काम सम्पन्न गर्नेगरी सरकार अघि बढेको बताए। मन्त्री दाहालले एक वर्षभित्र काम सक्ने गरी निर्माण कम्पनीसँग सहमति भएकाले सोहीअनुसार काम हुने विश्वास व्यक्त गरे। “सडक … Read more

नेपालगञ्ज आइसिपीलाई प्रभावकारी बनाउन पहल गर्छुः अध्यक्ष प्रचण्ड

बाँके। पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालगञ्ज एकीकृत जाँचचौकी (आइसिपी)लाई थप प्रभावकारी बनाउन आवश्यक पहल गर्ने बताएका छन्। माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय आन्तरिक प्रशिक्षणका क्रममा नेपालगञ्जमा रहेका उनले साेमबार बिहान नेपालगञ्ज आइसिपीको स्थलगत अवलोकन गर्दै भने, “गौरव गर्न लायक संरचना निर्माण भएको छ, यसलाई प्रभावकारी बनाउन हामी सबै लाग्नु पर्दछ।” आइसिपी … Read more