प्रधानमन्त्री ओलीलाई भेटेर मुकुल ढकालले दिए प्रदेश खारेज गर्न सुझाव

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीबाट निश्काषनमा परेका डा. मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेका ढकालले विभिन्न विषय समेटेर १५ बुँदे सुझाव पेश गरेका छन्। जसमा प्रशासन सुधारदेखि न्यायालय सुधारसम्मका सुझाव समेटेएिका छन्। ढकालले संविधान संशोधनको सवालमा भने उनले केही नसोचिकन प्रदेश खारेज गर्न भनेका छन्। … Read more

पूर्वप्रधानमन्त्री सुशील कोइरालाको आज ८५औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ। तत्कालीन नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । विसं १९९७ साउन २८ गते जन्मनुभएका सभापति कोइरालाका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाबाट प्रभावित भएर राजनीतिमा लागेका थिए। संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई मिलाएर कोइरालाको नेतृत्वमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो । फलःस्वरुप … Read more

सही ढङ्गले पार्टी चलाउन नसकेकाले प्रचण्डले नेतृत्व छाड्नुपर्छ: शर्मा

काठमाडौँ,नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण पार्टी कमजोर भएको भन्दै उपमहासचिव जनार्दन शर्माले नेतृत्व हस्तान्तरण गर्न प्रस्ताव गरेका छन् ।माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा उपमहासचिव शर्माले १४ पृष्ठ लामो प्रस्ताव पेश गर्दै प्रचण्डले पार्टीलाई सही ढङ्गले चलाउन नसकेको आरोप लगाएका हुन् । शर्माले अध्यक्ष प्रचण्डको अहिलेसम्मको योगदानलाई स्थापित गर्न वैचारिक काम, सत्ताको नेतृत्व … Read more

पार्टी रूपान्तरणबारे सबै नेताहरूको एकमत

काठमाडौं– साउन २५ गतेदेखि सुरु भएको माओवादी स्थायी कमिटी बैठकमा नेताहरूले सुझाव दिने क्रम जारी छ ।आइतबार भएको स्थायी कमिटी बैठकमा पनि बोल्ने क्रममा अधिकांश नेताले पार्टी रूपान्तरण भएर जानुपर्ने एजेन्डामा पूर्ण रूपमा सहमति जनाएका छन् ।पूर्व माओवादीहरूले नै माओवादी पार्टी राम्रो भन्न छोडेकाले नेताहरूले पार्टी सचिएर रूपान्तरण भएर जानुको विकल्प नभएको अधिकांश नेताहरूले धारणा … Read more

आगामी संसद् बैठकमा टीआरसी विधेयक पेस गर्न पत्राचार

काठमाडौँ- टीआरसी विधेयक आगामी संसद् बैठकमा पेस गर्न आग्रहसहित कानुन, न्याय तथा मानवअधिकार समितिले सभामुख देवराज घिमिरेलाई पत्राचार गरेको छ। उक्त समितिबाट बिहीबार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक)माथि दफावार छलफल भई पारित भएसँगै सभापति विमला सुवेदीले प्रतिनिधि सभाको आगामी बैठकमा पेस गर्न पत्राचार … Read more

मन्त्रीहरुको मर्यादाक्रम हेरफेर

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरुको मर्यादाक्रम हेरफेर गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मर्यादाक्रम तलमाथि गरिएको हो।नयाँ मर्यादाक्रम अनुसार प्रधानमन्त्रीपछिको वरीयतामा उपप्रधानमन्त्री प्रकाशमान सिंह छन्। त्यसपछि अर्का उपप्रधानमन्त्री विष्णु पौडेल छन् भने चौथो नम्बरमा मन्त्री पृथ्वीसुब्बा गुरुङ छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको वरीयताक्रम घटाइएको छ। पौडेल यसअघि मन्त्रिपरिषद्को १४औं वरीयताक्रममा थिए। हेरफेरअनुसार उनको … Read more

प्रधानमन्त्री र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता

काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त भेटमा प्रधानमन्त्री ओलीले नेपालको आर्थिक तथा सामाजिक विकासमा युरोपियन युनियनको सहयोगप्रति प्रशंसा गर्दै शान्ति प्रक्रियाको बाँकी कामका रुपमा रहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई राजनीतिक सहमतिका आधारमा टुङ्गो लगाउन लागिएको जानकारी गराउनुभयो ।प्रधानमन्त्री … Read more

रवि लामिछाने सहित २६ जनासँग सहकारीको रकम दुरुपयोग सम्बन्धमा सोधपुछ गर्दै छानबिन समिति

पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहित २६ जनालाई सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा सोधपुछ गर्ने भएका छ ।संसदीय छानबिन विशेष समितिले सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका र बाहिर रहेका समेत २६ जनासँग सोधपुछ गर्न लागिएको हो ।स्रोतका अनुसार समितिले वास्तविक तथ्य पत्ता लगाउन सोधपुछ गर्न लागेको हो । … Read more

एमालेमा अध्यक्ष ओली निकटलाई छानीछानी दोहोरो जिम्मेवारी

काठमाडौं। मिसन ८४ को लक्ष्य लिएको नेकपा एमालेले तत्कालै सरकारको नेतृत्व गर्ने अवसर पाएपछि यतिबेला मिसन ८४ अलपत्र परेको छ। गत निर्वाचनमा दोस्रो दलमा सीमित भएपछि नेकपा एमालेले आगामी निर्वाचनमा सरकारको नेतृत्व गर्ने गरी मिसन ८४ अभियान संचालन गरेको थियो। तर त्यस अघि नै सरकारको नेतृत्व गर्ने अवसर पाएका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू … Read more

नेपालमा केही भएन भन्ने भाष्य द्रूतमार्गले खण्डन गरेको छ: प्रधानमन्त्री ओली

बकैया (मकवानपुर),प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नयाँ प्रविधियुक्त ढङ्गले लामा सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’ एउटा महत्वपूर्ण कार्य भएको बताउनुभएको छ । राष्ट्रिय गौरवको काठमाडौँ–तराईरमधेस द्रूतमार्ग (फास्ट ट्रयाक_स्थित घट्टेपाँखा–धेद्रे सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल सुरुङ युगसगैँ नयाँ युगमा प्रवेश गरेकाले अब यो विकास निर्माणको गति नरोकिने दृढता व्यक्त गर्नुभयो ।प्रधानमन्त्री ओलीले भन्नुभयो, “विगतमा … Read more